काठमाडौं – न सहारा दिन्छ तिम्रो मायाले,
न छुट्करा दिन्छ तिम्रो मायाले,
गीतकार ज्योति गुरुङको गीतका शब्द हुन् यी। यस गीतमार्फत् सम्बन्धको जटिलतालाई पस्केकी छिन्। स्याङ्जा जिल्ला स्थायी घर भएकी गीतकार गुरुङ विगत केही वर्षदेखि युकेमा बसोबास गर्दै आएकी छन्।
संगीतको मोहले तानेपछि ‘यो कस्तो माया’ नामक गीत बजारमा ल्याएको रचनाकार गुरुङले बताइन्। उनको गीतमा गायिका मेलिना राईले स्वर भरेकी छन्।
संगीतकार अर्जुन सुनामले संगीत भरेका छन् भने बिबी अनुरागको संगीत संयोजन रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्यामस्वेत रसाइलिले मिक्सिङ गरेका हुन् । युकेमै छायांकन गरिएको भिडियोको निर्माण कुशल श्रेष्ठले गरेका छन्। उनले निर्देशन, छायांकन र सम्पादन समेत गरेका हुन् । ध्रुब निरौला, निरु कोइराला, आस्था जोशी र बाल स्वस्था जोशी बटाजुको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।