काठमाडौं-साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै शुक्रबारको तुलनामा चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आइतबारका लागि ११ ८० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो शुक्रबारको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।