• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २३, २०८२ Tue, Dec 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

जनताको काम कहिले गर्ने?

64x64
रामबाबु सुवेदी आइतबार, असोज २५, २०७७  १२:२३
1140x725

देशको बेथिति र वर्तमान अवस्था हेर्दा यो लोकतान्त्रिक गणतन्त्र ल्याएर हामीले के पायौं र भन्ने लाग्छ। यी सबै एउटै कुवाका भ्यागुता हुन्। गरिब र शोषित वर्गको आवाज बनी आएको प्रचण्ड अहिले आफैं सामन्ती र शासक बनेर बसेका छन्। सर्वहाराका नेता मानिने ओली आफ्नै आफन्त र कुर्सीको प्रलोभनमा परेका छन्। यस्ताबाट के आशा गर्न सकिन्छ र देशले काचुली फेरोस्?

मलाई त लाग्छ, निमुखा जनताको सासलाई सिँढी बनाएर कुबेरको खजानामा पुग्न उनीहरुले यतिका प्रपञ्च रचे, माध्यम खोजेर आफू सोझै शिखरमा पुगे। यस्ता व्यक्तिलाई जनताको हकहित र दायित्वबोध के हुन सक्थ्यो? यी त पिपासु हुन्, पैसा र बिलासिताका भोगी हुन्। यिनीहरुलाई जीवनमा आफ्नो र आफ्ना परिवार अनि तिनका सहयोगी बाहेक अन्यको केही ख्याल छैन।

यस्ता अराजक मानसिकता भएका व्यक्ति, चाहे प्रचण्ड होउन् वा ओली वा देउवा, एउटा सादगी डाक्टर ४ हप्तासम्म सत्याग्रहमा रहँदा पनि सहानुभूति देखाउँदैनन्। सत्याग्रहीप्रति न्याय, सहानुभूति, गम्भीरता एवं जिम्मेवारबोध गरेको भए अनसन यति लम्बिँदैनथ्यो। उनीहरुले त डा केसी मरे पनि के फरक पर्ला र भन्ने शैली देखाए। धन्न यो देशका असल नागरिकहरु उनको पक्षमा उभिए र सरकार डा केसीसँग वार्ता र सहमति गर्न तयार भयो। उनको अनसन २८औं दिनमा टुंगियो।

नेताहरुसँग नोक्सानको खाता हुँदैन, हुन्छ त केवल नाफाको मात्र। त्यस्ता पैसाप्रेमीहरुसँग अरु के नै आशा गर्न सकिन्छ र? सत्तामा हुँदा हल न चल हुने र प्रतिपक्षमा बस्दा उथलपुथल गरौंलाझैं शैली छ, सबैको। अनि देशले के विकासको गति लिनु? आफैंमा मात्र केन्द्रित मोनोपोली राजनितिले आम नागरिकको माग भने कहिल्यै सम्बोधन हुन नसक्ने स्थिति छ।

वर्तमान अवस्थामा ओली सक्रिय भूमिकामा रहे पनि उनले आफ्नो बासस्थान मात्र मजबुत बनाएका छन्। झापामा रहेको दमक शहरमा अरबौंको प्रोजेक्ट पारेका छन्। देशको उन्नती र प्रगतिमा नलागेर आफ्नो शहरी विकासमा मात्र तत्पर हुनुले उनलाई देशकै प्रधानमन्त्री होइन, शहरिया प्रधानमन्त्री भन्न सकिने छ।

Ncell 2
Ncell 2

अहिले सत्तामा रहेका बेला उनले गतिला केही ठूला काम गर्न सक्थे तर उनी गैरजिम्मेवार शैली देखाइरहेका छन्। जसले धेरैको मनमा आघात पुगेको छ। कैयौं बलात्कारीले सजाय पाएका छैनन्। एनसेलदेखि वाइडबडीसम्मका अनेक काण्डहरुको छिनोफानो भएको छैन। ठूला काण्डमा प्रधानमन्त्री निकटकै मान्छे जोडिएका छन्। यसले देशमा न्याय पाइन्छ, अपराधीले सजाय पाउँछन्, भ्रष्टाचारी दण्डित हुन्छन् भन्ने आशा पनि हराउँदै गएका छन्।

लैंगिक हिंसा, जातीय भेदभाव एवं पितृसत्तात्मक सोच राखेर धेरैमाथि अपराध गरिएको छ। कमजोर अर्थतन्त्र, कछुवा गतिको विकास, भ्रष्टाचार, अनियमितता र अपारदर्शिता अहिलेको प्रमुख मुद्दा भइरहेको समयमा ती विषयलाई सम्बोधन गर्न नसक्नुले पनि सरकारको प्रभावकारिता र कार्यक्षमताप्रति प्रश्न खडा भएको छ।

अहिले महामारी फैलिरहँदा र दिनहुँ संक्रमण बढिरहँदा सरकारले जनताप्रति उत्तरदायी भूमिका निर्वाह नगरेको र जनभावनामा ठेस पुर्‍याएको प्रष्ट पाइन्छ। गतिलो स्वास्थ संरचना, मेडिकल शिक्षाको विकास, अस्पताल निर्माण, भेन्टिलेटर निर्माण वा आयात, कोरोना रोकथामका क्रियाकलापलाई तीव्रता दिनुको सट्टा झन् जनतामाथि त्रास छर्दै 'सास फेर्न गाह्रो भए वा बेहोस भए मात्र अस्पताल आउनू' भन्दै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति सरकारको तर्फबाट दिइएको छ। यसले हामी कति निर्लज्ज सरकारबाट शासित रहेछौं भन्ने महसुस हुन्छ। त्यसमाथि मेडिकल माफियाको बिगबिगी त छँदैछ।

राजतन्त्र फ्यालेर लोकतन्त्र ल्याएको के यस्तै शासन शैली हेर्नलाई थियो? एउटा राजा फालेर यहाँ कैयौं राजा उदाए, जसले देशलाई झन्‌झन् खाल्डोतिर हालिरहेका छन्। यस्तो अवस्थामा फेरि पनि कुनै किसिमको विद्रोह नहोला भन्न सकिन्न। अर्को माओवादी र अर्को प्रचण्डको जन्म नहोला भन्न सकिन्न। भयो भने फेरि देशको बर्बादी त हुन्छ।

त्यसैले ती दिनहरु ननिम्त्याउन र जनभावना कदर गर्दै अहिलेको मुद्दालाई सम्बोधन होस्। असन्तुष्टि सम्बोधन होस्। शासन सञ्चालनका कमजोरी सुधार होस्। सरकार उत्तरदायी बनोस् र दायित्वबोध गरोस्। लोकतान्त्रिक गणतन्त्रको मर्यादा कायम होस्। पक्ष प्रतिपक्षमा भन्दा पनि जायज मुद्दाको विचार गरियोस्, भेदभाव नरहोस्। 'आफ्नालाई काँख र अर्कालाई पाखा' भनेझैं उक्ति सरकारले गर्नु भएन।

नेपाली सबै समान हुन। त्यसैले जो सरकार वा सत्तामा हुन्छ उनीहरुले जनहित र जनभावनाको कदर गर्दै स्फटिक न्याय गर्न सकोस्। ताकि, त्यस्तै घटनाहरु नदोहोरिउन्। सरकार कानमा तेल हालेर नबसोस्। न्याय सबैलाई एउटै हो, सुनुवाइ ढिलो छिटो हुन सक्ला तर जनता माग सम्बोधन गर्दै हृदय ठूलो पारी आफ्नो अवधि सफल गरियोस्। फेरि निर्मला पन्तकी आमाले रुन नपरोस्, गोविन्द केसी फेरि अनसन बस्न नपरोस् र विगत दोहोर्‍याउने घटनाक्रम नहोस्।

त्यसैले पूर्वाग्रह नराखी भन्नुस् त सत्तामा रहँदा केही काम नगरे कहिले गर्ने त?

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामबाबु सुवेदी
लेखकबाट थप
हाउस हसबेन्ड [कथा]
राधा...मेरी सखी [कथा]
जनताको काम कहिले गर्ने?
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमले दियो विराटनगरलाई १५६ रनको लक्ष्य मंगलबार, मंसिर २३, २०८२
पहिलो क्वालिफायरमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्दै मंगलबार, मंसिर २३, २०८२
अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर राणा मंगलबार, मंसिर २३, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
काठमाडौँमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्