काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्सबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका छन्।
यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमा लेखको सीमासम्म ह्याम्स हस्पिटलबाट नगद रहित हस्पिटलाइशस सुविधा प्राप्त गर्न सकिनेछ। साथै सोही अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आफ्ना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाइजेशस सेवा लिन उत्प्रेरित गर्ने बताए।
अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने भएकाले ढुक्क भएर सेवा लिन कम्पनीले आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।