नयाँ दिल्ली- भारतीय अभिनेत्री काजल अग्रवालको विवाह अक्टोबरमा हुने भएको छ। मंगलबार उनले इन्टाग्राममा पोस्ट गर्दै गौतम कित्च्लुसँग विवाह गर्न लागेको बताएकी छन्। कित्च्लु पेशाले इन्टरनेट व्यवसायी हुन्।
विवाह अक्टोबर ३० तारिकमा मुम्बईमा हुने उनले बताएकी छन्। नजिकका इष्टमित्रमात्र बोलाएर विवाह सम्पन्न गर्ने उनले उल्लेख गरेकी छन्। विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने उनले बताएकी छन्।
♾??
A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on
उनले सन् २००४ मा क्यूँ हो गया ना फिल्मबाट आफ्नो फिल्मी करियर सुरू गरेकी थिइन् भने पछि मागधिरा‚ सिंगम, मुम्बई सागा, खेलाडी नम्बर १५०, जिल्ला, पेरिस पेरिस, टेम्परलगायतका बहुचर्चित सिनेमामा अभिनय गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।