• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत १८, २०८२ Wed, Apr 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'कर्णाली विद्रोह'लाई काठमाडौंले सल्टाउने

64x64
वीरेन्द्र ओली मंगलबार, असोज २७, २०७७  २०:३५
1140x725

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध भएको विद्रोह प्रयासलाई काठमाडौंले सल्टाउने भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालद‘प्रचण्ड’ बीच सोमबार र मंगलबार भएको छलफलबाट मुख्यमन्त्री शाही सहित कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं बोलाएरै छलफल गर्ने तय भएको हो।

कर्णाली प्रदेशमा उत्पन्न परिस्थितिका विषयमा आगामी बिहीबार अध्यक्षद्वय ओली र प्रचण्ड सहित इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मालाई राखेर सल्टाइने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए।

‘कर्णालीमा भएको विवादमाथि दुई अध्यक्ष सहित मुख्यमन्त्री, प्रदेशका पार्टी पदाधिकारी बसेर छलफल हुन्छ’, नेम्वाङले भने, ‘त्यही छलफलबाट विवादको चुरो पहिचान गरी समाधानको बाटो खोलिनेछ।’

कर्णालीकै मुख्यमन्त्री र पार्टी पदाधिकारीको कुरा सुनेपछि अध्यक्ष ओली र प्रचण्डले आवश्यक निर्देशन दिनेछन्।

प्रदेशमा भएको विवाद प्रदेशकै नेताले मिलाउन नसकेको, विवाद झन् गिजोलिँदै जाने देखिएको र प्रदेशबाट पनि केन्द्रको भूमिका अपेक्षा गरिएको कारण काठमाडौंबाटै विवाद सल्टाउन खोजिएको हो।

प्रदेशका नेताहरुले परिपक्क कदम चाल्न नजान्दा समस्या बल्झिएको केन्द्रक‍ो बुझाइ देखिन्छ।

अर्कोतिर, कर्णाली प्रदेशबाट सुरू भएको विद्रोहको आगोले बाग्मती प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेशमा पनि असर पर्ने आकलन गरिएको छ। प्रचण्डले खुमलटारको एक छलफलमा कर्णाली प्रदेशका कारण अन्य प्रदेशमा पनि असर पर्ने बताएका थिए।

एमाले-माओवादी केन्द्रबीच एकता हुनुअघि नै सहमतिका आधारमा प्रदेश सरकारको नेतृत्व भागबन्डा गरिएकाले कर्णाली विद्रोहले अन्य प्रदेशका मुख्यमन्त्रीलाई पनि संकट सिर्जना हुने विश्लेषण सुरू भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

ओलीको आडमा कँडेलको विद्रोह प्रयास
कर्णाली प्रदेशका सहइन्चार्ज एवं प्रदेश सभा सांसद यामलाल कँडेलको विद्रोह असफल भएको छ। प्रधानमन्त्री केपी ओली निकट मानिने कँडेलले

काठमाडौंबाट ग्रिन सिंग्नल पाएर विद्रोह प्रयास गरेको कर्णाली प्रदेशका एक सदस्यले बताए।

कँडेलले मुख्यमन्त्री नै ताकेर विद्रोहको फायर खोलेका थिए। तर अन्ततः आफ्नै निम्ति प्रत्युत्पादक हुने देखिएको छ। 

प्रदेशमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दरिलो साथ नदिएपछि कँडेलको विद्रोह असफल भएको छ।

कँडेलले चालेको कदमसँगै नेकपाका प्रमुख सचेतक गुलावजंग शाहको पद गुमेका छ। अब उनको पद फर्किने सम्भावना पनि अत्यन्तै न्यून छ।

कँडेलले प्रदेश सभा निर्वाचनमै आफूलाई मुख्यमन्त्रीको रुपमा अपेक्षा गरेका थिए। तर  एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाले गर्दा शाहीले अवसर पाएका थिए। त्यसयता कँडेलले प्रदेश सरकारलाई असहयोग गर्दै आएका थिए।

असहयोगलाई सहयोगमा बदल्ने अपेक्षा सहित शाहीले उनलाई दलको नेता सरह सुविधा उपलब्ध गराएका थिए। उनले लिएको तलब भत्ता तथा सवारी सधानको सुविधाको महालेखा परीक्षकको कार्यालयले ८ लाख ४५ हजार बेरुजु देखाएको थियो। त्यही विषयलाई लिएर प्रतिपक्ष कांग्रेस सहित सत्ता पक्षका सांसदले समेत प्रश्न उठाएपछि उनले २०७७ साउनदेखि प्रदेश सभा सदस्यको मात्रै सुविधा लिने घोषणा गरे।

आफ्ना विरुद्ध मुख्यमन्त्री शाही लागेकाले दलको नेताले पाउँदै आएको सेवा सुविधा खोसिएको भन्ने आशंकाले कँडेल क्रुद्ध भएका थिए। त्यसैलाई आधार बनाउँदै कँडेल मुख्यमन्त्री शाही विरुद्ध उभिँदै आएका थिए। कँडेलले  मुख्यमन्त्रीलाई राजनीतिक रूपमा मात्रै नभई मिडिया मार्फत आरोप लगाउने गरेका थिए।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी एक वर्षदेखि मुख्यमन्त्री आफैंले राखेका कारण कँडेल क्रुद्ध भएका थिए। २०७६ साउन ३१ मा तत्कालीन भौतिक मन्त्री खड्गबहादुर खत्री बैंकिङ कसुरमा मुछिएपछि बर्खास्तीमा परेका थिए। सो जिम्मेवारी आफैंले राखेका कारण नेकपाभित्र असन्तुष्टि उत्पन्न भएको थियो।

ओली, प्रचण्ड तथा नेपाल तीनै पक्षका नेताहरुले भौतिक मन्त्रालयको नेतृत्वमा इच्छा देखाए पनि मुख्यमन्त्रीले बेवास्ता गरिरहेका छन्। मुख्यमन्त्री शाहीले तीनै पक्षलाई मन्त्री बनाउने आश्वासन भने दिने गरेका थिए। आश्वासन पाए पनि पद नपाएका कारण कतिपय सांसद असन्तुष्ट भएका थिए। र उनीहरूले पनि कँडेललाई साथ दिएका थिए।

मुख्यमन्त्री सत्ता समीकरण मिलाउन नजान्दा कर्णालीमा विद्रोह प्रयास भएको नेकपाकै नेताहरु बताउँछन्।

के भयो कर्णालीमा तीन दिन?
गत आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीका विरुद्ध नेकपाका १८ जना सांसदले पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेको सार्वजनिक भयो।

कर्णाली विद्रोहका विविध आयाममाथि छलफल गर्न नेकपा शीर्ष नेता सोमबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे। माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा निरज आचार्यसँग प्रचण्डले भलाकुसारी गरे।

कर्णाली प्रदेशमा भएको अविश्वास प्रस्तावलाई तत्काल रोक्न अध्यक्ष प्रचण्डलाई नेताहरुले आग्रह गरे। लगतै ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगे। त्यहाँ उनले अविश्वास प्रस्ताव रोक्न फिर्ता गराउन निर्देशन दिन आग्रह गरे। तर, ओलीले भने 'विचार गरौंला' भन्ने जवाफ फर्काए।

कुनै निर्णय नभएपछि केन्द्रीय सदस्य निरज आचार्यलाई विवाद साम्य पार्न सुर्खेत पठाइयो।

सोमबारै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरी सीताकुमारी नेपालीलाई नियूक्त गरे। बर्खास्त परे लगत्तै शाहले संसदीय दलको बैठक मंगलबार १ बजेका लागि बस्ने भन्दै सूचना जारी गरे। शाहलाई काउन्टर दिँदै नेपालीले कात्तिक ७ गते दलको बैठक बोलाइन्।

काठमाडौंबाट माधव नेपालको दूतको रुपमा गएका निरज आचार्यले आफ्ना पक्षका नेतालाई कन्भिन्स गरे। निलम्बित शाहले बोलाएको दलको बैठक मंगलबार अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका १८ जनामध्ये ११ जना मात्रै सहभागी भए।

मुख्यमन्त्रीमाथिको अविश्वास प्रस्ताव फिर्ता लिई मन्त्रिपरिषद पुनर्गठनमा नेपाल पक्षका नेतालाई सहभागी गराउने सहमति भयो। त्यति मात्रै होइन, नेपाल पक्षका नेता कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरियो। नेपाल पक्षले आफ्नो पक्षबाट तीन जनालाई मन्त्री बनाउने भन्दै नाम लिस्ट समेत मुख्यमन्त्रीलाई पठायो।

प्रदेशमा विवाद थप चर्किने देखिएपछि ओली र प्रचण्डले मंगलबार मुख्यमन्त्री शाही सहित प्रदेश कमिटीका सबैलाई काठमाडौं बोलाउने निर्णय गरेका छन्।

मन्त्रिपरिषद् पुनर्गठन गरिने
मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव रोकिए पनि मन्त्रिपरिषद् पुनर्गठन गरिने भएको छ। मन्त्रिपरिषद्‌मा असन्तुष्ट पक्षका नेताहरुलाई समेटेपछि प्रदेशको विवाद तत्काल थामथुम हुने भएको छ।

ओेली, प्रचण्ड र नेपाल पक्षका  नेताहरुले मन्त्री पद भागबण्डामा लिएर मिलाउने भएका छन्। प्रदेशको विवादमा नेपाल पक्ष भागबण्डामा मिलाउन सहमत भएपछि विवाद पनि तत्काललाई साम्य हुने देखिएको छ।

बिहीबारको छलफलमा थप विवाद बढे मुख्यमन्त्री शाहीले राजीनामा समेत दिने स्थिति आउने ओली पक्षका नेताको भनाइ छ। तर, प्रचण्ड र नेपाल पक्षका नेताहरुले मुख्यमन्त्री शाहीले समेत राजीनामा दिने स्थिति आए अन्य प्रदेशका मुख्यमन्त्रीलाई समेत असर पर्ने भएकाले त्यस्तो स्थिति आउने सम्भावना न्यून रहेको बताएका छन्।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल ‘उहाँसँग बुझ्नुपर्ने कागजातहरू सबै बुझ्यौं। बुझेपछि खोजेका बखतमा उपस्थित हुने गरी जिम्मा जमानीमा छाडेका छौं,’ उनले भने। रिजाललाई उनक... मंगलबार, चैत १७, २०८२
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग आज भएको छलफलमा मन्त्री गुरुङले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी उक... मंगलबार, चैत १७, २०८२
प्रधानमन्त्रीको प्रेस सहजकर्तामा बजगाईं उनी स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त भएका हुन् । मंगलबार, चैत १७, २०८२
ताजा समाचारसबै
इनिशा विक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश मंगलबार, चैत १७, २०८२
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल मंगलबार, चैत १७, २०८२
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
प्रधानमन्त्रीको प्रेस सहजकर्तामा बजगाईं मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओलीको निवेदनमा कारण देखाउ आदेश, रिहा गर्न अस्वीकार सोमबार, चैत १६, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्