काठमाडौं-शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ। बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ५ सय रुपैयाँ थियो।
बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनको मूल्य ९४ हजार २ रुपैयाँमा थियो।
चाँदीको मूल्य भने स्थिर छ। बिहीबार प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि पनि सोही मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।