• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

८ दिनभित्रै सकिएला नेकपाको बाँकी एकता प्रक्रिया?

सुवास नेम्बाङ भन्छन्–तोकिएको मितिमै एकताका बाँकी काम सम्पन्न हुन्छ
64x64
वीरेन्द्र ओली बिहीबार, असोज २२, २०७७  ०८:२४
1140x725

काठमाडौं–तत्कालीन एमाले र माओवादीबीच एकताको २ वर्ष ३ महिनापछि गत भदौ २६ गते असोज महिनाभित्रै एकताका बाँकी काम सम्पन्न गर्ने घोषणा गरियो। अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’द्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशनमा एकताका काम तत्काल सम्पन्न गरी आगामी चैत २५ गतेदेखि ३० गतेसम्म संयुक्त महाधिवेसनमा केन्द्रीत हुने भनियो।  

गत ६ असोजको सचिवालय बैठकले अध्यक्षद्वय ओली तथा प्रचण्डसहित महासचिव विष्णु पौडेलले १० दिनभित्र एकताको खाका तयार गर्ने निर्णय गर्‍यो। एकताको खाका ल्याउन दिइएको १० दिनको समय असोज १६ मा सकियो। तर, असोज सकिन ८ दिनमात्रै बाँकी हुँदा पनि बाँकी रहेको एकता प्रक्रिया टुंगो लाग्ने छाँट देखिएको छैन। 

पार्टीमा निर्णय गर्ने र कार्यान्वयनमा कसैको ध्यान नजाने भएपछि एकपछि अर्को समस्या बल्झिँदै गएको एक सचिवालय सदस्यले बताए। ‘पार्टीमा निर्णय गर्नलाई मात्र निर्णय हुन्छ त्यसपछि कार्यान्वयन गर्ने बेला कसलाई मतलब हुन्छ र?,’ ती सचिवालय सदस्यले भने, ‘अब पार्टी एकताका बाँकी काम असोजभित्रै सकिने सम्भावना टर्दै गएको छ।’ 

यस्तै प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले पनि एकताको बाँकी काम असोजभित्र नहुने लगभग निश्चितजस्तै भएको बताए। ‘पार्टी एकता तीन महिनाभित्रै सम्पन्न गर्ने भनियो, तर एकताले गति नै समाउन सकेन,’ ती  स्थायी कमिटी सदस्यले भने,‘अध्यक्ष ओली कमरेडले नचाहँदा एकपछि अर्को गर्दै ढिलाइ भईरहेको छ ।’ 

पार्टी एकतामा २ अध्यक्ष एक मत भए हप्ता दिनभित्रै सकिने उनले बताए। तर, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ भने एकताका बाँकी काम असोजभित्रै टुंंगोमा लाग्ने बताउँछन्। ‘पार्टी एकताका बाँकी कामलगायत अरु विषयमा दुई अध्यक्षले सघन रुपमा छलफल गरिरहनु भएको छ,’ नेम्वाङले भने, ‘तोकिएकै मितिमा पार्टी एकताका बाँकी काम सम्पन्न हुनेमा आशावादी छु ।’

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन एमाले महासचिव मदन भण्डारीको स्मृति दिवस पारेर तत्कालीन एमाले र माओवादीले ३ जेठ ०७५ मा एकता घोषणा गरे। जेठ १६ गते अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले हस्ताक्षर गरेर अन्तर पार्टी निर्देशन जारी गरियो । सोही निर्देशनमा तीन महिनाभित्र एकताका बाँकी काम सम्पन्न गर्ने घोषणा गरिएको थियो। तर त्यो समय घर्किएको पनि २ वर्ष ३ महिना पुगिसकेको छ। एकताका बाँकी काम अझै पुरा हुन सकेका छैनन्। 

पार्टी त्योभन्दा अघि बढ्नै सकेको छैन। नेतृत्व तहमा हुने विवादका श्रृखलाले पार्टी एकताको काममा ढिलाइमात्रै नभई सरकारले समेत लय समाउन सकेन। अध्यक्ष ओली–प्रचण्डले तीन महिनामै एकता प्रक्रिया टुगो लगाउने घोषणा गरेको १ वर्ष पाँच महिनामा १३ भदौ ०७६ मा फेरि अन्तरपार्टी निर्देशन जारी गरियो। अध्यक्ष ओली–प्रचण्डले हस्ताक्षर गरेको निर्देशनमा राष्ट्रिय राजनीतिले श्रृजना गरेका नयाँ–नयाँ जिम्मेवारी पुरा गर्नुपर्ने र सहमतिका साथ एकताका काम सम्पन्न गर्नुपर्ने भएकाले तीन महिनाभित्र पुरा गर्न नसकेको आत्मालोचनामात्रै गरियो। 

उक्त अन्तरपार्टी निर्देशनमा एकताका विषयमा कुनै सीमा निर्धारण नगरी २२ जनर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेर एकता प्रक्रिया छिटो पुरा गर्न निर्देशन दिईयो। यस्तै केन्द्रीय सदस्यको कार्यविभाजन गर्दै प्रदेशका इन्चार्ज, सहइन्चार्ज,अध्यक्ष र सचिवको जिम्मेवारी भागबण्डा गरियो। पार्टी केन्द्रका ३३ विभाग गठनगरी प्रमुख र उपप्रमुखको चयन, जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गरियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस्तै जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकियो । एकता गर्ने क्रममा योग्यता, क्षमता, सक्रियता र योग्दानलाई मुख्य मापदण्ड बनाएर एकता प्रक्रिया तत्काल सम्पन्न गर्ने अन्तरपार्टी दिर्नेशनमा उल्लेख गरियो । तर, अहिलेसम्म कुनै कमिटीले पूर्णता पाउन सकेका छैनन्।  

यी हुन् एकताका बाँकी काम 
पार्टीमा आहिलेसम्म सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी गरी तीन कमिटीमात्रै छ। पार्टी पोलिटब्यूरो गठन गर्ने भनिए पनि अझै  हुन सकेको छैन। पार्टी केन्द्रका ३३ विभाग प्रमुख र उपप्रमुखको जिम्मेवारी तोकिएपछि बाँकी रहने सदस्यको टुंगो लाग्न सकेको छैन।

नेकपाका २२ जनवर्गीय संगठनका अधिकांशको एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन। जनवर्गीय संगठनको समेत केन्द्र, प्रदेश र जिल्लामा टुंगो लागे पनि स्थानीयस्तरसम्म अझै एकता हुन सकेको छैन। पार्टीका केन्द्रीय आयोग अझै गठन हुन सकेका छैनन्। अहिलेसम्म केन्द्रीय निर्वाचन आयोग, लेखा तथा वित्तिय आयोग, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्युनिस्ट मञ्चले पूर्णता पाउन सकेका छैनन्। यस्तै प्रदेश सम्पर्क कमिटी तथा स्थानीयतहका कमिटीले पूर्णता पाउन बाँकी छ। पार्टीको एकीकृत क्रियाशील सदस्यता नवीकरण अझै हुन सकेको छैन।  

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  ०८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् । आचार्यले २ हजार ६४८ मत... शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह पूर्वराजा ज्ञानेन्द्र शाहले विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पीडित नागरिकको पुनःस्थापनाका लागि बाह्य सहयोग लिँदा सचेत रह... शुक्रबार, असोज ३०, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्