• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

राधा...मेरी सखी [कथा]

64x64
रामबाबु सुवेदी शनिबार, मंसिर ६, २०७७  १२:३२
1140x725

बेला–बेला उसको जीवन देखेर ईर्ष्या लाग्छ। कति खुसी छे उ। कति शान्त, अनि कति सफल। उसको जीवनले मलाई लोभ्याएको छ। म प्रेरित छु। म मोहित भएकी छु। म त केवल उजस्तो बन्न नसक्नेमा धिक्कार मान्दै आफ्नो जीवनसँग हार खाई बसेकी छु।

उ त जहाँ पनि खुसी छे। उसको परिवार खुसी छन्। उसले सबैलाई रिझाएकी छे। घर परिवार, आफन्त, साथीभाइ, टोल, समाज आदिमा उसको प्रशंसा हुनेगर्छ। उ आफूलाई गर्व गर्ने योग्य बनाएकी छे। उसको अनुहारको तेज कहिले सकिने छैन। उ त निश्चल छे, अनि कोमल हृदय भएकी। उ सबै सानालाई माया गर्छे, ठूलालाई आदर अनि साथीहरुलाई सद्भाव राख्छे। उसले जीवनमा सबै पाएकी छे, आफ्नै बल र बुद्धिले। उ त सफल भएकी छे। उसको सफलताको कायल भएकी छु म।

उ त मेरो सँगैकी साथी। हामी जन्मदेखिका साथी हौं। सानोमा बालुवाको घर बनाएर भन्ने गर्थी–

सुनिस् मीना, बालुवाको जस्तो समुन्द्रको छालले बगाईहाल्ने घर को काम छैन। हाम्रो जीवनको लक्ष्य र सपना पनि बालुवाको घरजस्तो कमजोर हुनु हुँदैन।’

म अवाक परि सानो उमेरमा उसको सोचाइदेखि फिदा भएकी थिए। मेरो भावना बुझिछ क्यार, लगत्तै उसले सम्झाउँदै भनेकी थिइ–‘धत् लाटी के टवाल्ल परेकि, मैले हाम्रो सपनाको उडान भर्न त्यति कमजोर बन्नु हुँदैन भन्न खोजेकी।’

उसका सानैदेखिको तिक्ष्ण प्रतिभा मैले बुझ्न सकिन। म उभन्दा धेरै पछि चलिरहे। मैले घर व्यवहारलाई महत्व दिने गर्थे। तर समय मिल्दा गफ गर्न र दिन कटाउन म उसँग नदी किनारमा जाने गर्थे। एकदिन उ निकै गम्भीर बनी, ठूला–ठूला विकासका कुरा गरी।

म रणभुल्लमा परेँ र उसलाई भनेँ ‘खै के हो म तेरो कुरा बुझ्दिनँ राधा। तँ त अलग्गै छेस। तेरा कुरा म त के, धेरै ठूला मान्छेले पनि बुझ्दैनन्। तेरो सानो उमेरमा उच्च विचारले मन लोभ्याउछ। तर के गर्नु म तँ जस्तो बन्न सक्दिनँ, न त सोच्न सक्छु।’

‘केही पाउनु छ भने लगनशील हुनुपर्छ रे। अनि पाईन्छ मीन आफ्नो लक्ष्य। मलाई गुरुले भन्नु भएको। तँ पनि आफू के बन्ने हो निक्र्यौल गर। आफ्नो उडान भर। आफूलाई हलुको पार र अघि बढ।’

Ncell 2
Ncell 2
nimb
nimb

‘कति सजिलै भन्छेस् नि मोरि, तेराजस्तो सुन्दरता मसँग छैन, अरुलाई आकर्षित गरि केही भन्न सक्ने हिम्मत छैन। तँ जस्तो जादु छैन।’

‘मोरि तँ पनि के कुरा गरेकी। हामी सँगै एउटै थालीमा खाना खाएर हुर्कियौंं। तेरो मेरो ज्ञान, बुद्धि र विवेकबीचको खाडल हुन सक्ला, अन्य केही हैन।’ 
‘राधा! तँ अब काठमाडौं जान्छेस रे हो? तँ अब सहर गएर के गर्छेस? म त सुन्छु सहरमा छोरीलाई गा¥हो हुन्छ रे एक्लै।’

‘आफू आफ्नो जीवन बाँच्नु छ। कसैको आश्रयमा वा कसैलाई क्षति नपु¥याई बस्नु छ भने के को गा¥हो मोरि। तँ आफू अनायसै केही नसोच। सबै राम्रो छ भन्छन्।’

‘अनि तँ त्यहाँ गएर के गर्छेस नि? मीना गम्भीर हुँदै भन्छे–कसरी यो प्रकृतिबाट टाढा हुन सक्छेस्?

‘म सधैंलाई जाने हो त लाटी? पढाइ पूरा गरेर गाउँमा धेरै विकास गर्ने इच्छा छ। यहाँको पठनपाठन, भौतिक पूर्वाधारका विकास, सडक बाटो, बिजुली, अस्पताल आदि युगान्तकारी परिवर्तन आवश्यक छ। एक जना शैक्षिक योग्यता पुगेको मानव संसाधन छैनन अहिले यहाँ। त्यसैले यो गाउँको विकासका निमित्त अरु कोही नभए म जानै पर्छ। म नभए त कहिले कोही त जानै पर्छ।’ राधा शान्त भावमा मिनालाई सम्झाउछे।

‘हाम्रो जात भनेको पराई घर जाने हो। अब तेरो पनि एक दिन जानै पर्ने हुन्छ अनि सधैंका लागि यहाँ भासिने कुरा आउँछ त?’

‘हा हा ! (मीनाको कपाल सुम्सुम्याउँदै) हामी त्यसैले त गलत छौ ँनि। छोरीको जात सधै पछाडी पर्ने जात हो। हामी कहिले कर्तब्यमुखी हुन सकेनौं। त्यसैले होला नारी हकहितका कुरा गम्भीर बनी उठ्दैन। नारी कहिले स्वतन्त्र हुँदिन। नारी कहिले सक्षम बनी एक्लै आफ्नो गाउँ सहरलाई विकासोन्मुख गराउन नसकेको। अनि अझै हामी मौन किन बस्ने? किन यो समाजमा आफू केही गरि उदाहरण नदिने? किन अचेत मन पालेर बस्ने?

‘आ भैगो। तेरा कुरा म बुझ्दिनँ। अब त हामी सबैलाई छाडी जान्छेस् भने मेरो भन्नु केही छैन, म त तेरो शुभचिन्तक हुँ। सधै तेरो कल्याण होस् भन्ने चाहन्छु। प्रगतिको पथमा अगि बढेस्। मलाई नबिर्सेस्, यो गाउँलाई माया नमारेस्।’ मीना राधाको काँधमा आफ्ना दुई हात राखी भावुक नजर लगाउँदै भन्छे।

‘हुन्छ मीना तँ त मेरो हृदय कि ढुकढुकी होस्। मेरो बचपन कि सखी। तँसँग जतिको भावना मैले अरुसँग साटेकी छैन। मलाई थाहा छ हाम्रो मित्रतामा कहिले कमि आउन दिने छैन।’

त्यस दिन उसँग अन्तिम भेट भएको थियो। अहिले त १२ वर्ष भइसक्यो। उ सहर गएर धेरै प्रगती गरेकी छ रे। तर गाउँमा भने उ एकपटक पाईला टेकेकी छैन अहिलेसम्म। उसको दैनिक खबर सुन्छु म। आफूलाई सघाउन हाम्रै गाउँको सुदन भाइलाई लगेर राखेकी छे। उसले फोन गर्छ बेला बखत। बिबिसीजत्तिकै समाचार सम्प्रेषण गर्छ काठमाडौ सहरबाट। एकदिन भन्दै थियो, ‘राधा दिदी ठूलो व्यापारी बन्नु भएको छ। अझ अहिले त वहाँ गाउँ आउन खोज्दै हुनुहुन्छ।’

यो सुनेर मेरो हर्षले पाउ जमिनमा भएन। म उफ्रीएकी थिएँ। एफएम घन्काएर जोड्जोड साथ नाचेकी थिएँ। उ त वास्तवमा पढाइ र लगनशील बनी अघि बढेर देशकै ठूली व्यवासयी बनिसकिछ। सुदनले झुटो विवरण दिन्छ भन्ने रतिभर थिएन। तर म... तर म ओहो। यो कुन दलदलमा भासिएकिछु। मैले पढेलेखेको के औचित्य रहयो? श्रीमान खाडी मुलुकमा अनि मेरा तीन जना छोराछोरी। मेरो रुपरङ्ग र वैशले सबै डाँडा काटिसक्यो। म त घर परिवार केन्द्रित बनेँ। त्यसैले आज त्यही कुवाको भ्यागुतासरह बसेकी छु। तर राधा।। राधा त उडान भरेकी छे।। आफ्नो लक्ष्य पाएकी छ। उ स्वतन्त्र थिइ र स्वतन्त्र नै छे। म जगडिएकी रहेछु। मसँग त्यो दिन राधाले सम्झाउँदा अवसर थियो। तर ढिट बनी यही सम्पूर्ण सम्झी बसेँ। आज दुःख झेल्दै छु। गरिबीको मारमा परेकी छु। समृद्धि के हो थाहा छैन मलाई, न त उज्ज्वल भविष्य नै देख्छु।

एकदिन म सडक किनारमा घाँस काट्न बसेकी थिए। ५(६ जना परबाट हिँडदै आएको देखेँ। तीमध्ये एउटी महिला थिई। गोरो अनुहार, सर्लक्क मिलेको जिउडाल, लामो कपाल। आँखामा कालो चश्मा लगाएकी, टाउकोमा रातो रङ्गको क्याप, निलो पाईन्ट अनि रातो टिशर्टमा सजिएकी त्यो महिला कुनै परि भन्दा कम थिइन। एक जना अघि–अघि हिड्ने मान्छेले हातले ईशारा दिदै गाउँ आईपुगेको जानकारी दिए झैँ गर्दै थियो। उनीहरु नजिकै आईपुगे आँखाले बल्ल ठम्याए त्यो अगाडि हात देखाउने त सुदन भाइ रहेछ। मैले त्यो महिला नजिकै आउँदा थाहा पाएँ उ त राधा रहिछ।

मलाई लाज लाग्यो, आफूलाई चिनाउन। मैले आफ्नो मनले बचपनको सखी देख्दा जुन आनन्द पाएँ त्यो आनन्दले मन पिरोलियो र बररर आँसु झर्न पुगेको चालै पाईन। यत्तिकैमा एउटा मीठो आवाज आयो–मीना, ओइ मीना। 

म मौन बनि माटोको मूर्ति झैं अडिग रहे। पुन आवाज आयो–मीना... तँ यहाँ यो अवस्थामा?

 उसले मलाई च्याप्पै समाएर अङ्गालो मारी। त्यो सपर्शले एकदम आनन्द प्रत्याभूत गरायो। मेरो शरीर हलुका भयो मैले पनि दुई हात उसको पछि लगेर च्याप्पै समाएँ। हामी एक अर्कासँग हर्षको आँसु लिएर रुन थाल्यौ।

‘ए मोरी नरो न। किन रुन्छेस्, म तँलाई भेट्न आएकी हो। यही गाउँमा बस्न आएकी हो। अब त खुसी हो। तैले गाउँलाई माया नमारेस् भनेकी थिइस् नि, त्यसैले म यहाँ आएकी हुँ। मेरो लक्ष्य पाउन यहाँ आएकी हुँ।’

‘यत्तिका वर्षपछि तलाईं देखेँ, अनि यो हर्षको आँसु हो। जाउ हिँड घर, उतै गफ गरौँला।’

घर ल्याएर उसलाई सत्कार गर्न पनि सकिनँ। मेरो सानो घरमा उसलाई अहिले कति धेरै असहजता भएको होला। म खिन्न परेँ। उ त बदलेकी रहिनछ अझ पनि। उसका वायुपंखी घोडा झैँ उडानका कुरा सुन्न पाएँ। उसले गाउँमा परिवर्तन ल्याउन सक्ने आधार, कार्यक्रम र नीतिनिर्माण सुनाई। उसले जनचेतनाका कुरा गरि, आर्थिक अवस्था सुधारका कुरा गरि, सिप विकास, समाज कल्याण, पूर्वाधार विकास, यातायात एंवं सञ्चार सुविधाका कुरा गरि। हस्तकला एवं घरेलु साना उद्योग, सिलाई बुनाई आदि कार्यक्रमले गाउँमा आर्थिक एवं सामाजिक विकास गर्न सकिनेमा जोड दिई। कृषिमा आधुनुकिकीरण, प्राविधिक विकास, आन्तरिक पर्यटनको गन्तव्य आदिले युगान्तकारी परिवर्तन ल्याउन सक्ने र गाउँ विकासमा महत्वपूर्ण रहने राधाले बताई। साथै उ अब यही बस्ने र अन्य आएका साथीहरु पनि गाउँमा विकासका लागि दक्ष जनशक्ति भएको भनी चिनजान गराईदि

म पुनः एकपटक अवाक बनी उसको कुरा सुनिरहेँश्र मलाई लाग्यो– हुने बिरुवाको चिल्लो पात भनेको यही हो। उ निडर, लक्ष्यकेन्द्रित, आत्मविश्वासी, लगनशील र मेहेनती छे। उसको यही विचार र चमत्कारिक नेतृत्वले म कायल भएकी छु।

नभन्दै केही वर्षमा गाउँमा परिवर्तन आयो। आर्थिक, सामाजिक, शैक्षिक परिवर्तन आयो। 

राधा म तिमीजस्तो बन्न किन सकिनँ?

तस्बिर : पिकपिक डट कम

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामबाबु सुवेदी
लेखकबाट थप
हाउस हसबेन्ड [कथा]
राधा...मेरी सखी [कथा]
जनताको काम कहिले गर्ने?
सम्बन्धित सामग्री
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
कविता : शोकमा गाईजात्रा छैन आज गाईजात्रा छैन, किन? शनिबार, भदौ १३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्