• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

हेल्मेट काण्डबाट उघ्रिएको राधेको अपराधको बर्को अझै यथावत, आपराधिक रजगजलाई कांग्रेसको साथ

64x64
नारायण अधिकारी शुक्रबार, असोज २३, २०७७  १५:०५
1140x725

काठमाडौं- जिल्ला प्रहरी कार्यालय धादिङले गुन्डा नाइके राधाकृष्ण भण्डारी उर्फ 'राधे'लाई नियन्त्रणमा लियो। उनलाई पक्राउ गर्नुको कारण थियो सुरक्षा थ्रेट।

धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काका अनुसार उनीले जनप्रतिनिधिलाई आक्रमण गरेकोदेखि ज्यान लिनेसम्मको धम्की दिएको उजुरी परेपछि उनी पक्राउ परेका हुन्।

धादिङको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई उनले धम्की दिएका थिए। धम्कीको कारण भने उही पहिलेकै जस्तो ठेक्कापट्टा हो। ठेक्कापट्टाको म्याद सकिए पनि राधेले काम गरिरहेकाले काम नगर्न अनुरोध गर्दा धम्की दिएको उनीविरुद्ध परेको उजुरीमा उल्लेख छ।

म्याद सकिए पनि नदीजन्य पदार्थ गिट्टीबालुवाको उत्खनन गर्न राधेले छाडेका थिएनन्। सोही विषयमा विवाद हुँदा उनले जनप्रतिनिधिलाई धम्की दिएको बताइएको छ। 

उनको धम्की र अपराधयात्रा यो पहिलो भने होइन। गुण्डा नाइकेकका रूपमा परिचति राधे यसअघि गत वर्ष जेठको अन्तिम साता पक्राउ परेका थिए। त्यसबेला उनको साथबाट प्रहरीले पेस्तोलसमेत बरामद गरेको थियो। प्रहरीलाई देखेपछि उनको समूहले प्रहरीमाथि नै आक्रमण गरेको थियो। सो क्रममा दुई प्रहरी घाइतेसमेत भएका थिए। 

त्यसबेला पक्राउ परेका राधेलाई छुटाउन नेपाल कांग्रेस नै लागेको थियो। तरुण दल धादिङको जिल्ला उपाध्यक्षसमेत रहेका राधेलाई छुटाउन भन्दै प्रहरीलाई चर्को दबाब पनि पर्दै आएको छ। राधेलाई फसाउन खोजिएको र तत्कालै उनलाई बिनासर्त रिहा गर्नुपर्ने माग तरुण दलले गरेको थियो। 

त्यसेबला पनि धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ स्थित मलेखु खोलाको गिटीबालुवा निकासी ठेक्का गुण्डागर्दीकै आडमा राधेले हात पारेका थिए। ४ करोडको निकासी ठेक्कामा राधेले दाबी गरेपछि अरुले टेन्डर फिर्ता लिएका थिए। यसबाट पनि धादिङमा गुण्डा नाइके राधेको रजगज कतिसम्म छ भन्ने प्रष्ट पार्छ। गुण्डागर्दीकै आडमा २०७५ सालमा मलेखु खोलाको गिटीबालुवा निकासी ठेक्का पनि राधेले नै पाएका थिए। 

धादिङमा राधेको राज चल्न थालेपछि बिनाप्रतिस्पर्धा उनैले टेन्डर हात पार्दै आएका छन्। टेन्डर हात परेपछि मलेखु खोलाबाट निर्माण सामग्रीको निकासी कर राधेकै समूहले उठाउँदै आएको थियो। उनको विरुद्धमा न जनप्रतिनिधिले नै मुख खोल्न सक्छन्, न प्रशासन नै। 

Ncell 2
Ncell 2

ठेक्का आफैंले लिने र निकासी कर पनि आफैंले उठाउने भएपछि राधे समूहले उक्त क्षेत्रका क्रसर र गिट्टी बालुवा खानीमा चासो राख्न थालेको हो। सोही प्रकरण अहिले पनि दोहारिएको जानकारहरू बताउँछन्।

यो पनि पढ्नुहोस्

'राधे'लाई रिहा नगरे मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने तरुण दलकाे चेतावनीशनिबार, जेठ २५, २०७६

धादिङ प्रहरीका अनुसार टेन्डर प्रक्रियादेखि अन्य विविध किसिमले राधे समूहले अवैध रकम उठाउँदै आएको छ। राधे समूहको अपराधको नेक्सस ठेक्कापट्टासँग जोडिएको धादिङकै स्थानीय नेताहरुले बताउँदै आएका छन्। 

नदी तथा खोलाबाट निकालिने निर्माण सामग्री उनको प्रभाव हुने नै भयो। अपराध गर्नेले नै ठेक्का पाउने र उनीहरूले कर उठाउने भएपछि एकाधिकार हुने र अपराध बढ्ने गरेको बताइएको छ।

हेल्मेट काण्डबाट उघ्रिएको राधेको अपराधको बर्को 
राधेको अपराधको चक्र पल्टाउन १३ वर्षअघि फर्कनुपर्ने हुन्छ। २०६४ कात्तिक २४ गते धादिङकै गणेश ठकुरीको घरमा गएर टाउकोमा हेल्मेट प्रहार गरी घाइते बनाएको घटनाबाट राधेको गुण्डागर्दी बाहिर आएको हो। त्यसपछि बाहिर आएको उनको आपराधिक यात्रा अहिलेसम्म पनि जारी छ।

प्रहरीका अनुसार राधे अवैध असुली, ठेक्कापट्टा, टेन्डरमा मात्र नभएर अन्य थुप्रै घटनामा पक्राउ पर्दै अदालतमा मुद्दा चल्दै छुटेका व्यक्ति हुन्। उनले धादिङ क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका छन्।

जानकार प्रहरी अधिकृतहरूका अनुसार सुरुमा दिनेश अधिकारी चरीको समूहमा रहेर राधे आपराधिक गतिविधि गर्थे। चरीसँग खटपट भएपछि उनी तरुण दलमा लागे।

यो पनि पढ्नुहोस्

गुण्डा नाइके राधे पेस्तोलसहित पक्राउ, दुई प्रहरी घाइतेबिहीबार, जेठ २३, २०७६

२०७० असार २१ गते बा १० च ६९९३ गाडी रोकेर राधेसहितको समूहले चरीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको थियो। सोही केसमा राधे २०७० साउन १३ पेस्तोलसहित पक्राउ परेका थिए। त्यसबेला केही समय जेल परेर छुटे। 

यस्तै, २०७४ असार ५ गते धादिङ नीलकण्ठ नगरपालिका-३ का २४ वर्षीय आयुष तामाङलाई राधेसहित उनको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो। त्यो घटनामा राधे ‘फरार’ थिए। धादिङ प्रहरीले उनलाई देखेकोनदेखे गर्दथ्यो। अहिले भने जनप्रतिनिधिलाई धम्क्याएको आरोपमा उनी प्रहरी हिरासतमा छन्।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
महिला टी–२० विश्वकप छनोट, स्कटल्यान्डसँग आज निर्णायक खेल सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
यस्तो रहनेछ देशभरको मौसम सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्