• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १९, २०८२ Sat, Jan 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ठगी र साइबर अपराधका कुख्यात अभियुक्त रोकायका सहयोगी नै पूर्वप्रहरी

प्रहरीदेखि कर्मचारी र नेतासम्मलाई यसरी दिन्थे हैरानी
64x64
नारायण अधिकारी सोमबार, असोज १९, २०७७  १७:३५
1140x725

काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतको दार्जिलिङबाट कुख्यात ठग तथा साइबर अपराधका अभियुक्त पसल रोकायलाई पक्राउ गरी काठमाडौं ल्यायो। शनिबार दार्जिलिङबाट महानगरीयको विशेष टोलीले पक्राउ गरी रोकायलाई आइतबार झापाबाट प्लेनमार्फत् काठमाडौं ल्याएको हो। 

जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का रोकायलाई पक्राउ गर्न विगत केही महिनादेखि प्रहरीको विशेष टोली नै परिचालन गरिएको थियो। लामो समयको रेकी र टेक्निकल अनुुसन्धानबाट उनी दार्जिलिङमा रहेको निष्कर्ष निकालेर पक्राउ गर्न गएको टोलीलाई पक्राउ गरी काठमाडौँ ल्याउने काममा सफलता मिलेको हो। 

रोकायले विभिन्न उच्च पदस्थहरूको नाममा फेक फेसबुक आइडी बनाउने र आफूले कुराकानी गर्ने गरेका थिए। उक्त च्याटका कुराहरु अन्य व्यक्तिलाई देखाएर प्रलोभनमा पारेर ठगी गर्ने उनको शैली थियो। आफूलाई रिस उठेका मान्छेविरुद्ध सामाजिक सन्जालमा बेइज्जत गर्ने, जागिरको प्रलोभन देखाएर ठगी गर्ने, छात्रवृत्तिमा नाम निकालिदिने भनेर ठगी गर्ने, प्रहरीमा जागिर लगाइदिन्छु भनेर ठग्ने, फेक भिडियो/अडियो बनाएर बेइज्जत गर्ने जस्ता काम रोकायले गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।  

कर्णाली आवाज डटकम, कर्णाली एचडी फेसबुक पेज तथा युट्युब च्यानलमार्फत अफवाहपूर्ण भिडियो प्रसारण गर्ने र बेइज्जत गर्ने उनको धन्दा नै थियो। खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा कम्पनी दर्ता गरी उनले ठेक्कापट्टाको काम पनि गर्ने गरेका थिए। 

शुभलक्ष्मी अस्पतालको अध्यक्ष बताउने रोकायले संविधान नाम गरेको कलेज पनि दर्ता गराएका छन्। जहाँ नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाई गराउने भनिएको छ।

पूर्वप्रहरी नै रोकायका सहयोगी
पक्राउ परेका रोकायका सहयोगी प्रहरीका पूर्वहवल्दार रहेको पाइएको छ। प्रहरीको सर्वाधिक खोजी सूचीमा रोकाय परेको सूचना पूर्वहवल्दार रमन बुढाले पाइसकेका थिए। बुढामार्फत् उक्त जानकारी पाएपछि रोकाय नेपालबाट दार्जिलिङ पुगिसकेका थिए।

त्यसपछि भने उनी नेपालमै रहेको जानकारी दिन पोखराबाट काठमाडौं जाने प्लेनको टिकट नै काटेर फेसबुकमा समेत पोस्ट गरेका थिए। यो भने प्रहरीलाई भ्रममा पार्न उनले गरेका थिए। तर उनी दार्जिलिङकै एक गाउँमा थिए। 

आफू काठमाडौं भ्यालीमै रहेको भनेर अर्को भ्रम छर्न उनले सानोठिमीको सडकबाट भन्दै फेसबुक लाइभ गरेका थिए। यो पनि प्रहरीका लागि भ्रम छर्न उनले गरेको अर्को कृत्य थियो। यो सबै भ्रम छरिसके पनि रोकाय भने दार्जिलिङ पुगेको टेक्निकल पाटोमा अनुसन्धान गरिरहेका प्रहरीले सूचना पाइसकेको थियो। उनी दार्जिलिङमा नै रहेको अनुसन्धानमा देखिएपछि परिसरको एक टोली उनलाई पक्राउ गर्न दार्जिलिङ पुगेको थियो। 

Ncell 2
Ncell 2

कर्णाली आवाज डटकम, कर्णाली एचडी फेसबुक पेज तथा युट्युब च्यानलमार्फत अफवाहपूर्ण भिडियो प्रसारण गर्ने र बेइज्जत गर्ने उनको धन्दा नै थियो। 

तर प्रहरीका पूर्वहवल्दार बुढाले रोकायको म्यासेन्जरमा एक प्रहरीको फोटा पठाउँदै लेखे, ‘तँलाई खोज्ने यो मान्छे आइरहेको छ। सुरक्षित बस।’ सम्पूर्ण लोकेसन ट्रयाक गरेपछि दार्जेलिङ पुगेको प्रहरीले अन्ततः उनलाई पक्राउ गर्‍यो।

नेपाल-भारत सीमा दार्जिलिङको एक गाउँमा नेपाल टेलिकमकै सीमले काम गर्दथ्यो। उनी त्यही बसेर नेपाल टेलिकमको सीममार्फत् सामाजिक सञ्जाल चलाउँदै आएका थिए। नेपाल टेलिकमको सीमबाट सामाजिक सञ्जाल चलाएपछि आफू नेपालमै रहेको भनेर भ्रम छरेर भारतमा सुरक्षित हुने रोकायको योजना अन्ततः असफल भयो।

मन्त्रीका श्रीमतीलाई विवादमा मुस्ने र प्रहरीलाई नै ठग्ने धन्दा
रोकायले पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईकी पत्नीसम्मलाई विवादमा ल्याउने काम गरेको पाइएको छ। नर्सिङ काउन्सिलमा कार्यरत जिता बराल र मन्त्री भट्टराईकी पत्नी नर्सिङ काउन्सिलकी रजिस्टार बिन्दा घिमिरेलाई समेत विवादमा ल्याउने काम गरेका थिए। 

रोकायले सामाजिक सञ्जालको दुरुपयोग गरी रजिष्टार घिमिरेसहित अन्य पदाधिकारी तथा अन्य व्यक्तिहरुको नाम र फोटो प्रयोग गरी सामाजिक सञ्जालमा नक्कली आईडी खालेका थिए। त्यसपछि 'जागिर लगाइदिन्छु', 'लोकसेवा परीक्षा पास गराइदिन्छु', 'नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु' भनी रकमको बार्गेनिङ गरेको जस्तो देखिने दुवै तर्फको च्याट आफैंले गर्ने गरेका थिए। त्यसपछि ती च्याटको स्क्रिन सर्ट गरी आफैले सञ्चालन गरेको कर्णालीआवाज डटकम नामको न्युज पोर्टल र कर्णाली एचडी नामको युट्युब च्यानलबाट प्रसारणसमेत गर्ने गरेका थिए। 

यो पनि पढ्नुहोस्

आइटीमा डिग्री गरेका कुख्यात साइबर अभियुक्त पक्राउ, काठमाडौं ल्याइँदैआइतबार, असोज १८, २०७७

त्यस्तै उनले सर्वसाधारणदेखि प्रहरीसम्मलाई ठगी गर्ने गरेको पाइएको छ। एक युवतीलाई सटाफ नर्समा नाम निकालिदिन्छु भनेर १ लाख ५० हजार रुपैयाँ ठगीमा उनी संलग्न भएको प्रहरीको अनुसन्धानले देखाएको छ। पछि काम नभएपछि उल्टै सामाजिक सञ्जालबाट गाली बेइज्जती गरेको पाइएको छ।

मुगुका अर्का एक युवालाई भने एचए कोर्स अध्ययन गर्न छात्रवृत्ति मिलाइदिन्छु भनेर २ लाख ठगी गरेका थिए। अर्का एक जनालाई राष्ट्रिय अनुसन्धान विभागको सहायक अनुसन्धान अधिकृतमा नाम निकालिदिन्छु भनेर ४ लाख ठगी गरेका थिए।

उता बमबहादुर रोकाय भन्ने युवकलाई नेपाल प्रहरीको जागिर लगाइदिने भने २ लाख ठगी गरेका थिए। मलाय बुढाले स्टाफ नर्सको छात्रवृत्तिमा नाम निकालेपछि आफूले निकालेको भन्दै २ लाख माग गरेका थिए। पछि नदिए नाम हटाउनेसम्मको धम्की दिने गरेको पाइएको छ। 

रोकायले नै दीपक चौधरीको एचएमा नाम निकालिदन्छु भनेर ५० हजार रुपैयाँ लिएका थिए। पछि आफू ठगीमा परेको जानकारी पाएपछि चौधरीले भौचरसहित प्रहरीकहाँ उजुरी समेत गरेका थिए।

धरान र झापाका दुई महिलालाई समेत विश्वासमा पारेर 'फार्मेसी कोर्समा नाम निकालिदिन्छु' भनेर रोकायले २ लाख ५० हजार ठगी गरेको पाइएको छ।

रोकायको ठगी निशानामा प्रहरी जवानसम्म परेका छन्। रोकायले ट्राफिक प्रहरी जवान खिमराज केसीलाई आफू कर्णाली प्रदेशको मुख्यमन्त्रीको स्वकीय सचिव भएको भन्दै प्रलोभन देखाएर ठगी गर्न खोजेका थिए। पछि कुरा नमिलेपछि ज्यान मार्ने धम्की समेत दिएपछि उनीविरुद्ध केसीले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी समेत दिएका थिए। 

त्यस्तै, रोकायले 'पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पिए हुँ' भन्दै ठगी धन्दा समेत गरेको पाइएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीदेखि जुम्लाकै सांसद पदम रोकायसम्मको पिए भएको र विभिन्न ठाउँमा जागिर लगाइदिनेदेखि विभिन्न कामहरु सल्टाइदिने भन्दै ठगी गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

कुरा नमिलेपछि नेतालाई भ्रष्ट भन्दै बनाउथे भिडियो
रोकायाले विभिन्न नेताहरुलाई भ्रष्ट रहेको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने गर्थे। उनले पूर्वसांसद देवीलाल थापालाई भ्रष्टाचारी भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। 

प्रदेश सांसद पदम रोकायलाई त भ्रष्टाचारी र सुन व्यापारी मारेको र बालात्कारी भन्दै भिडियो बनाएर सञ्जालमा हालेर चरित्र हत्या गरेका थिए। उनै रोकायको नाममा नक्कली फेसबुक बनाएर जागिर लगाइदिनेसम्म प्रलोभन देखाएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पूर्व जिविस सभापति नेकपाका नेता तीर्थ बुढाले २० हजार रुपैयाँ घुस मागेको भन्दै भ्रष्टाचारी भन्दै भिडियो बनाएर सञ्जालमा हालेर चरित्र हत्या गरेको समेत उनीमाथि आरोप लागेको छ। 

रोकायले 'पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पिए हुँ' भन्दै ठगी धन्दा समेत गरेको पाइएको छ।

नेकपाका जुम्ला अध्यक्ष सुरेश पहाडी जुवाको खालबाट पक्राउ परेको उनी खुंखार जुवाडे भएको भन्दै हुँदैनभएका विषयको भिडियो बनाएर रोकायले सञ्जालमा पोस्ट गरेका थिए। आफ्नै वडाका वडाध्यक्ष वनजित रोकायलाई बलात्कारी र भ्रष्टाचारी भएको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमा बेइज्जती गरेका थिए।

त्यस्तै कांग्रेस नेता लालबहादुर जिसी, बलबहादुर रोकायलगाउत समेत चरित्र हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको छ। जनक रोकायलाई त ज्यान मार्ने धम्कीसमेत रोकायले दिएका थिए।

परिसर काठमाडौंमा मात्रै ७ मुद्दा दर्ता
रोकायविरुद्ध महानगरीय प्रहरी परिसर कामठाडौंमा मात्रै ७ वटा मुद्दा दर्ता भएको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। साइबर र ठगीका सात वटा मुद्दा उनीविरुद्ध परिसर काठमाडौंमा दर्ता भएका छन्।

उनीविरुद्ध दीपक रोकायले एचएमा पास गराइदिन्छु भनेर रकम लिएर ठगी गरेको र पछि उल्टै सामाजिक सञ्जालबाट बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गराएका छन्।

त्यस्तै सीता केसीले रोकायविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गराएकी छिन्। नेमबहादुर केसीले भने रोकायविरुद्ध ४ लाख रुपैयाँ ठगी गरेको र साइबरसम्बन्धी अपराध गरेको भन्दै मुद्दा दताएका छन्।

अधिकृतमा जागिर लगाइदिन्छु भनेर २ लाख रुपैयाँ ठगी गरेपछि अग्नि लामाले रोकायविरुद्ध परिसर काठमाडौंमा जाहेरी दिएका छन्।

रोकायमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
अमेरिकी डलरको भाउ निरन्तर उकालो शनिबार, पुस १९, २०८२
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु शनिबार, पुस १९, २०८२
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल शुक्रबार, पुस १८, २०८२
पुस मसान्तभित्र विशेष महाधिवेशन महामन्त्रीले बोलाउँछ: गगन थापा शुक्रबार, पुस १८, २०८२
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल शुक्रबार, पुस १८, २०८२
पुस मसान्तभित्र विशेष महाधिवेशन महामन्त्रीले बोलाउँछ: गगन थापा शुक्रबार, पुस १८, २०८२
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्