एजेन्सी–उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँगको सामुद्रिक सीमामा दक्षिण कोरियाका एक कर्मचारी मारिएको घटनाप्रति माफीमा मागेका छन्। दक्षिण कोरियाको ब्लुहाउसलाई शुक्रबार पत्र पठाउँदै माफीमा मागेका हुन्।
गत सेप्टेम्बर २१ मा योनपेयङ टापुनजिकै उत्तर कोरियाली सामुद्रिक क्षेत्रमा दक्षिण कोरियाका एक सरकारी कर्मचारी उत्तर कोरियाका सेनाको गोली प्रहारबाट मारिएका थिए।
किमले पठाएको पत्रमा उत्तर कोरियाली क्षेत्रमा डुंगामा रहेका ती अपरिचित पुरुषलाई परिचय दिन आग्रह गर्दै चेतावनीयुक्त गोलीप्रहार गरिएको र पछि रगत देखिएपछि मृत्यु भइसकेको अनुमानमा आगो लगाएर जलाइएको उल्लेख छ। आफ्नो सामुद्रिक क्षेत्रमा भएको यस्तो घटनाप्रति किमले दुःख व्यक्त गरेको पनि उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।