टोकियो–जापानी प्रधानमन्त्री योशिहिदे सुगाले उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेट्न चाहेको बताएका छन्। किमलाई आफूले विना शर्त भेट्न तयार रहेको पनि उनले स्पष्ट पारेका छन्।
‘जापानको नयाँ प्रधानमन्त्रीका रुपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँग छैन,’संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र जापानबीचको सम्वन्धलाई सामान्य बनाउन चाहेको पनि स्पष्ट पारे।
उनले जापान—डिपीआरके प्योङयाङ घोषणाको स्मरण गर्दै त्यस अनुसार नै सम्वन्धलाई अगाडि बढाउने चाहेको पनि उल्लेख गरे। ‘आपसी सम्वन्ध र परमाणुसम्वन्धी विषयमा सन् २००२ मा भएको दुई पक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने कुरामा मेरो जोड छ,’उनले भने।
प्रधानमन्त्री सुगाले टोकियो र प्योङयाङका बीचमा रचनात्मक र सन्तुलित सम्वन्धको पक्षमा नै आफू रहेको पनि जानकारी दिए। उनले भने, ‘हामी हाम्रो दुई पक्षीय कारणले मात्रै नभइ यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पु¥याउनु पर्दछ, त्यसैले हामी बीचमा सहकार्य र सुमधुर सम्वन्धको आवश्यकता छ।’रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।