काठमाडौं- काठमाडौंको बालाजु बाइसधारा क्षेत्रमा बिजुलीको पोलमा बाँदर चढेपछि गोल्ढुंगा र धर्मस्थली क्षेत्रमा बिजुली काटिएको छ।
काटिएको बिजुली केही क्षणमा नै जडान हुने नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जम्पर मर्मतका लागि केही समय बत्ती काटिएको हो। बाइसधारा नजिकै बिजुलीको पोलमा बाँदर चढेपछि जम्पर बिग्रिएको थियो।
प्राधिकरणका तत्कालीन् कार्यकारी निर्देशक कुलमान घिसिकङको अवकाशपछि बिजुली आउन छोडेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पनि पोखिने गरेको छ।
केही दिनअघि भक्तपुरमा मुसाका कारण बिजुली काटिएको प्राधिकरणले जनाएको थियो। मुसाका कारण बिजुली काटिएको भन्दै प्राधिकरणको आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।