• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नयाँ उचाइमा डोमिनिक कलभर्ट लेविन

64x64
ऋग्वेद शर्मा आइतबार, असोज २५, २०७७  ११:२५
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा यो सिजन छाइरहेका खेलाडी हुन्, डोमिनिक कलभर्ट लेविन। इभर्टनका लेविनले प्रिमियर लिगमा चार खेलमा छ गोल गरिसकेका छन्। गोलको शीर्ष स्थानमा रहेका लेविनको शैली र मैदानमा देखिने विश्वास पनि गजवको देखिइरहेको छ। 

प्रिमियर लिगमा पहिलो खेलमा टोटनह्यामलाई १-० ले हराउँदा उनै लेविनले गोल गरेका थिए। दोस्रो खेलमा वेस्टब्रुमलाई ५-२ ले हराउँदा त उनले ह्याट्रिक नै गरे। तेस्रो खेलमा क्रिस्टल प्यालेसविरुद्ध २-१ ले जित्दा पनि उनले एक गोल गरे। चौथो खेलमा ब्राइटनलाई ४-२ ले हराउँदा पनि लेविन गोल गर्न चुकेनन्। यसैले उनले हरेक खेलमा गोल गरेका छन्। 

प्रिमियर लिगबाहेक इएफएल कपमा वेस्ट ह्यामविरुद्ध ४-१ ले जित्दा पनि लेविनले ह्याट्रिक गरेका थिए। यो सिजन लेविन मैदानमा उत्कृष्ट रुपमा बढिरहेका छन्। गोलको संख्याले त्यसलाई पुष्टि गरिरहँदा गोलबाहेक नै पनि उनको खेल तारिफयोग्य छ। बलमा बढ्ने उनको शैली राम्रो देखिन्छ। यसैले त इंग्ल्याण्ड टिममा ह्यारी केनको विकल्पका रुपमा उनको नाम आइरहेको छ। 

हुन त २३ वर्षका लेविन इभर्टनमा २०१६ मा नै आबद्ध भएका हुन्। तर उनी मैदानमा याद हुने गरी चिनिएका यहि सिजन मात्र हो। इभर्टनका लागि उनले १४० खेल खेलिसकेका छन्। जसमा ४१ गोल र ११ असिस्ट गरेका छन्। 

इभर्टनमा २०१६-१७ को सिजन ११ खेल खेलेका उनले एक गोल मात्र गरेका थिए। २०१७-१८ को सिजन ४४ खेल खेलेका उनले ८ गोल र ७ असिस्ट गरेका थिए। २०१८-१९ को सिजन ३८ खेलमा उनले ८ गोल र ३ असिस्ट गरेका थिए। गएको सिजन उनले ४१ खेलमा १५ गोल र एक असिस्ट गरे। 

पछिल्ला सिजनको तुलनामा उनको खेल यो सिजन विशेष देखिँदैछ। यसैले त २०१६ मा इभर्टनमा उनलाई भित्र्याएका डेभिड अन्सवर्थ अहिले खुसी छन्। त्यो समय लेविनलाई सेफिल्ड युनाइटेडबाट १.५ मिलियन पाउण्ड मात्र तिरेर इभर्टन लगिएको थियो। 

लेविन १५ वर्षकै हुँदा डेभिडको नजरमा परेका थिए। जतिबेला लेविन जिममा हुँदा भविष्यमा चल्न सक्ने खेलाडीका रुपमा डेभिडले अनुमान गरेका थिए। ‘उसले जिममा जसरी अभ्यास गरिरहेको थियो त्यो कुराले नै मेरो ध्यान खिचिहाल्यो। उसले काठको बक्सामा टेकेर जसरी उफ्रिरहेको थियो त्यो गजव थियो’ डेभिडलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

इभर्टन प्रशिक्षक कार्लो एन्सेलोटीको नजरमा लेविन अहिले सबै कुरामा पूर्ण स्ट्राइकर हुन्। २०१९ को डिसेम्बरमा इभर्टन प्रशिक्षकका रुपमा एन्सेलोटी आएपछि नै लेविनको फरक रुप मैदानमा देखिएको हो। लेविनबाट शतप्रतिशत खेल निकाल्न एन्सेलोटी सफल भइरहेका छन्। 

‘लेविनसँग युरोपमा एक उत्कृष्ट स्ट्राइकरका रुपमा चिनिन मिल्ने सबै गुण छ, शैली पनि राम्रो छ र उनी मैदानमा तीब्र छन्। एयर बलमा पनि उनको समझ राम्रो देखिन्छ। टिमका लागि खुब मेहनत गर्छन्। आजभन्दा भोलि राम्रो गर्न चाहने उनको बलियो मानसिकता पनि राम्रो देखिन्छ’ एन्सेलोटीले भनेका छन्। 

प्रायजसो खेलमा एन्सेलोटीले लेविनलाई ४-४-२ को फर्मेसनमा प्रयोग गरिरहेका छन्। जसमा लेविनसँगै अगाडि रहन्छन् रिचार्लिसन। त्यसबाहेक ४-३-३ को फर्मेसनमा प्रयोग गर्दा पनि लेविनले आफ्नो क्षेत्रमा राम्रो गरिरहेका छन्। टिममा गोलकिपर जोर्डन पिकफोर्डले दिने लामा पासहरुमा पनि लेविनको भूमिका विशेष छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०१४ मा सेफिल्ड युनाइटेडको सिनियर टिमबाट एक सिजन सेल्टिकमा र अर्को सिजन नर्थह्याम्पटन टाउनमा लोनमा पठाइएका लेविनले अहिले यो उचाइ देखाउलान् भन्ने विश्वास कमैलाई थियो। इभर्टनमा २०१६ मा गएपछि पहिलो सिजन प्रशिक्षक रोनाल्ड कोम्यानको समयमा उनले जम्मा ११ खेल खेल्न पाएका थिए। त्यसपछिका सिजन पनि मैदानमा उनको उपस्थिति कमजोर नै देखिइरह्यो। 

‘मलाई विश्वास थियो म यहाँ पुग्न सक्नेछु। कहिलेकाहिँ उमेर र अनुभवहरुले पनि असर गरिरहेको हुन्छ। मैले जहिले पनि धैर्यता बनाइराखेँ, जसको फल अहिले पाइरहेको छु’ ब्राइटनसँगको खेलपछि लेविनले भनेका थिए। 

‘प्रशिक्षक एन्सेलोटीको मप्रतिको विश्वास पनि सकारात्मक छ। पहिले गरिरहेका मेहनत पनि गोलमा देखिन सकेको थिएन, अहिले भने मेहनत अनुसार गोलमा बढ्न सकिरहेको छु। अहिले डिबक्स एरियामा बल पाउँदा गोलका लागि छिटो प्रयास गरिरहेको छु, त्यो एन्सेलोटीकै योजना हो। सहि समयमा सहि ठाउँमा हुनु महत्वपूर्ण हुन्छ’ उनले भनेका छन्। 

हुन त २०१७ मा इंग्ल्याण्डलाई यु २० फिफा विश्वकपको उपाधि जिताउँदा पनि लेविनको खुब तारिफ भएको हो। २०१८ मा उनले इंग्ल्याण्ड यु २१ प्लेयर अफ दि इयर अवार्डसमेत जितेका थिए। त्यो सबैभन्दा बढी प्रिमियर लिगमा अहिले उनले देखाउन सकेको खेल माथि देखिएको छ। 

इभर्टनकै पनि लामो समयदेखि चलिरहेको असफल यात्रामा यसपटक केही भिन्न देखिएको छ। कम्तिमा सुरुवात हेर्दा यो सिजन इभर्टन सफल हुृने नै देखिन्छ। जसमा नयाँ भित्र्याइएका खेलाडीहरु एलान र एब्डुलाए डुकोरे जस्ता सेन्टर मिडफिल्डर, बल अघि बढाउन उत्कृष्ट काम गरिरहेका ह्यामेस रोड्रिग्वेज र फेरिएका लेविनको भूमिका ठूलो छ। 

सेफिल्डमा हुर्किएका लेविनलाई कुनै समय सेफिल्ड युनाइटेड टिममा पुग्नु नै सपना थियो। जहाँ पुगे पनि। तर अहिले त्यही सपना सानो बनिरहेको छ। इभर्टनबाट मात्र होइन इंग्ल्याण्ड राष्ट्रिय टिमबाट समेत राम्ररी अघि बढ्ने उनको सपनाले ठाउँ पाउँदै गइरहेको पनि छ। बिहीबार राति वेल्सविरुद्ध भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डका लागि उनको गोल अगाडिको बाटो निर्माण नै हो।   

 

(यो सामग्री गार्जियन, बिबिसी र कोचेज भ्वाइसमा आधारित रहेर तयार पारिएको हो।) 
 

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । शनिबार, कात्तिक ७, २०८३
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्