काठमाडौं - गायिका आस्था राउतको स्वरमा सजिएको नयाँ गीत `यानी माया´ सार्वजनिक भएको छ।
सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको गीत आस्थाको गीति एल्बम `आधार २´ मा समावेश गरिएको छ। गीतलाइ महाराज थापाले एरेन्ज गरेका हुन्।
कविता नेपाली, गौरव बिष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठको अभिनय रहेको गीतमा एन्जिमा लामाको कोरियोग्राफी रहेको छ।
वरिष्ठ लोकगायक हरि बहादुर राउत र म्युजिक नेपालको संयुक्त निर्माणमा तयार भएको `यानी माया´ गीतको निर्देशन, छायांकन र सम्पादन हिमालयन इन्फ्रा टिमकाे हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।