वाशिङटन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोने ब्यारेटलाई मनोनयन गरेका छन्।
न्यायाधीश रुथ बेडर गिन्सबर्गको निधनपछि रिक्त स्थानमा संघीय पुनरावेदन अदालतकी न्यायाधीश ब्यारेटलाई मनोनयन गरिएको हो। ह्वाइटहाउसको रोज गार्डेनमा आयोजित कार्यक्रमका बोल्दै ट्रम्पले ब्यारेटलाई ‘अद्वितिय उपलब्धिकी महिला’ भनेका छन्। ब्यारेटको मनोनयनलाई सिनेटरहरुले अनुमोदन गर्नुपर्नेछ।
तर विपक्षी डेमोक्रेटिक पार्टीले निर्वाचनअघि गरिएको यो मनोनयनको आलोचना गरेको छ। डेमाक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बिडेनले अमेरिकी जनताले नयाँ राष्ट्रपति नचुनुन्जेलसम्म यस मनोनयनका बारेमा कुनै कारबाही अघि नबढाउन सिनेटलाई आग्रह गरेका छन्।
ब्यारेटको नाम अनुमोदन भएमा सर्वोच्च अदालतमा कन्जर्भेटिभसमर्थक न्यायाधीशको बहुमत हुनेछ । यसअघि ट्रम्पले अन्य २ न्यायाधीशलाई नियुक्त गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।