• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ५ मा देखिएको बाहुबल र बहुबल

64x64
डिबी खड्का सोमबार, असोज १९, २०७७  १८:४२
1140x725

काठमाडौँ- बालुवाटार र सानेपामा कोरोना भाइरसको संक्रमण देखिएपछि संघीय राजनीति सेलाएको छ। यही बेला प्रदेश ५ को नामाकरण र राजधानी तोक्ने प्रक्रिया अघि बढेका कारण राजनीति नै अन्य विषयको छायाँमा भने परेको छैन। सम्बन्धित प्रदेशमै रहनेहरू बाहेकको नजरमा नपर्ने प्रदेशसभा सोमबार भने देशदुनियाँकै दृष्टिमा पर्‍यो। 

प्रदेश ५ को स्थायी राजधानी बनाउने विषय अन्य प्रदेशको जस्तो सरल प्रक्रियाबाट अघि बढेन। अस्थायी राजधानी रहेको स्थानकाहरुले स्थायी भइदेओस् भन्ने चाहना राख्नु स्वभाविक हो। त्यसैले जनस्तरमा यसको विरोध अपेक्षित थियो। तर, राजनीतिक तहमा समेत यसको स्वीकार्यता कमजोर देखियो। प्रतिपक्ष दलले राजधानी तोक्ने क्रममा आफ्नो सहभागिता खोज्नु स्वभाविक हो। तर, सत्तापक्षकै सांसदहरुलाई समेत एक्कासी भएको निर्णय पचाउन मुस्किल पर्‍यो। क्षेत्रीय प्रेमका कारण यसको विरोधमा उत्रिए। 

प्रदेश ५ मा राजधानी र नामाकरणलाई लिएर यो तहको चर्काचर्की देखिनुका अनेक कारण छन्। त्यसको सबैभन्दा ठूलो कारण चुनावका क्रममा नेताहरूले दिएको आश्वासन हो। आफ्नो ठाउँ राजधानी हुन्छ कि हुँदैन भनेर सन्देह रहेको समयमा रुपन्देहीबाट निर्वाचन लड्ने नेताहरुले त्यहीँ राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरे भने दाङका नेताहरुले दाङ नै। 

दुवै क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताहरू कमजोर छैनन्। नेकपाकै शीर्ष तहका नेताहरूको कुरा गर्ने हो भने रुपन्देहीबाट प्रतिनिधित्व गर्ने विष्णु पौडेल पार्टी महासचिव नै छन् भने दाङबाट प्रतिनिधित्व गर्ने शंकर पोखरेल मुख्यमन्त्री त भइहाले, प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थमध्येका एक पनि। यसपल्ट पोखरेलको पल्लाभारी भयो। त्यसैले नेकपाका अध्यक्षद्वयलाई नै मनाएर उनले प्रदेश राजधानी दाङ बनाउने निर्णय लिएर प्रदेश पुगे। 

रुपन्देही र त्यो आसपासबाट प्रतिनिधित्व गर्ने नेकपाकै नेताहरू बेखुश छन्। त्यो बेखुशी दुई दिन दर्शाउन पनि पाए। तर, सोमबारदेखि पार्टीको ह्विप लागेको छ। उनीहरुले ‘मुटुमाथि ढुंगा राखेर’ पक्षमा मतदान गर्नैपर्नेछ।

बहुबल भर्सेस बाहुबल
नेकपासँग बहुमत छ। यसैको बलमा आफूले चाहेको ठाउँमा राजधानी बनाउने निर्णय गर्न सक्छ। त्यसकारण केन्द्रबाट गरिएको निर्णय प्रदेशमा लगेर पारित गर्ने आँट पनि गरे मुख्यमन्त्री पोखरेलले। झन्डै–झन्डै पार्टीको भन्दा पनि क्षेत्रीय  मुद्दा बनिसकेको थियो यो। तर क्षेत्रीय मुद्दा बन्ने जोखिम तत्काललाई टरेको छ र फेरि पनि पार्टीको मुद्दा बनेको छ।

प्रमुख प्रतिपक्ष दलमासमेत देखिसकेको क्षेत्रीयता फेरि पार्टीगत अन्तरविरोधमै पुगेको छ। दाङ राजधानी बनाउने विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको स्पष्ट विरोध छ। राजधानी रुपन्देही भन्ने शब्दको स्पष्ट उच्चारण गर्न कांग्रेसलाई पनि मुस्किल छ। किनकि यसले राजनीतिक रुपमा हानी गर्नेछ। त्यसैले असन्तुष्ट आवाजसँग आवाज मिलाउँदै प्रक्रिया गलत भएकाले विरोधमा उत्रिएको बताइरहेको छ। 

यो पनि पढ्नुहोस्

यी हुन् प्रदेशसभा तोडफोडमा उत्रिएका कांग्रेसका ३ सांसदसोमबार, असोज १९, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडियाले प्रदेशसभामै ठाउँको भन्दा पनि प्रक्रियामा आफ्नो विरोध रहेको बताए। प्रस्ताव ल्याउँदा राजनीतिक सहमति खोज्नुपर्ने कांग्रेसको बुझाइ थियो। यसो गर्दा दाङ र त्यो आसपासका क्षेत्रमा कुनै पार्टीले हामीले राजधानी ल्याएको भनेर भोट माग्न पाउँदैनथे भन्ने बुझाइ होला कांग्रेसको। स्थायी राजधानी जस्तो दूरगामी असर राख्ने विषयमा छलफल हुनुपर्ने थियो भन्ने सकारात्मक चाहना पनि हुन सक्छ। कनौडिया भन्छन्, ‘प्रदेशको राजधानी र नामको टुंगो लाग्ने दिन खुशीको दिन हुनुपर्ने। यस्तो ऐतिहासिक निर्णयको दिन बाहिर निषेधाज्ञा छ। तानाशाही शैलीमा पास गराउन खोजिएको छ। के यो लोकतान्त्रिक मूल्य मान्यता हो?’

Ncell 2
Ncell 2
nimb
nimb

नेकपाले एकलौटी रूपमा प्रस्ताव ल्याएको विषयमा लोकतान्त्रिक मूल्य मान्यता खोज्ने कांग्रेस आफैंले सभामा लोकतान्त्रिक चरित्र देखाउन सकेन। नेकपाले ‘बहुबल’का आधारमा अघि बढ्दा उसले ‘बाहुबल’ प्रयोग गर्‍यो। संसदीय इतिहासमा एउटा नमेटिने कलंक धारण गर्‍यो। संसदीय अवस्थामा उठेर मौन रहनुको पनि ठूलो अर्थ हुन्छ। टेबल ठटाउनुमा पनि बहुअर्थ भेटिन्छ। तर, कांग्रेसले टेबल ठटाउने होइन, टेबल फुटाउने नीति अख्तियार गरेर संसदीय सभ्यतामाथि प्रहार गर्‍यो। 

यो पनि पढ्नुहोस्

सभामुखले प्रक्रिया अघि बढाउँदा कांग्रेसले 'रणमैदान' बनायो प्रदेशसभासोमबार, असोज १९, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरिरहेको थियो। त्यो नै प्रशस्त थियो। वर्तमान अवस्थामा त्यसको अर्थ नभएपनि इतिहासमा त्यसको ठूलो अर्थ हुन्छ। तर, कांग्रेसका सांसदहरूले कुर्सी र टेबुल तोडफोड गरेर अनर्थ बनाए। 

हँसमुख पूर्ण, कुल रहेनन् कुलप्रसाद
प्रदेशसभाका दुई पात्र लामो समय सम्झनामा रहनेछन् तर दुवै विपरीत स्वभावका कारण। सभाको सुरुवातबाटै प्रतिपक्ष दलका सांसदहरू आक्रोशित थिए। नाराबाजी र तोडफोडमा उत्रिएका थिए। सभामुख पूर्ण घर्तीलाई सभा सञ्चालन गर्न मुस्किल परिरहेको थियो। तर, उनमा त्यो तनावपूर्ण वातावरणको कुनै असर देखिएन। उनलाई स्वभाविक रुपमा लिइरहेका छन्। त्यस्तो परिस्थितिमा पनि मुस्कुराउँदै ठट्टा गर्दै सभा सञ्चालन गरिरहे। जसको धेरै तर्फबाट तारिफ भइरहेको छ। ओहोदामा पुगेपछि दर्शाउनुपर्ने सभ्यता र हुनुपर्ने स्वभावका रुपमा उनको त्यो शैलीलाई लिइएको छ।

त्यही सभामा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई पनि धेरैले चिन्ने मौका पाए। तर, उनी नामअनुसार 'कुल' रहन सकेनन्। उनी अस्वभाविक रूपमा आक्रोशित देखिए र उनको पदअनुसार अपेक्षा गर्न नसकिने स्वभावमा प्रकट भए। प्रतिपक्षको विरोध स्वभाविक थियो। उनीहरुलाई मर्यादामा राख्न मर्यादापालक सक्रिय छँदै थिए। रोस्ट्रममा पुगेका मन्त्री केसीको मुखबाट अकास्मात् निस्कियो, ‘हलो, हलो यिनीहरुलाई घिचारेर बाहिर निकाल्नुहोस् न।’

यो पनि पढ्नुहोस्

प्रदेश-५ : प्रमुख प्रतिपक्ष कांग्रेसलाई केसीले भने- इतिहासको भद्दा मजाक नगर्नुस् [भिडियोसहित]सोमबार, असोज १९, २०७७

मुख्यमन्त्री पोखरेलमाथि कटाक्ष
नेकपाका प्रभावशाली नेता शंकर पोखरेल उक्त प्रदेशको मुख्यमन्त्री छन्। तर, उनको प्रभाव राष्ट्रिय राजनीतिमा छ। उनले बौद्धिक र समन्वयकारी नेताको छवि समेत बनाएका छन्। आफ्नो पार्टीका शीर्ष नेताहरुमा आएको विग्रहलाई जोड्न उनको समेत भूमिका छ। तर, प्रदेशको नाम र राजधानी राख्ने सवालमा उनले आफ्नो यो छवि कायम राख्न सकेनन्। 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडियाको कटाक्ष बेहोरे उनले। कनौडियाले पोखरेललाई प्रदेशको नाम र राजधानीका विषयमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बुइँ चढेको आरोप लगाए। प्रदेशकै नेताहरुको स्वविवेक र स्वामित्वमा पूरा हुने काममा एक पार्टीका अध्यक्षद्वयको बुइँ र बैसाखी टेकेर निर्णय गरिएको भन्दै उनको क्षमतामाथि प्रश्न उठाए।

प्रमुख प्रतिपक्ष दलका नेता कनौडियाले सभामा बोल्दै प्रदेश र प्रदेशका मुख्यमन्त्री पोखरेल आफैंले समाधान गर्नुपर्ने विषयमा राष्ट्रिय नेताहरुको आडमा एकलौटी निर्णय भएको बताए। उनले भने, ‘मुख्यमन्त्री पोखरेल आफैं राष्ट्रिय रुपमा नेतृत्व गर्ने व्यक्ति हुनुहुन्छ। समस्या आए समाधान खोज्न सक्ने व्यक्तित्व हुनुहुन्छ। तर, उहाँले नेकपा अध्यक्षद्व केपी शर्मा ओली र प्रचण्डको बुइँ चढेर यस्तो निर्णय गर्नुभयो।’ 

यो पनि पढ्नुहोस्

प्रदेश ५ का मुख्यमन्त्रीमाथि कांग्रेसको आरोप : केपी–प्रचण्डको बुई चढेर गैरसंवैधानिक तवरबाट प्रस्ताव ल्याइयोसोमबार, असोज १९, २०७७

प्रदेश ५ को सभामा पनि तनाव छ, सडकमा पनि तनाव नै छ। त्यो तनाव शान्त पारेर मात्रै प्रदेश राजधानी र नाम पारित गर्ने मुडमा नेकपा देखिदैन। सोमबारको सभामा भएका प्रस्तुतिले पनि बहुमत भएको नेकपा त्यसैका बलमा पेलेरै अघि बढ्न खोजेको देखिन्छ। नेकपा आफैंसँग दुई तिहाइ सांसद भएकाले अन्य दलसँग सहमति खोजिरहनुपर्ने अवस्था पनि छैन। यसैमाथि राजधानीको विषयमा जनता समाजवादी पार्टीले पनि समर्थन जनाइसकेको छ। 

लोकतन्त्रमा बहुबलको अर्थ हुन्छ, त्यसैले राजधानी दाङ र नाम लुम्बिनी नै हुने निश्चित छ। बाहुबलचाहिँ लोकतन्त्रको शत्रु हो, कांग्रेसले विरोधको रचनात्मक शैली अख्तियार गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्