प्रतीकात्मक फोटो काठमाडौं– साइबर अपराधमा संलग्न रही फरार रहेका एक कुख्यात अभियुक्त पक्राउ परेका छन्।
नेपाल प्रहरीको टोलीले साइबर अपराधमा संलग्न रही फरार भएका ती व्यक्तिलाई पूर्वी नेपालको नेपाल भारत सीमा नाकाबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जुम्ला घर भएका पसल रोकाय छन्। नेपाल प्रहरीको विशेष टोलीले रोकायलाई काठमाडौं ल्याउँदै छ।
उनी आइटी इन्जिनियरिङमा डिग्री गरेका व्यक्ति भएको पाइएको छ। भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने रोकायविरुद्ध साइबर अपराध सम्बन्धीका ७/८ वटा मुद्दा दर्ता भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। उनको निशानामा सर्वसाधरण व्यक्तिदेखि विभिन्न भिआइपी व्यक्तिसम्म परेका छन्।
उनले साइबरको प्रयोग गरेर धम्की दिनेदेखि ठगी गर्नेसम्म गरेको पाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।