काठमाडौं– सरकारले सार्वजनिक सवारी साधनले ५० प्रतिशत बढी भाडा लिन नपाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले भाडादर बढाउने अघिल्लो निर्णयलाई परिमार्जन गरेको हो। ‘एक साइडमा एक जनामात्रै यात्रु राखेर सवारी चलाउँदा ५० प्रतिशत भाडा बढी लिन स्वीकृति दिइएको थियाे,’ एक मन्त्रीले भने,‘यात्रु पनि भर्ने र भाडा पनि ५० प्रतिशत बढी लिएको देखियो।’
यात्रुसँग भाडा पनि असुल्ने र दूरी पनि कायम नगर्ने भएपछि भाडा नबढाउने निर्णय गरिएको उनले जानकारी दिए।
असार २३ को मन्त्रिपरिषद बैठकले सिट क्षमताको आधा मात्रै यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरेको थियो। मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रिय नाकाबाट हुने आवतजावत कार्तिक मसान्तसम्मलाई रोक लगाएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।