मुम्बइ–लोकप्रिय गायिका नेहा कक्करको पञ्जावी गायक रोहनप्रीत सिंहसँग धेरै दिनदेखि अफेयर र विवाहको चर्चा चलिरहेको छ। चर्चा सत्य रहेको नेहाले नै प्रमाणित गरिदिएकी छिन्। विवाहको कुरा त अझै यकिन छैन तर प्रेममा रहेको चाहिँ पक्का भएको छ।
नेहा र रोहनप्रीतले दुवैले आफ्नो इन्स्टाग्राममा एकसाथ तस्विर सार्वजनिक गरेका छन्। नेहाले लेखेकी छिन्, 'तिमी मेरै हौ। नेहुप्रीत।' रोहनप्रीतले पनि नेहासँगको तस्विर सार्वजनिक गर्दै लेखेका छन्, मेरी जिन्दगी हेर्नुहोस्।'
उनीहरुले यस्तो तस्विर सार्वजनिक गरेसँगै बलिउड सेलिब्रिटी उनीहरुलाई बधाइ दिइरहेका छन्। तर उनीहरुले यही महिना विवाह गर्ने खबर कति सत्य हो भन्नेबारे कुनै जवाफ मिलेको छैन।
केही समयअघि दुवैले एकसाथ एउटा म्युजिक भिडियोमा काम गरेका थिए। नेहा र रोहनप्रीतकी जोडी उनीहरुका फ्यानलाई मन परिरहेको छ।
नेहा यसअघि हिमांस कोहलीसँग प्रेममा थिइन्। उनीहरुले प्रेस सार्वजनिक गरेपनि पछि सम्बन्धमा दरार आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।