• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

८ दिनभित्रै सकिएला नेकपाको बाँकी एकता प्रक्रिया?

सुवास नेम्बाङ भन्छन्–तोकिएको मितिमै एकताका बाँकी काम सम्पन्न हुन्छ
64x64
वीरेन्द्र ओली बिहीबार, असोज २२, २०७७  ०८:२४
1140x725

काठमाडौं–तत्कालीन एमाले र माओवादीबीच एकताको २ वर्ष ३ महिनापछि गत भदौ २६ गते असोज महिनाभित्रै एकताका बाँकी काम सम्पन्न गर्ने घोषणा गरियो। अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’द्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशनमा एकताका काम तत्काल सम्पन्न गरी आगामी चैत २५ गतेदेखि ३० गतेसम्म संयुक्त महाधिवेसनमा केन्द्रीत हुने भनियो।  

गत ६ असोजको सचिवालय बैठकले अध्यक्षद्वय ओली तथा प्रचण्डसहित महासचिव विष्णु पौडेलले १० दिनभित्र एकताको खाका तयार गर्ने निर्णय गर्‍यो। एकताको खाका ल्याउन दिइएको १० दिनको समय असोज १६ मा सकियो। तर, असोज सकिन ८ दिनमात्रै बाँकी हुँदा पनि बाँकी रहेको एकता प्रक्रिया टुंगो लाग्ने छाँट देखिएको छैन। 

पार्टीमा निर्णय गर्ने र कार्यान्वयनमा कसैको ध्यान नजाने भएपछि एकपछि अर्को समस्या बल्झिँदै गएको एक सचिवालय सदस्यले बताए। ‘पार्टीमा निर्णय गर्नलाई मात्र निर्णय हुन्छ त्यसपछि कार्यान्वयन गर्ने बेला कसलाई मतलब हुन्छ र?,’ ती सचिवालय सदस्यले भने, ‘अब पार्टी एकताका बाँकी काम असोजभित्रै सकिने सम्भावना टर्दै गएको छ।’ 

यस्तै प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले पनि एकताको बाँकी काम असोजभित्र नहुने लगभग निश्चितजस्तै भएको बताए। ‘पार्टी एकता तीन महिनाभित्रै सम्पन्न गर्ने भनियो, तर एकताले गति नै समाउन सकेन,’ ती  स्थायी कमिटी सदस्यले भने,‘अध्यक्ष ओली कमरेडले नचाहँदा एकपछि अर्को गर्दै ढिलाइ भईरहेको छ ।’ 

पार्टी एकतामा २ अध्यक्ष एक मत भए हप्ता दिनभित्रै सकिने उनले बताए। तर, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ भने एकताका बाँकी काम असोजभित्रै टुंंगोमा लाग्ने बताउँछन्। ‘पार्टी एकताका बाँकी कामलगायत अरु विषयमा दुई अध्यक्षले सघन रुपमा छलफल गरिरहनु भएको छ,’ नेम्वाङले भने, ‘तोकिएकै मितिमा पार्टी एकताका बाँकी काम सम्पन्न हुनेमा आशावादी छु ।’

Ncell 2
Ncell 2

तत्कालीन एमाले महासचिव मदन भण्डारीको स्मृति दिवस पारेर तत्कालीन एमाले र माओवादीले ३ जेठ ०७५ मा एकता घोषणा गरे। जेठ १६ गते अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले हस्ताक्षर गरेर अन्तर पार्टी निर्देशन जारी गरियो । सोही निर्देशनमा तीन महिनाभित्र एकताका बाँकी काम सम्पन्न गर्ने घोषणा गरिएको थियो। तर त्यो समय घर्किएको पनि २ वर्ष ३ महिना पुगिसकेको छ। एकताका बाँकी काम अझै पुरा हुन सकेका छैनन्। 

पार्टी त्योभन्दा अघि बढ्नै सकेको छैन। नेतृत्व तहमा हुने विवादका श्रृखलाले पार्टी एकताको काममा ढिलाइमात्रै नभई सरकारले समेत लय समाउन सकेन। अध्यक्ष ओली–प्रचण्डले तीन महिनामै एकता प्रक्रिया टुगो लगाउने घोषणा गरेको १ वर्ष पाँच महिनामा १३ भदौ ०७६ मा फेरि अन्तरपार्टी निर्देशन जारी गरियो। अध्यक्ष ओली–प्रचण्डले हस्ताक्षर गरेको निर्देशनमा राष्ट्रिय राजनीतिले श्रृजना गरेका नयाँ–नयाँ जिम्मेवारी पुरा गर्नुपर्ने र सहमतिका साथ एकताका काम सम्पन्न गर्नुपर्ने भएकाले तीन महिनाभित्र पुरा गर्न नसकेको आत्मालोचनामात्रै गरियो। 

उक्त अन्तरपार्टी निर्देशनमा एकताका विषयमा कुनै सीमा निर्धारण नगरी २२ जनर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेर एकता प्रक्रिया छिटो पुरा गर्न निर्देशन दिईयो। यस्तै केन्द्रीय सदस्यको कार्यविभाजन गर्दै प्रदेशका इन्चार्ज, सहइन्चार्ज,अध्यक्ष र सचिवको जिम्मेवारी भागबण्डा गरियो। पार्टी केन्द्रका ३३ विभाग गठनगरी प्रमुख र उपप्रमुखको चयन, जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गरियो।

यस्तै जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकियो । एकता गर्ने क्रममा योग्यता, क्षमता, सक्रियता र योग्दानलाई मुख्य मापदण्ड बनाएर एकता प्रक्रिया तत्काल सम्पन्न गर्ने अन्तरपार्टी दिर्नेशनमा उल्लेख गरियो । तर, अहिलेसम्म कुनै कमिटीले पूर्णता पाउन सकेका छैनन्।  

यी हुन् एकताका बाँकी काम 
पार्टीमा आहिलेसम्म सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी गरी तीन कमिटीमात्रै छ। पार्टी पोलिटब्यूरो गठन गर्ने भनिए पनि अझै  हुन सकेको छैन। पार्टी केन्द्रका ३३ विभाग प्रमुख र उपप्रमुखको जिम्मेवारी तोकिएपछि बाँकी रहने सदस्यको टुंगो लाग्न सकेको छैन।

नेकपाका २२ जनवर्गीय संगठनका अधिकांशको एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन। जनवर्गीय संगठनको समेत केन्द्र, प्रदेश र जिल्लामा टुंगो लागे पनि स्थानीयस्तरसम्म अझै एकता हुन सकेको छैन। पार्टीका केन्द्रीय आयोग अझै गठन हुन सकेका छैनन्। अहिलेसम्म केन्द्रीय निर्वाचन आयोग, लेखा तथा वित्तिय आयोग, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्युनिस्ट मञ्चले पूर्णता पाउन सकेका छैनन्। यस्तै प्रदेश सम्पर्क कमिटी तथा स्थानीयतहका कमिटीले पूर्णता पाउन बाँकी छ। पार्टीको एकीकृत क्रियाशील सदस्यता नवीकरण अझै हुन सकेको छैन।  

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  ०८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत विचार(विमर्श हुने र केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ। बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ। बिहीबार, माघ १५, २०८२
काँग्रेसले मात्रै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको विश्वप्रकाश शर्माको दाबी रामेछापमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् । बिहीबार, माघ १५, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्