• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जलिरहन्छ त्रिवि, कुटिइरहन्छन् प्राध्यापक

64x64
प्रजु पन्त मंगलबार, असोज २७, २०७७  ११:२८
1140x725
मेडिसिटी अस्पतालमा उपचाररत उपप्राध्यापक प्रेम चलाउने (मूल तस्बिर), उपकुलपति धर्मकान्त बाँस्कोटाको जलाइएको कुर्सी (इन्सेटमा माथि) तथा दाङस्थित महेन्द्र क्याम्पसका प्रमुखको कुर्सीमा आगजनी।

काठमाडाैं-२०५९ सालमा त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभाग प्रमुख थिए, प्राध्यापक अभि सुवेदी। त्यतिबेला विद्यार्थीहरूले कक्षाकोठा र पुस्तकालयमा आगो लगाइदिए। उनको कार्यकक्षका पुस्तकदेखि टेबुल कुर्सीसमेत जले।

‘मेरो दराजमा बेलायतीले दिएका राम्रा–राम्रा पुस्तकहरु थिए’, सुवेदी सम्झिन्छन्, ‘विभाग पूरै जलाउँदा आवेगमा रहेको भीडले पुस्तकहरु पनि जलाइदियो।’

सुवेदीको अनुसार विभाग जलाइनुको कारण थियो– परीक्षामा सबैको नम्बर कम आउनु। त्यही कारण आक्रोशित भएका विद्यार्थीको ५०÷६० जनाको समूहले विभाग नै जलाएदिए।

सुवेदीले धेरैअघि सगरमाथामुनि रहेको त्याङ्बोचे गुम्बामा भएको आगलागीको घटना सम्झिए। शिक्षालय र पुस्तकालय जलाइँदै गरेको घटना ताजा सम्झिए। मुलुकमा चलिरहेको आगजनी एवं हत्याहिंसाको वातावरण सम्झिए। अनि, आफैंले नेतृत्व गरेको विभाग जलेको घटनाले रन्थनिए। त्यसपछि नाटक लेखे– अग्निको कथा।

‘पढ्ने स्थान जलाएपछि म साह्रै रन्थनिएँ’, सुवेदीले भने, ‘आफैंले पढाएका विद्यार्थीले नै विभाग जलाउलान् भन्ने लागेको थिएन। आवेगमा आएर उनीहरुले जलाए। ठाउँठाउँमा आगजनी भए, पुस्तक जले, अनि मैले नाटक लेखें।’

त्यतिबेला त मुलुक नै द्वन्द्वको स्थितिमा थियो। ठाउँठाउँमा पुस्तक जलाइनु, विद्यालय जलाइनु अस्वाभाविक मानिँदैनथियो। विश्वविद्यालयबाहिर त्यस्तै अवस्था थियो। आफ्नो गुनासो र असन्तुष्टि प्रकट गर्ने मुख्य सूत्र नै तोडफोड, बन्द हडताल र कुटपिट थिए। विश्वविद्यालयका जोशिला विद्यार्थीले त्यही सूत्र अपनाउँथे। त्यसैले कहिले विभाग र पुस्तकालय जलाइए, कहिले प्राध्यापक कुटिए। तर समय फेरिसक्दा पनि विश्वविद्यालयको कथा भने फेरिएको छैन।

त्रिचन्द्रकै घटना दोहोरियो
एक वर्ष पनि पुगेको छैन, त्रिचन्द्र क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने कुटिएको। २०७६ मंसिर ९ गते उनी आफ्नै विद्यार्थीबाट कुटिए।

स्नातक तह विज्ञान र मानविकी संकायको शुल्क बढाउने प्रस्ताव गरेलगत्तै विद्यार्थी नेताले उनलाई धम्काइरहेका थिए। तै पनि एक मनमा उनलाई कुटिहाल्लान् भन्ने लागेका थिएन। अर्कोतिर विद्यार्थीको के भर भन्ने पनि लागिरहेको थियो। किनकि, पहिला पनि उनीमाथि आक्रमणको प्रयास भइसकेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै दोधारका बीच त्यसदिन उनी क्याम्पस छिरे। सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुका त्रिचन्द्र इकाई अध्यक्ष गोविन्द थपलिया र नेता मनराज थापालगायत ५० भन्दा बढी विद्यार्थी उनीतिर हुर्रिएर आए। कुटी त नहाल्लान् भनेर रोकिएका न्यौपानेलाई नसोचेको भयो, आफ्नै विद्यार्थीले कुट्न थालिहाले।

ठ्याक्कै यही प्रकृतिको घटना त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागको अगाडि हिँडिरहेका उपप्राध्यापक प्रेम चलाउनेमाथि पनि घट्यो। असोज २० गते करिब ९ बजेर ४५ मिनेट जाँदा त्रिभुवन विश्वविद्यालय परिसरभित्रै उनीमाथि केही विद्यार्थीले रड प्रहार गरी आक्रमण गरे।  गम्भीर घाइते भएका उनी मेडिसिटी अस्पतालमा उपचाररत छन्। आक्रमणकारी विद्यार्थीहरु नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघसँग आबद्ध भएको जनाइएको छ।

घटनासँग आबद्धको आशंकामा सिरहाबाट रविन लामा र भक्तपुरको सूर्यविनायकबाट रुपेश साह पक्राउ परेका छन्। दुवै जना नेविसंघको राजनीति पनि गर्दै आएको प्रहरी स्रोतले बताएको छ। उनीहरु राजधानीकै टेक्सास कलेजका विद्यार्थी हुन्। तर, त्रिविका उपप्राध्यापकलाई आक्रमण गरेकाले उनीहरूलाई कसैले प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पटकपटक आक्रमण, हुँदैन कारबाही
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग होस् या आंगिक क्याम्पस, विद्यार्थीको आक्रमणस्थल बनिरहेका छन्। विद्यार्थी आक्रोशको केन्द्रमा प्राध्यापक, भौतिक सामग्री तथा पुस्तकालयसम्म पर्ने गरेका छन्। विद्यार्थीले प्राध्यापकलाई मरणासन्न हुने गरी कुटे पनि, भौतिक सम्पति क्षति हुने गरी नष्ट गरे पनि, संलग्नलाई कारबाही भने हुने गरेको पाइँदैन।

न्यौपानेलाई मरणासन्न हुने गरी कुटेका गोविन्द थपलिया र मनराज थापालाई ‘अभद्र व्यवहार’ गरेको भन्ने कमजोर आरोप लगाइयो। उनीहरु जिल्ला प्रशासन कार्यालयमा १५–१५ हजार धरौटी बुझाएर रिहा भएका थिए। अहिले उनीहरु खुल्लमखुल्ला हिँडिरहेका छन्।

उनीहरु आबद्ध अनेरास्ववियूले पनि प्राध्यापक कुटेबापत कुनै कारबाही गरेन। अनेरास्ववियुका अध्यक्ष ऐन महरले त्यतिबेला उनीहरुलाई कुनै कारबाही नगर्ने बताएका थिए। साथै, सत्ताकै आडमा उनीहरुलाई कमजोर आरोपमा मुद्दा लगाइएको आरोप लागेको थियो।

नेपाल प्रहरीले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई पक्राउ गरेको त छ तर उनीहरुलाई के कस्तो कारबाही हुन्छ भन्ने पत्तो छैन। चलाउनेमाथि कुटपिट गर्ने लामा र साहलाई नेपाल विद्यार्थी संघले कारबाही गर्नेमा पनि आशंका छ।

नेविसंघका केन्द्रीय महामन्त्री बलदेब तिमल्सिना भने उनीहरु नेविसंघसँग आबद्ध विद्यार्थी हुन् भने कारबाही गर्ने बताउँछन्। ‘उनीहरु संघसँग आबद्ध हुन् कि होइनन्, छानबिन गर्छौैं’, तिमल्सिनाले भने, ‘नेविसंघले कुटपिट गर्ने काम गर्दैन। यस घटनामा संगठनको कुनै संलग्नता छैन। यदि उनीहरु नेविसंघसँग आबद्ध हुन् भने कारबाही गर्छ।’

कस्तो किसिमको कारबाही हुने बारेमा तिमल्सिनाले खुलाएनन्।

विद्यार्थी संगठन र उनीहरु आबद्ध दलहरुले त आक्रमणकारी विद्यार्थीलाई जोगाउँछन् नै,  त्रिभुवन विश्वविद्यालयले पनि कुनै कारबाही गरेको पाइँदैन। शिक्षाध्यक्ष शिव भुसाल प्राज्ञिक स्थानमा आपराधिक गतिविधि गर्नेलाई त्रिविले भन्दा पनि प्रहरी प्रशासनले कारबाही गर्नुपर्ने बताउँछन्। ‘कुटपिटमा उत्रिनेलाई विश्वविद्यालयले गर्ने रेस्टिकेटले के नै छोला र?’, भुसाल भन्छन्, ‘बाटै ढुकेर विद्यार्थीको नाममा कुट्नेलाई हामीले भन्दा पनि प्रहरी प्रशासनले कारबाही गर्नुपर्छ।’

त्रिविले केही कारबाही नगरेकाले नै आक्रमणकारी विद्यार्थीको मनोबल उच्च भएको त होइन? भन्ने प्रश्नमा भुसालले त्रिविको विद्यार्थीभन्दा पनि राजनीतिको नाममा अखडा बनाएर बस्नेहरुबाट प्राध्यापकहरु असुरक्षित भएको बताए।

‘कुत्सित मनसाय’ 
त्रिचन्द्रका क्याम्पस प्रमुख न्यौपाने कुटिएको हप्तौंसम्म पनि त्रिविका पेशेवर प्राध्यापक संगठन तथा अन्य विद्यार्थी संगठनले एक पाने विज्ञप्तिसम्म निकालेनन्। अस्पतालको शैयाबाट फोनमा कुरा गर्दै न्यौपानेले आफू एक्लो भएको महसुस गरको बताएका थिए। न्यौपानेले प्राध्यापकहरु कुटिनु अन्तर्राष्ट्रियस्तरमा नै क्याम्पस कालो सूचीमा पर्न सक्ने र त्रिविको छवि बिग्रन सक्ने भन्दै चिन्ता प्रकट गरेका थिए। उनले भनेका थिए, ‘म एउटा पात्र कुटिएँ। लोकतन्त्रमा प्राध्यापक कुटिन्छ भने त्यो देशमा अन्यको अबस्था के हुन्छ? अन्र्तराष्ट्रिय स्तरमा हाम्रो छवि कहाँ जान्छ?’

प्राध्यापकहरु किन कुटिन्छन् भनेर एक तर्फबाट मात्रै हेर्न नहुने बताउँछन्, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम लोहनी। ‘त्रिविमा यस्तो घटना घट्नुमा त्रिवि प्रशासन, विद्यार्थी र शिक्षकहरु जिम्मेवार छन्’, लोहनी भन्छन्, ‘जिम्मेवारी नलिने प्राध्यापक, कर्तब्यबोध नभएका शिक्षक र त्रिविको प्रशासनकै दोष छ।’

लोहनी हरेक विभागमा हुने राजनीतिक नियुक्ति, कुनै पनि अमूक दलको परमभक्त हनुमान र कुत्सित मनसाय भएकाहरु भएको ठाउँमा यस्तो घटना भइरहने र ९० प्रतिशतभन्दा बढी शिक्षक र राजनीति आधारमा नियुक्ति पाउने प्रशासनदेखि अन्य कर्मचारीमा जिम्मेवारीबोध नभएकाले यस्तो घटना घटेको बताउँछन्।

‘स्नातकोत्तर पढेका विद्यार्थीमा सो अनुसारकोे क्षमता विस्तार भएको छैन। लटरपटर गरेर पढाउने शिक्षक र लटरपटर काम गर्ने कर्मचारी छन् त्रिविमा। यस्तो विकृत मनोदशा भएकाहरुको जमघट भएपछि भिडन्त नभए के हुन्छ?’, लोहनीको भनाइ छ।

लोहनी त्रिविमा बेथितिको चाङैचाङ भएकाले प्राध्यापक कुट्ने विद्यार्थीमाथि पनि नराम्रो व्यवहार हुने घटनाहरु घटेको बताउँछन्।

प्राध्यापक सुवेदी भागबण्डा र लेनदेन भएकाले यस्तो घटना घटेको बताउँछन्। मेरो पालामा पनि विभाग जलाइयो तर विद्यार्थीले माफी मागें’, उनले भने, ‘पढाउने शिक्षकलाई नै कुट्ने भनेको राजनीति पनि नभएर भागबण्डा र लेनदेन नमिलेकाले यस्तो काम भएको हो। यस्तो कामको जति निन्दा गरे पनि कमै हुन्छ।’
 

प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  ११:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? नारायणदत्त पौडेल भने सशस्त्र प्रहरी बलतर्फ लागे । दानबहादुर कार्की भने नेपाल प्रहरीमै रहे । यही ब्याचका राजु अर्याल पनि सशस्त्र प्रह... बिहीबार, भदौ १८, २०८३
जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरे ।  “ह... मंगलबार, भदौ १६, २०८३
बाढी प्रभावित नागरिकका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडाबाट राहतस्वरूप नगद सहयोग प्रदान बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्