• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

व्यंग्य: संविधान दिवसको त्यो दिन

64x64
रामबाबु सुवेदी बुधबार, असोज ७, २०७७  १३:३४
1140x725
फाइल फोटो

तामझामका साथ संविधान दिवस टुँडिखेलमा मनाइरहँदा विशिष्ठ व्यक्तिहरु आसिन मञ्चको रौनकता धेरै देखिन्थ्यो। सवारी साधनमा विशिस्ट व्यक्तिहरु निरन्तर आगमन भइरहेको थियो। टुँडिखेल सुन्दर फूलहरुले सजाइएको थियो। संविधान दिवसको भव्य कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी हुँदै थियो।

विभिन्न झाँकी, हेलिकप्टरबाट पुष्पवृष्टि, प्रहरी कार्यक्रम आदि गरिने हुँदा सबै वरिष्ठ नेताहरुको उपस्थिति हुने पक्कापक्की थियो।

राष्ट्रपतिको आगमन पश्चात् कार्यक्रम शुभारम्भ गरियो। टुँडिखेलको चारै कुनामा ठूलाठूला साउन्ड बक्स राखिएको थियो। त्यहाँको भाषण खुल्ला मञ्चमा प्रष्ट सुनिन्थ्यो।

तर त्यही टुँडिखेल नजिकै रहेको खुल्ला मञ्चमा भने दृश्य फरक पाइयो। त्यहाँ रहेको सामाजिक कार्य अन्तर्गत केही जोसिला युवाले निशुल्क खाना ख्वाइरहेका थिए। लगातारको बन्दमा र कोरोनाको सुर्ता नगरी धमाधम खाना ख्वाइरहेका थिए, स्वयंसेवकले। त्यही भीडमा न्युरोडमा काम गर्दै आएका दुई भरिया वीरे र ज्यामिरे आफ्नो भोक मेटाउन अलिअलि हिलाम्मे सडकमा थ्याच्च भूइँमा बसेर प्लेटमा खाना खाइरहेका थिए। 

उनीहरुको पछाडि टुँडिखेल छ। बेलाबेला उनीहरु हेलिकप्टरको आवाज सुन्दै पछाडि फर्की खाना खान व्यस्त रहे। उनीहरुको मुखमा गाँस परिरहँदा अनुहार भने मलिन थियो।

वीरे चिन्तित देखिन्थ्यो र पछाडिको पुष्पवृष्टि गरिरहेको देखेर आक्रोशित हुँदै भन्यो- 'थुइक्क! लाछी सरकार, तेरो यस्तो मैलो छवि।'

ज्यामिरे(वीरेलाई हेर्दै)- 'ओई के बकबक गरेको एक्लै। तलाई के भयो?'

वीरे (पछाडि फर्किँदै) 'ऊ त्यहाँ हेर् न नाटक। देखिनस्? यस्तो बेलामा हामी जस्तालाई सहयोग गर्नु नि। किन जनताको पैसा हावामा फूल बर्साएर उडाएको होला?'

Ncell 2
Ncell 2
nimb
nimb

'हो नि वीरे। हामी कति अभागी है? पेटमा अन्न पार्न नि मुस्किल छ आजकल। यहाँ स्वयंसेवकले ख्वाएर आजको दिन टर्‍यो तर भोलि के होला?'

'हो नि ज्यामिरे। हामी अभागी छौं है। हाम्रो देशमा सरकारले अब कोही भोकभोकै मर्नु पर्दैन भन्यो। अब कोही विदेश जानु पर्दैन देशमै रोजगारी हुन्छ भनियो। अझ सरकारले जनतालाई बाँड्ने पैसा छैन, देशको आर्थिक अवस्था नाजुक छ भन्दै राजश्व उठाउन केन्द्रित बन्यो। हामी जस्तो सानो पदकालाई बेवास्ता र लावारिस छाडिदिने काम गर्‍यो। न घाउमा मलम लगायो, न घरभाडामा सहयोग गर्‍यो। अझ उल्टै बेरोजगारी बनायो र घर परिवारको बिचल्ली पार्दियो।'

(काँधमा थपथलाउदै) 'नरो वीरे.... अभागी कर्म, त्यहीमाथि गरिब हामी अनि निकम्मा सरकार। कसको के पो आशा गर्नु र अब। नरो।'

'हैन ज्यामिरे तँ आफैं भन त, हामी नेपाली भएर जन्मेको केका लागि हो? के यिनीहरुको दास बनी बस्नुपर्ने? कठपुतली बनी बस्नुपर्ने?'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'जस्तो डमरु त्यस्तै आवाज। जस्तो नेता त्यस्तै देश। हामी त आफ्नो जीवन बाँच्ने हो, हासेर खुलेर। त पीर नमान यस्ता लाछीहरुको के कुरा गर्नु यार।'

'ज्यामिरे तैंले थाहा पाइस् साँच्चै। साथी रवि (तरकारी व्यापारी) लाई पुलिसले हिजो बेलुकी लग्यो रे!'

'अहँ! के भएछ र? सानो सब्जी पसल थियो उसको त। केचहिँ अपराध गरेछ त?'

'प्याज  महंगोमा बिक्री गर्‍यो अरे, त्यसैले। हा हा! कति लज्जास्पद घटना हाम्रो प्रशासनको', वीरे ठूलो आवाजमा हाँस्छ।

वीरे भन्छ- 'यत्रा वाइड बडी निलेका, मेडिकल किटमा घोटला गरेका, अरबौं भ्रष्टाचार गरेका, बालुवाटार बेच्नेहरु खुलेआम यहाँ विशिष्ट बनी घुमिरहेका छन्। अनि रवि जस्ता निर्दोषलाई समाएर चोखो बन्न खोज्छ सरकार।'

'त्यही त १००० घुस लिएको आरोपमा साधारण जनतालाई दण्ड सजाय दिने गर्छ नेपाली कानुन र आत्मसम्मानमा आँच आउँदा अन्त्यमा आत्महत्या गर्न विवश बनाउँछ। तर अरबौं घोटाला गर्नेलाई तामेलीमा पठाइन्छ अख्तियारबाटै, क्लिन चिट पाउँछन् र सरकारी तक्मा पाउँछन्', ज्यामिरे निराश भाव व्यक्त गर्छ।

(माइकमा आवाज आउँछ, प्रधानमन्त्रीको)- 'कोरोना नभएको भए देशले धेरै ठूलो फड्को मार्ने थियो। यही कोरोनाले विकास गति कम हुन गयो। तर पनि हाम्रो सरकारले सफल बनेर देखाइसकेको छ।'

'देखिस् ज्यामिरे, यी प्रधानमन्त्रीलाई जे भने पनि हुने भएको छ। यिनले मुटुमा हात राखी भनुन् त, के साँच्चै देशले फड्को मारेको छ त?'

'त्यही त वीरे। फड्को त हैन, म त पछि गएको देख्छु देशलाई। बुझिस्।'

(माइकमा आवाज आउँछ प्रधानमन्त्रीको)- 'देशलाई ठूलो सेवा पुर्‍याउनु भएको विभिन्न विशिस्ट व्यक्तिहरुलाई सरकारले विशेष सम्मान गर्ने भएको छ। प्रवल जनसेवा श्रीबाट हामी देशको विभिन्न क्षेत्रमा सेवा पुर्‍याउनुभएका सयभन्दा माथि नेपालीलाई सम्मान गर्नेछौं।'

'सुनिस् वीरे, हाम्रो भाग्य। यतिका मानिसले पदक पाउँदा देशमा करोडौं रुपैयाँको धनराशी हुन्छ। त्यत्रो खर्च यस माहामारीमा किन गर्नुहोला? गरिब तथा निम्न आय भएकालाई केही राहत स्वरुप बाँड्दा हुँदैन थियो र? के देशमा संविधान दिवसका दिन आफ्ना जनताभन्दा प्यारो त्यो विशेष सम्मानको जरुरी छ? के ती सबै अर्को साल दिए हुन्न र?'

'आ ज्यामिरे अब यी लाछी कुरा के सुन्नु र? के देख्नु हामी? हामीले यहाँ विवाद गरेर पनि केही हुनेवाला हैन रहेछ। आखिर देश उनीहरुले बालुवाटार र सिंहदरबारमा बसेर चलाउने हुन्। हामी भोका नाङ्गा जनता यो बिषयमा नबोलेको राम्रो। कति टाउको दुखाउनु? आ जाऊ अब काममा त्यहाँ गलैंचा दरबार मार्गसम्म पुर्‍याउनु भनेका छन् साहुले।'

(टाउकोमा हात राख्दै)- 'ए त्यही त भुसुक्क बिर्सेछु मैले। लौ लौ हिँड् जाऊ वीरे। यहाँ बसेर पैसा पाक्दैन अब उतै जाऔं। भरे टिभीमा सुनौला यी बकम्फुसे कुरा', ज्यामिरे भूइँमा रहेको नाम्लो कम्मरमा बाँध्दै भन्छ।

दुवै त्यहाँ रहेका स्वयंसेवकसँग भात जोडी बिदा माग्छन्।

उनीहरु पर पुग्दासम्म प्रधानमन्त्री माइकमा भन्दै थिए- 'अब कोही जनता भोकै बस्नु पर्दैन, अब कोही जनता सरकारको विरोध गर्ने छैन। किनकि सरकारले जनताका निमित्त विशेष व्यवस्था गरी जन मन जितिसकेको छ।' 

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामबाबु सुवेदी
लेखकबाट थप
हाउस हसबेन्ड [कथा]
राधा...मेरी सखी [कथा]
जनताको काम कहिले गर्ने?
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्