काठमाडौं–बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ।
बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार २ रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ११ सय ९० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।