एजेन्सी–भारतको पञ्जाबमा यही कात्तिक ३ गतेबाट विद्यालय खुल्ने भएको छ। पञ्जाब सरकारले राज्यमा ९ देखि १२ सम्म कक्षाहरु १९ अक्टोबरदेखि खुल्ने जनाएको हो।
पञ्जाबका शिक्षामन्त्री विजयइन्दर सिंगलाका अनुसार प्रभावित क्षेत्रमा नपरेका विद्यालयहरुमात्र खुला हुनेछ । गृह मन्त्रालयले विद्यालय पुनः सञ्चालन गर्नका लागि नयाँ निर्देशिका जारी गरेको छ। यसका साथै शिक्षा विभागले विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नका लागि विशेष निर्देशन जारी गरेको छ।
सरकारी निर्देशिका जिल्ला शिक्षा अधिकारीहरुलाई पठाइएको शिक्षामन्त्री सिंगलाले जनाएका छन्। साथै आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा सुरक्षित भएको महसुस गर्ने व्यवस्था मिलाउन पनि स्कुल प्रशासनलाई भनिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।