काठमाडौं- नेपाली चलचित्र क्षेत्रका वरिष्ठ छायांकार एवं नेपाल चलचित्र प्राविधिक संघका सल्लाहकार जावेद साहको मृत्यु भएको छ।
७० वर्षीय साहको बुधबार काठमाडौंस्थित निवासमा हृदयघातको कारणबाट मृत्यु भएको नेपाल प्राविधिक संघले जनाएको छ।
सन् १९८२ मा रुसबाट फिल्म छायांकन पढेर नेपाल आएका साहले ‘भाग्यरेखा’बाट करियर थालनी गरेका थिए।
युगदेखि युगसम्म, चोखो माया, कसम, बदलिँदो आकाशलगायतका चर्चित फिल्ममा काम गरेका साहले छायांकन विधालाई विकसित तुल्याउन गरेको योगदानप्रति संघले कृतज्ञता जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।