• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बैठक बस्नै नसकेपछि कांग्रेस विवाद मत्थर

दसैंअघि बैठक असम्भव
64x64
लिलु डुम्रे सोमबार, असोज २६, २०७७  १२:३४
1140x725

काठमाडौं– कोरोना संक्रमणले घोषित बैठक अवरुद्ध बनेसँगै कांग्रेसको आन्तरिक विवाद तत्कालका लागि मत्थर भएको छ। १९ र २५ असोजमा बोलाइएको बैठक स्थगित भएको छ भने नयाँ मिति पनि तय हुन सकेको छैन। बैठक बस्न नसकेसँगै आन्तरिक विवाद पनि तत्कालका लागि ओझेल परेको हो।

दसैंअघि बैठक बस्ने सम्भावना नरहेको नेताहरुको भनाइ छ। शीर्ष तहका नेताहरु नै होम आइसोलेसनमा रहेकाले दसैंअघि बैठक बोलाउने सम्भावना टरेको उनीहरुको भनाइ छ।

पार्टी विवाद समाधान तथा सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो। असोज १९ का लागि बोलाइएको केन्द्रीय समिति बैठकअघि असोज १५ गते नै गरिएको स्वाब संकलनबाट केही नेताहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै बैठक स्थगित भएको थियो। त्यसपछि बैठक बस्न सकेको छैन। शीर्ष तहका नेता नै होम आइसोलेसनमा रहेकाले दसैंअघि बैठक बस्न सम्भव नभएको संस्थापन पक्षका नेता एनपी साउद बताउँछन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोध पत्रका साथै महाधिवेशनको नयाँ मितिको विषयमा छलफल गर्नका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको थियो। सभापति शेरबहादुर देउवाले पार्टी विधानविपरीत एकपक्षीय निर्णय गरेको भन्दै ती निर्णय फिर्ता गर्न पौडेल पक्षले अल्टिमेटम समेत दिएको थियो। १९ बुँदे विरोधपत्रमा न्यायपूर्ण र विधिसम्मत समाधान गर्न गम्भीरता र तदारुकता नदेखाए संघर्ष र विरोध कार्यक्रम गर्ने चेतावनी दिइएको थियो।

दसैंअघि बैठक बस्ने सम्भावना टरे पनि आफ्नो पक्षले उठाएका मागको सम्बोधन हुनुपर्ने पौडेल पक्षका नेता नवीन्द्रराज जोशीले बताए। पदाधिकारीको भर्चुअल मिटिङ गरी विवाद समाधान गर्न सकिने उनले विकल्प सुझाए। पार्टीभित्रको विवाद अन्त्य भएपछि मात्रै सरकार विरुद्ध सडकमा एकत्रित हुन सकिने उनको भनाइ छ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको कार्यकाल, अन्य दलबाट आएकाहरुलाई वितरित सदस्यता लगायतमा कांग्रेसभित्र विवाद देखिँदै आएको छ।

पौडेल पक्षले आफ्नो समूहको असहमति हुँदाहुदै हचुवाका भरमा सभापतिले विभागको संख्या ४८ वटा पुर्‍याएको आरोप लगाउँदै आएको छ। महाधिवेशन प्रभावित पार्न पद र प्रलोभन बाँडेको सो पक्षको आरोप छ। महाधिवेशनको कार्यतालिका कार्यान्वयनको क्रममा रहेको समयमा महाधिवेशनलाई प्रभावित गर्ने कुत्सित मनसायले विभाग गठन भएको सो पक्षले बताउँदै बएको छ। महाधिवेशनको मिति तोकिसकेपछि पार्टीका विभाग र अन्य संरचनामा नियुक्ति गर्नु वैधानिक व्यवस्था र महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन हुने उनीहरुको तर्क छ।

देउवाले ४८ विभागमध्ये २० मा प्रमुखसँगै सदस्य पनि थपेका छन्। अन्य विभागमा भने तत्काल मनोनयन गर्ने मनसाय नरहेको देउवा पक्षीय नेता तथा सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

सभापति पक्षले निर्णय गर्दै जाने र पौडेल पक्षले विरोध गर्दै गर्ने परम्परा पार्टीको प्रचलन बनेको छ। सहमतिमा नआउने र पद्धतिमा पनि विश्वास नगर्ने पौडेल पक्षको आदत रहेको संस्थापन पक्षको आरोप छ। अर्कोतिर, देउवा पक्षले महाधिवेशनपछि नै पक्षपातपूर्ण व्यवहार गर्दै आएको पौडेल पक्षको ठहर छ।

फागुनमा तोकिएको महाधिवेशन नहुने निश्चित भइसकेको छ। महाधिवेशनका लागि प्रारम्भिक कार्य संगठन समायोजन नै सकिएको छैन। समायोजन मुख्यतः प्रदेश २ का जिल्लामा हुन सकेको छैन। समायोजन नसकिनुमा संस्थापन पक्षले अनावश्यक बखेडा झिक्नु नै कारक भएको पौडेल पक्षले जनाएको छ। साउन १० भित्र सकिसक्नुपर्ने समायोजनको कार्य रोकिँदा क्रियाशील सदस्यता वितरण र नवीकरण समेत प्रभावित बनेको छ।

समयमा समायोजन हुन नसक्नुमा संस्थापन पक्षले कोरोनालाई प्रधान कारण बनाएको छ। सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा लगायतका जिल्लामा समायोजन प्रक्रिया पूरा हुन सकेको छैन। अर्कोतर्फ पार्टीभित्रको आन्तरिक द्वन्द्वले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मुस्ताङमा क्रियाशील सदस्यता वितरण हुन सकेको छैन।

जिल्ला तहले समायोजनका कार्य सकी केन्द्रमा नामावली पठाए पनि ती जिल्लामा क्रियाशील सदस्यता वितरणमा संस्थापनले अवरोध सिर्जना गरेका पौडेल पक्षले जनाएको छ। पौडेल पक्षका जिल्ला सभापतिले टुंगाएको समायोजनलाई पार्टी केन्द्रले अवरोध गरेको उक्त पक्षको ठहर छ। ती जिल्लाबाट आएका नाममा उजुरी परेपछि समायोजनको कार्य नसकिएको नेता महतले बताए।
 
अन्य दलबाट आएकालाई समायोजन गर्ने विषयमा पनि पार्टीमा विवाद छ। ‘अन्य राजनीतिक दल समायोजन समिति’मा भएका निर्णयप्रति पौडेल पक्षले प्रश्न उठाएको छ। पार्टी विधानसँग बाझिने गरी डडेलधुरा, कपिलवस्तु, डोल्पा, कैलाली लगायतका जिल्लामा निर्णय भएको उक्त पक्षले जनाएको छ।

Xtrem

Xtrem

नुवाकोट, पर्सा, कैलाली, सोलुखुम्बु, इलाम र भक्तपुरमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यतामा समेत विवाद छ। नेता नरहरि आचार्य संयोजकत्वको समितिले तेह्रौं महाधिवेशनपछि प्रक्रिया पुर्‍याई क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय भएको थियो। विगतको उक्त निर्णयको कार्यान्वयनको प्रश्न पौडेल पक्षले उठाएको छ।

विधानविपरीत पद वितरण तथा क्रियाशील सदस्यतासम्बन्धी जथाभावी निर्णय गरी परिपत्र गरिएको पौडेल पक्षको आरोप छ। अन्य दलबाट प्रवेश गरेकालाई विधानविपरीत केन्द्रबाट सिधै क्रियाशील सदस्यता बाँडेको देउवाइतर खेमाले बताउने गरेका छन्। बाँडिएका सबै क्रियाशील सदस्यता खारेज गर्न माग गरिएको छ। जिल्ला पार्टी सभापति, क्षेत्रीय सभापति र मातहतका निकाय प्रमुखको अधिकारलाई केन्द्रले कुल्चेकाले क्रमशः दिनुपर्ने व्यवस्था छ। कतिपय जिल्लामा विधान विपरीत निकटस्थ व्यक्तिहरूलाई मनपरी क्रियाशील सदस्यता वितरण भएको संस्थापनइतरले आरोप लगाएको छ।

संस्थापन इतरको आरोपलाई नेता महत खण्डन गर्छन्। विधानले तोकिएकै प्रावधानमा रहेर क्रियाशील वितरण भएको उनको दाबी छ। उनले भने, ‘क्रियाशील सदस्यता विधानकै व्यवस्था अनुसार भएको छ। केन्द्रको सभापतिले बाँड्ने कार्य भएको छैन।’

भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनबाट निर्वाचितलाई मात्रै केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने विधानको व्यवस्था छ। अधिकांश भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन वर्षौंदेखि हुन सकेको छैन। भ्रातृ संस्थाको महाधिवेशन गराएर मात्रै पार्टी केन्द्रको महाधिवेशन प्रतिनिधि हुनुपर्ने माग पौडेल खेमाले उठाएको छ।

भ्रातृ संस्थाको पदाधिकारी माथिल्लो पदमा पुगेको अवस्थामा भ्रातृ संस्थाको पद स्वत छोड्नुपर्ने विधानको व्यवस्था छ। दलित संघका अध्यक्ष र महासचिव केन्द्रीय समितिमा भए पनि संघको जिम्मेवारी छोडेका छैनन्। दलित संघका अध्यक्ष मीन विश्वकर्मा र महासचिव लक्ष्मी परियार छन्। दुवै संस्थापन पक्षका हुन्। विश्वकर्मा र परियारले विधानको व्यवस्था अनुसार दलित संघको जिम्मेवारी छोड्नुपर्ने पौडेल पक्षको माग छ।

भ्रातृ संस्थाको म्याद पटक–पटक थप्ने निर्णयप्रति पनि पार्टीमा विवाद छ। पटक पटक ६ महिनाको अवधि थप्नु अवैधानिक कार्य भएको पौडेल पक्षले जनाएको छ। ‘भ्रातृ तथा शुभेच्छुक संस्था विघटन गरिएकोमा वा हटाइएकोमा केन्द्रीय कार्यसमितिले तत्काल तदर्थ समिति गठन गर्नेछ र ६ महिनाभित्र विधान बमोजिम निर्वाचन गरी पदपूर्ति गर्नेछ’ भनी विधानको व्यवस्था छ। 

पार्टीमा विदेशस्थित जनसम्पर्क समितिमा पनि विवाद छ। अमेरिका, अस्ट्रेलिया, बेल्जियम लगायतका जनसम्पर्क समितिले एकले अर्कोलाई निस्कासन गर्दै आएका छन्। अमेरिका र भारतका जनसम्पर्क समिति अध्यक्ष क्रमशः आनन्द विष्ट र बालकृष्ण पाण्डेयको दोहोरो जिम्मेवारीको प्रश्न पौडेल पक्षले उठाएको छ। केन्द्रीय कार्यसमितिमा मनोनित भएसँगै तल्लो तहको जिम्मेवारी छोड्नुपर्ने विधानको व्यवस्था स्मरण गराइएको छ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १२:३४
  • #नेपाली_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले युद्धका लागि आवश्यक सामग्री विश्वका विभिन्न ठाउँमा सहज रूपमा पुग्ने तर किसानका लागि आवश्यक मल... शुक्रबार, असोज ९, २०८३
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’ प्रधानमन्त्री वालेन्द्र शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटको ठूलो मूल्... शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्रीले विश्व समुदायलाई भने– ऋणभन्दा पर्याप्त अनुदान देऊ प्रधानमन्त्री वालेन्द्र शाहले जलवायुजन्य विपत्तिबाट प्रभावित नेपाललाई ऋणभन्दा पर्याप्त अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध शुक्रबार, असोज ९, २०८३
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’ शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्रीले विश्व समुदायलाई भने– ऋणभन्दा पर्याप्त अनुदान देऊ शुक्रबार, असोज ९, २०८३
‘हिमालयन सुनामी’ विश्वका लागि चेतावनी : प्रधानमन्त्री शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्