काठमाडौं- बलिवुडका फिल्म निर्देशक तथा निर्माता अनुराग कश्यप प्रहरी कार्यालय उपस्थित भएका छन्। दक्षिण भारतीय अभिनेत्री पायल घोषले उनीमाथि यौन शोषणको आरोप लगाएपछि प्रहरीले उनलाई कार्यालयमा उपस्थित हुन भनेको थियो।
नायिका घोषले २२ सेप्टेम्बरमा पायलले मुम्बईको बर्सोबा थानमा अनुरागविरुद्ध उजुरी दिएकी थिइन्। तर प्रहरीले उजुरी दर्ता गरेको थिएन। यो प्रकरणमा विवाद बढ्दै गएपछि प्रहरीले अनुरागलाई मुम्बई बाहिर नजान र आवश्यक परेको समयमा उपस्थित हुन भनिएको थियो।
प्रहरीले बिहीबार उनलाई बोलाएपछि उपस्थित भएको भारतीय समाचार माध्यम आजतकले जनाएको छ। अनुरागले आफूलाई घरमा बोलाएर यौन शोषणको प्रयास गरेको आरोप पायलको छ।
पायलले पटकपटक अनुरागलाई पक्राउ गर्नुपर्ने भन्दै आएकी थिइन्। २०१५ मा उनलाई अनुरागले यौन शोषणको प्रयास गरेको दाबि उनले गरेकी थिइन्। पालयले यही प्रकरणलाई लिएर महाराष्ट्रका राज्यपाललाई पनि भेटेकी थिइन्। राज्यपालले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए।
पछिल्लो समयमा बलिवुडमाथि एक पछि अर्को आरोप लागिरहेको छ। शुसान्त राजपुतको आत्महत्यापछि बलिवुुडमा ड्रग्स प्रकरणले तातिरहेको छ। दीपिका पादुकोण, सारा अली खान, रिया चक्रवर्ती र श्रद्धा कपुरको नामसमेत विवादमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।