काठमाडौं- पाकिस्तानी मूलका अभिनेता तथा गायक अलि जफरले पुल्चोक क्याम्पसका विद्यार्थीहरूसँग अनुभव साटेका छन्। हल्ट प्राइज (आइओई) र नेक्स्टजेनले संयुक्त रूपमा शनिबार आयोजना गरेको ‘आन्टरप्रिनियरसिप टक सिरिज : लेभल टु बिल्डिङ अ टिम' विषयमा भर्चुअल टक सिरिजमा वक्ताका रूपमा जफरले विद्यार्थीहरूलाई अनुभव सुनाएका हुन्।
टक सिरिजमा पाकिस्तानी अभिनेता तथा गायक जफरले आफ्नो काम, मेहनत, सक्रियता र मानवीय कर्मबारे विचार राखेका थिए। उनले महिला अधिकारबारे पनि धारणा राखेका थिए। कार्यक्रममा सहभागीहरूकै आग्रहमा उनले गीतको प्रस्तुति पनि गरेका थिए।
जफरअघि सिरिजमा अमेरिकामा सफलता प्राप्त गरेका सतीश गैरेले आफ्नो व्यावसायिक यात्रा र आफूले भोगेका संघर्षबारे अनुभव सुनाएका थिए। सफलताका लागि टिम निर्माणको भूमिकाका विषयमा पनि गैरेले विद्यार्थीहरूसँग अनुभव साटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।