मुम्बइ– रंगीन दुनियाँ नै त्यस्तै हो जहाँ यथार्थ फिल्मको कथा जस्तो तर फिल्म यथार्थ जस्तो लागिदिन्छ कहिलेकाहिँ। बलिउड गायिका नेहा कक्करले पनि कथालाई वास्तविक जीवनको हिस्सा बनाइदिएकी छिन्। जसले केही समय भारतीय मिडिया र सामाजिक सञ्जालमा तरंग ल्यायो। हल्ला चलेको थियो– नेहाले विवाह गर्दैछिन्।
लामो समय यो हल्ला चल्यो र नेहाले त्यसलाई सत्य बनाउने गरी इन्स्टाग्राममा पोष्ट गरिन्। जसले हल्लाको पुष्ट्याइँको काम गर्यो। तर त्यसको एक हप्तापछि उनले फेरि इन्स्टाग्राम मार्फत् नै वास्तविकता सार्वजनिक गरिन्।
खाशमा गायक रोहनप्रीत सिंहसँग उनको विवाह हुन नभइ गीत आउँदै रहेछ। उक्त गीतको पोष्टर रिलिज गरेर लामो समयदेखि चलिरहेको हल्लालाई हल्लामै सिमित गरिदिएकी छिन्। 'नेहु दा ब्याहा' नामको उक्त गीत उनी आफैंले लेखेकी हुन्। यसको संगीत पनि उनी आफैंले दिएकी छिन्। गीत अक्टुबर २१ मा रिलिज हुँदैछ।
पञ्जावी गीतमा उनले त्यहीँको लुकमा भिडियो निर्माण गरेको देखिएको छ। उक्त गीतमा स्वर र अभिनयमा साथ राहुलप्रीतले दिएको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।