काठमाडौं–बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ। बुधबार सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनको मूल्य ९४ हजार २ रुपैयाँ थियो।
त्यसैगरि चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। बुधबार ११ सय ९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि ११ सय ७५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।