एजेन्सी–भारतको हाथरसमा एक १९ वर्षीया दलित किशोरीको सामूहिक बलात्कारपछि हत्या घटनामा ईलाहावाद हाईकोर्टले उत्तर प्रदेश सरकारको शंकास्पद भूमिका देखिएको भनि प्रश्न उठाएको छ।
समाचार एजेन्सी पिटिआईका अनुसार हाईकोर्टले किशोरीको अन्तिम संस्कार रातको समयमा गर्नु युवती र उनका परिवारमाथि दुवैको मानव अधिकार उल्लंंघन भएको उल्लेख गरेको छ। अदालतले उत्तर प्रदेश सरकारलाई हाथरसजस्ता घटनामा कसरी र कुन प्रक्रियावाट अन्तिम संस्कार गर्ने भनी नियम बनाउन पनि निर्देशन दिएको छ।
गत १४ सेप्टेम्बरमा हाथरसमा एक दलित किशोरीलाई चार राजपुत युवकले सामूहिक बलात्कार गरेका थिए। उनलाइ उनीहरूले शारीरिक यातनासमेत दिए, जसका कारण किशोरीको मृत्यु भयो । घाईते अवस्थामा युवतीलाई अलिगढ अस्पताल भर्ना गरिएको थियो।
उक्त अस्पतालमा उपचार हुन नसकेपछि दिल्लीको सफदरगञ्ज अस्पताल लगिएको थियो। तर किशोरीको ज्यान बचाउन नसकेपछि २९ सेप्टेम्वरमा युवतीको मृत्यु भएको घोषणा अस्पतालले गरेको थियो। हाथरस प्रशासनले किशोरीको शव आफ्नो कब्जामा लिएर रातको समयमा गाउँबाहिर लगेर जलाएको थियो। सरकारको उक्त कार्यको निकै विरोध भईरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।