काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व वरिष्ठ अर्थशास्त्री डा सुकदेव साहको निधन भएको छ। ८३ वर्षीय साहको अमेरिका वासिंगटन डिसी नजिकै अलेक्जेन्ड्रियास्थित आफ्नै निवासमा निधन भएको हो।
लामो समय कोषको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका भएका साहको हृदयघातबाट निधन भएको स्वर्गीय साहका पारिवारिक सदस्य किरणप्रताप केसीले जानकारी दिए।
बाइपास सर्जरी गरेपछि स्वस्थ भएका साह बाथरुममा गएको समयमा अचानक हृदयघात भएको केसीले बताए। स्वर्गीय साहका श्रीमती, एक छोरा र एक छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।