नयाँ दिल्ली- नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले रिया चक्रवर्ती र उनका भाइले लागू औषध प्रयोगबारे भइरहेको अनुसन्धानका लागि आफूहरूलाई न्यायिक हिरासतमा राखिएको भन्दै त्यसविरुद्ध अदालत गएकोमा असन्तुष्टि व्यक्त गरेको छ।
बम्बई हाइकोर्टमा जवाफ दिँदै एनसिबीले हाइ सोसाइटीका मानिस र ड्रग्ससँग जोडिएको सिन्डिकेटको सदस्य रिया र उनका भाइ भएको दाबी गरेको छ। दुवैमाथि गैरकानुनी नभई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताएको थियो। २८ सेप्टेम्बरमा उसले अदालतमा पेश गरेको लिखित जवाफमा उनीहरुमाथि गैरकानुनी रुपमा लागू औषध लिएको र अन्य व्यक्तिलाई समेत दिएको आरोपमा अनुसन्धान भइरहेको एनसिबीले बताएको छ।
२४ सेप्टेम्बरमा हाइकोर्टले एनसिबीसँग जवाफ माग गरेको थियो। उनीहरुमाथि विद्युतीय प्रमाणहरुको अनुसन्धान भइरहेको उसले एनसिबीले दिएको छ। उनीहरुको ह्वाटस्एप च्याट, मोबाइल रेकर्ड, ल्यापटप र हार्ड डिस्कबाट उनीहरुले ड्रग्सको भुक्तानी गरेको देखिएको लिखित जवाफमा उल्लेख छ। हाइकोर्टले रिया र भाइ शौविकको जमानत याचिकामाथि मंगलबार सुनुवाई गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।