• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ठगी र साइबर अपराधका कुख्यात अभियुक्त रोकायका सहयोगी नै पूर्वप्रहरी

प्रहरीदेखि कर्मचारी र नेतासम्मलाई यसरी दिन्थे हैरानी
64x64
नारायण अधिकारी सोमबार, असोज १९, २०७७  १७:३५
1140x725

काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतको दार्जिलिङबाट कुख्यात ठग तथा साइबर अपराधका अभियुक्त पसल रोकायलाई पक्राउ गरी काठमाडौं ल्यायो। शनिबार दार्जिलिङबाट महानगरीयको विशेष टोलीले पक्राउ गरी रोकायलाई आइतबार झापाबाट प्लेनमार्फत् काठमाडौं ल्याएको हो। 

जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का रोकायलाई पक्राउ गर्न विगत केही महिनादेखि प्रहरीको विशेष टोली नै परिचालन गरिएको थियो। लामो समयको रेकी र टेक्निकल अनुुसन्धानबाट उनी दार्जिलिङमा रहेको निष्कर्ष निकालेर पक्राउ गर्न गएको टोलीलाई पक्राउ गरी काठमाडौँ ल्याउने काममा सफलता मिलेको हो। 

रोकायले विभिन्न उच्च पदस्थहरूको नाममा फेक फेसबुक आइडी बनाउने र आफूले कुराकानी गर्ने गरेका थिए। उक्त च्याटका कुराहरु अन्य व्यक्तिलाई देखाएर प्रलोभनमा पारेर ठगी गर्ने उनको शैली थियो। आफूलाई रिस उठेका मान्छेविरुद्ध सामाजिक सन्जालमा बेइज्जत गर्ने, जागिरको प्रलोभन देखाएर ठगी गर्ने, छात्रवृत्तिमा नाम निकालिदिने भनेर ठगी गर्ने, प्रहरीमा जागिर लगाइदिन्छु भनेर ठग्ने, फेक भिडियो/अडियो बनाएर बेइज्जत गर्ने जस्ता काम रोकायले गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।  

कर्णाली आवाज डटकम, कर्णाली एचडी फेसबुक पेज तथा युट्युब च्यानलमार्फत अफवाहपूर्ण भिडियो प्रसारण गर्ने र बेइज्जत गर्ने उनको धन्दा नै थियो। खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा कम्पनी दर्ता गरी उनले ठेक्कापट्टाको काम पनि गर्ने गरेका थिए। 

शुभलक्ष्मी अस्पतालको अध्यक्ष बताउने रोकायले संविधान नाम गरेको कलेज पनि दर्ता गराएका छन्। जहाँ नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाई गराउने भनिएको छ।

पूर्वप्रहरी नै रोकायका सहयोगी
पक्राउ परेका रोकायका सहयोगी प्रहरीका पूर्वहवल्दार रहेको पाइएको छ। प्रहरीको सर्वाधिक खोजी सूचीमा रोकाय परेको सूचना पूर्वहवल्दार रमन बुढाले पाइसकेका थिए। बुढामार्फत् उक्त जानकारी पाएपछि रोकाय नेपालबाट दार्जिलिङ पुगिसकेका थिए।

त्यसपछि भने उनी नेपालमै रहेको जानकारी दिन पोखराबाट काठमाडौं जाने प्लेनको टिकट नै काटेर फेसबुकमा समेत पोस्ट गरेका थिए। यो भने प्रहरीलाई भ्रममा पार्न उनले गरेका थिए। तर उनी दार्जिलिङकै एक गाउँमा थिए। 

आफू काठमाडौं भ्यालीमै रहेको भनेर अर्को भ्रम छर्न उनले सानोठिमीको सडकबाट भन्दै फेसबुक लाइभ गरेका थिए। यो पनि प्रहरीका लागि भ्रम छर्न उनले गरेको अर्को कृत्य थियो। यो सबै भ्रम छरिसके पनि रोकाय भने दार्जिलिङ पुगेको टेक्निकल पाटोमा अनुसन्धान गरिरहेका प्रहरीले सूचना पाइसकेको थियो। उनी दार्जिलिङमा नै रहेको अनुसन्धानमा देखिएपछि परिसरको एक टोली उनलाई पक्राउ गर्न दार्जिलिङ पुगेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

कर्णाली आवाज डटकम, कर्णाली एचडी फेसबुक पेज तथा युट्युब च्यानलमार्फत अफवाहपूर्ण भिडियो प्रसारण गर्ने र बेइज्जत गर्ने उनको धन्दा नै थियो। 

तर प्रहरीका पूर्वहवल्दार बुढाले रोकायको म्यासेन्जरमा एक प्रहरीको फोटा पठाउँदै लेखे, ‘तँलाई खोज्ने यो मान्छे आइरहेको छ। सुरक्षित बस।’ सम्पूर्ण लोकेसन ट्रयाक गरेपछि दार्जेलिङ पुगेको प्रहरीले अन्ततः उनलाई पक्राउ गर्‍यो।

नेपाल-भारत सीमा दार्जिलिङको एक गाउँमा नेपाल टेलिकमकै सीमले काम गर्दथ्यो। उनी त्यही बसेर नेपाल टेलिकमको सीममार्फत् सामाजिक सञ्जाल चलाउँदै आएका थिए। नेपाल टेलिकमको सीमबाट सामाजिक सञ्जाल चलाएपछि आफू नेपालमै रहेको भनेर भ्रम छरेर भारतमा सुरक्षित हुने रोकायको योजना अन्ततः असफल भयो।

मन्त्रीका श्रीमतीलाई विवादमा मुस्ने र प्रहरीलाई नै ठग्ने धन्दा
रोकायले पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईकी पत्नीसम्मलाई विवादमा ल्याउने काम गरेको पाइएको छ। नर्सिङ काउन्सिलमा कार्यरत जिता बराल र मन्त्री भट्टराईकी पत्नी नर्सिङ काउन्सिलकी रजिस्टार बिन्दा घिमिरेलाई समेत विवादमा ल्याउने काम गरेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रोकायले सामाजिक सञ्जालको दुरुपयोग गरी रजिष्टार घिमिरेसहित अन्य पदाधिकारी तथा अन्य व्यक्तिहरुको नाम र फोटो प्रयोग गरी सामाजिक सञ्जालमा नक्कली आईडी खालेका थिए। त्यसपछि 'जागिर लगाइदिन्छु', 'लोकसेवा परीक्षा पास गराइदिन्छु', 'नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु' भनी रकमको बार्गेनिङ गरेको जस्तो देखिने दुवै तर्फको च्याट आफैंले गर्ने गरेका थिए। त्यसपछि ती च्याटको स्क्रिन सर्ट गरी आफैले सञ्चालन गरेको कर्णालीआवाज डटकम नामको न्युज पोर्टल र कर्णाली एचडी नामको युट्युब च्यानलबाट प्रसारणसमेत गर्ने गरेका थिए। 

यो पनि पढ्नुहोस्

आइटीमा डिग्री गरेका कुख्यात साइबर अभियुक्त पक्राउ, काठमाडौं ल्याइँदैआइतबार, असोज १८, २०७७

त्यस्तै उनले सर्वसाधारणदेखि प्रहरीसम्मलाई ठगी गर्ने गरेको पाइएको छ। एक युवतीलाई सटाफ नर्समा नाम निकालिदिन्छु भनेर १ लाख ५० हजार रुपैयाँ ठगीमा उनी संलग्न भएको प्रहरीको अनुसन्धानले देखाएको छ। पछि काम नभएपछि उल्टै सामाजिक सञ्जालबाट गाली बेइज्जती गरेको पाइएको छ।

मुगुका अर्का एक युवालाई भने एचए कोर्स अध्ययन गर्न छात्रवृत्ति मिलाइदिन्छु भनेर २ लाख ठगी गरेका थिए। अर्का एक जनालाई राष्ट्रिय अनुसन्धान विभागको सहायक अनुसन्धान अधिकृतमा नाम निकालिदिन्छु भनेर ४ लाख ठगी गरेका थिए।

उता बमबहादुर रोकाय भन्ने युवकलाई नेपाल प्रहरीको जागिर लगाइदिने भने २ लाख ठगी गरेका थिए। मलाय बुढाले स्टाफ नर्सको छात्रवृत्तिमा नाम निकालेपछि आफूले निकालेको भन्दै २ लाख माग गरेका थिए। पछि नदिए नाम हटाउनेसम्मको धम्की दिने गरेको पाइएको छ। 

रोकायले नै दीपक चौधरीको एचएमा नाम निकालिदन्छु भनेर ५० हजार रुपैयाँ लिएका थिए। पछि आफू ठगीमा परेको जानकारी पाएपछि चौधरीले भौचरसहित प्रहरीकहाँ उजुरी समेत गरेका थिए।

धरान र झापाका दुई महिलालाई समेत विश्वासमा पारेर 'फार्मेसी कोर्समा नाम निकालिदिन्छु' भनेर रोकायले २ लाख ५० हजार ठगी गरेको पाइएको छ।

रोकायको ठगी निशानामा प्रहरी जवानसम्म परेका छन्। रोकायले ट्राफिक प्रहरी जवान खिमराज केसीलाई आफू कर्णाली प्रदेशको मुख्यमन्त्रीको स्वकीय सचिव भएको भन्दै प्रलोभन देखाएर ठगी गर्न खोजेका थिए। पछि कुरा नमिलेपछि ज्यान मार्ने धम्की समेत दिएपछि उनीविरुद्ध केसीले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी समेत दिएका थिए। 

त्यस्तै, रोकायले 'पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पिए हुँ' भन्दै ठगी धन्दा समेत गरेको पाइएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीदेखि जुम्लाकै सांसद पदम रोकायसम्मको पिए भएको र विभिन्न ठाउँमा जागिर लगाइदिनेदेखि विभिन्न कामहरु सल्टाइदिने भन्दै ठगी गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

कुरा नमिलेपछि नेतालाई भ्रष्ट भन्दै बनाउथे भिडियो
रोकायाले विभिन्न नेताहरुलाई भ्रष्ट रहेको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने गर्थे। उनले पूर्वसांसद देवीलाल थापालाई भ्रष्टाचारी भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। 

प्रदेश सांसद पदम रोकायलाई त भ्रष्टाचारी र सुन व्यापारी मारेको र बालात्कारी भन्दै भिडियो बनाएर सञ्जालमा हालेर चरित्र हत्या गरेका थिए। उनै रोकायको नाममा नक्कली फेसबुक बनाएर जागिर लगाइदिनेसम्म प्रलोभन देखाएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पूर्व जिविस सभापति नेकपाका नेता तीर्थ बुढाले २० हजार रुपैयाँ घुस मागेको भन्दै भ्रष्टाचारी भन्दै भिडियो बनाएर सञ्जालमा हालेर चरित्र हत्या गरेको समेत उनीमाथि आरोप लागेको छ। 

रोकायले 'पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पिए हुँ' भन्दै ठगी धन्दा समेत गरेको पाइएको छ।

नेकपाका जुम्ला अध्यक्ष सुरेश पहाडी जुवाको खालबाट पक्राउ परेको उनी खुंखार जुवाडे भएको भन्दै हुँदैनभएका विषयको भिडियो बनाएर रोकायले सञ्जालमा पोस्ट गरेका थिए। आफ्नै वडाका वडाध्यक्ष वनजित रोकायलाई बलात्कारी र भ्रष्टाचारी भएको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमा बेइज्जती गरेका थिए।

त्यस्तै कांग्रेस नेता लालबहादुर जिसी, बलबहादुर रोकायलगाउत समेत चरित्र हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको छ। जनक रोकायलाई त ज्यान मार्ने धम्कीसमेत रोकायले दिएका थिए।

परिसर काठमाडौंमा मात्रै ७ मुद्दा दर्ता
रोकायविरुद्ध महानगरीय प्रहरी परिसर कामठाडौंमा मात्रै ७ वटा मुद्दा दर्ता भएको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। साइबर र ठगीका सात वटा मुद्दा उनीविरुद्ध परिसर काठमाडौंमा दर्ता भएका छन्।

उनीविरुद्ध दीपक रोकायले एचएमा पास गराइदिन्छु भनेर रकम लिएर ठगी गरेको र पछि उल्टै सामाजिक सञ्जालबाट बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गराएका छन्।

त्यस्तै सीता केसीले रोकायविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गराएकी छिन्। नेमबहादुर केसीले भने रोकायविरुद्ध ४ लाख रुपैयाँ ठगी गरेको र साइबरसम्बन्धी अपराध गरेको भन्दै मुद्दा दताएका छन्।

अधिकृतमा जागिर लगाइदिन्छु भनेर २ लाख रुपैयाँ ठगी गरेपछि अग्नि लामाले रोकायविरुद्ध परिसर काठमाडौंमा जाहेरी दिएका छन्।

रोकायमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्