काठमाडौं- बाग्लुङको ढोरपाटन नगरपालिकाको बाढीपीडित उद्धार कोषमा प्रभु बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरको बाढीपिडित उद्धार कोषमा रहने गरी ५ लाख सयहोग गरेका हुन्।
ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ मा अविरल वर्षासँग आएको बाढी पहिरोमा परी ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल र करिब सय घरमा बाढीका कारण क्षति पुगेको छ।
जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त स्थानको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री रामशरण बस्नेतले निरीक्षणसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।