• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

जनताको काम कहिले गर्ने?

64x64
रामबाबु सुवेदी आइतबार, असोज २५, २०७७  १२:२३
1140x725

देशको बेथिति र वर्तमान अवस्था हेर्दा यो लोकतान्त्रिक गणतन्त्र ल्याएर हामीले के पायौं र भन्ने लाग्छ। यी सबै एउटै कुवाका भ्यागुता हुन्। गरिब र शोषित वर्गको आवाज बनी आएको प्रचण्ड अहिले आफैं सामन्ती र शासक बनेर बसेका छन्। सर्वहाराका नेता मानिने ओली आफ्नै आफन्त र कुर्सीको प्रलोभनमा परेका छन्। यस्ताबाट के आशा गर्न सकिन्छ र देशले काचुली फेरोस्?

मलाई त लाग्छ, निमुखा जनताको सासलाई सिँढी बनाएर कुबेरको खजानामा पुग्न उनीहरुले यतिका प्रपञ्च रचे, माध्यम खोजेर आफू सोझै शिखरमा पुगे। यस्ता व्यक्तिलाई जनताको हकहित र दायित्वबोध के हुन सक्थ्यो? यी त पिपासु हुन्, पैसा र बिलासिताका भोगी हुन्। यिनीहरुलाई जीवनमा आफ्नो र आफ्ना परिवार अनि तिनका सहयोगी बाहेक अन्यको केही ख्याल छैन।

यस्ता अराजक मानसिकता भएका व्यक्ति, चाहे प्रचण्ड होउन् वा ओली वा देउवा, एउटा सादगी डाक्टर ४ हप्तासम्म सत्याग्रहमा रहँदा पनि सहानुभूति देखाउँदैनन्। सत्याग्रहीप्रति न्याय, सहानुभूति, गम्भीरता एवं जिम्मेवारबोध गरेको भए अनसन यति लम्बिँदैनथ्यो। उनीहरुले त डा केसी मरे पनि के फरक पर्ला र भन्ने शैली देखाए। धन्न यो देशका असल नागरिकहरु उनको पक्षमा उभिए र सरकार डा केसीसँग वार्ता र सहमति गर्न तयार भयो। उनको अनसन २८औं दिनमा टुंगियो।

नेताहरुसँग नोक्सानको खाता हुँदैन, हुन्छ त केवल नाफाको मात्र। त्यस्ता पैसाप्रेमीहरुसँग अरु के नै आशा गर्न सकिन्छ र? सत्तामा हुँदा हल न चल हुने र प्रतिपक्षमा बस्दा उथलपुथल गरौंलाझैं शैली छ, सबैको। अनि देशले के विकासको गति लिनु? आफैंमा मात्र केन्द्रित मोनोपोली राजनितिले आम नागरिकको माग भने कहिल्यै सम्बोधन हुन नसक्ने स्थिति छ।

वर्तमान अवस्थामा ओली सक्रिय भूमिकामा रहे पनि उनले आफ्नो बासस्थान मात्र मजबुत बनाएका छन्। झापामा रहेको दमक शहरमा अरबौंको प्रोजेक्ट पारेका छन्। देशको उन्नती र प्रगतिमा नलागेर आफ्नो शहरी विकासमा मात्र तत्पर हुनुले उनलाई देशकै प्रधानमन्त्री होइन, शहरिया प्रधानमन्त्री भन्न सकिने छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले सत्तामा रहेका बेला उनले गतिला केही ठूला काम गर्न सक्थे तर उनी गैरजिम्मेवार शैली देखाइरहेका छन्। जसले धेरैको मनमा आघात पुगेको छ। कैयौं बलात्कारीले सजाय पाएका छैनन्। एनसेलदेखि वाइडबडीसम्मका अनेक काण्डहरुको छिनोफानो भएको छैन। ठूला काण्डमा प्रधानमन्त्री निकटकै मान्छे जोडिएका छन्। यसले देशमा न्याय पाइन्छ, अपराधीले सजाय पाउँछन्, भ्रष्टाचारी दण्डित हुन्छन् भन्ने आशा पनि हराउँदै गएका छन्।

लैंगिक हिंसा, जातीय भेदभाव एवं पितृसत्तात्मक सोच राखेर धेरैमाथि अपराध गरिएको छ। कमजोर अर्थतन्त्र, कछुवा गतिको विकास, भ्रष्टाचार, अनियमितता र अपारदर्शिता अहिलेको प्रमुख मुद्दा भइरहेको समयमा ती विषयलाई सम्बोधन गर्न नसक्नुले पनि सरकारको प्रभावकारिता र कार्यक्षमताप्रति प्रश्न खडा भएको छ।

अहिले महामारी फैलिरहँदा र दिनहुँ संक्रमण बढिरहँदा सरकारले जनताप्रति उत्तरदायी भूमिका निर्वाह नगरेको र जनभावनामा ठेस पुर्‍याएको प्रष्ट पाइन्छ। गतिलो स्वास्थ संरचना, मेडिकल शिक्षाको विकास, अस्पताल निर्माण, भेन्टिलेटर निर्माण वा आयात, कोरोना रोकथामका क्रियाकलापलाई तीव्रता दिनुको सट्टा झन् जनतामाथि त्रास छर्दै 'सास फेर्न गाह्रो भए वा बेहोस भए मात्र अस्पताल आउनू' भन्दै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति सरकारको तर्फबाट दिइएको छ। यसले हामी कति निर्लज्ज सरकारबाट शासित रहेछौं भन्ने महसुस हुन्छ। त्यसमाथि मेडिकल माफियाको बिगबिगी त छँदैछ।

Xtrem
Xtrem

राजतन्त्र फ्यालेर लोकतन्त्र ल्याएको के यस्तै शासन शैली हेर्नलाई थियो? एउटा राजा फालेर यहाँ कैयौं राजा उदाए, जसले देशलाई झन्‌झन् खाल्डोतिर हालिरहेका छन्। यस्तो अवस्थामा फेरि पनि कुनै किसिमको विद्रोह नहोला भन्न सकिन्न। अर्को माओवादी र अर्को प्रचण्डको जन्म नहोला भन्न सकिन्न। भयो भने फेरि देशको बर्बादी त हुन्छ।

त्यसैले ती दिनहरु ननिम्त्याउन र जनभावना कदर गर्दै अहिलेको मुद्दालाई सम्बोधन होस्। असन्तुष्टि सम्बोधन होस्। शासन सञ्चालनका कमजोरी सुधार होस्। सरकार उत्तरदायी बनोस् र दायित्वबोध गरोस्। लोकतान्त्रिक गणतन्त्रको मर्यादा कायम होस्। पक्ष प्रतिपक्षमा भन्दा पनि जायज मुद्दाको विचार गरियोस्, भेदभाव नरहोस्। 'आफ्नालाई काँख र अर्कालाई पाखा' भनेझैं उक्ति सरकारले गर्नु भएन।

नेपाली सबै समान हुन। त्यसैले जो सरकार वा सत्तामा हुन्छ उनीहरुले जनहित र जनभावनाको कदर गर्दै स्फटिक न्याय गर्न सकोस्। ताकि, त्यस्तै घटनाहरु नदोहोरिउन्। सरकार कानमा तेल हालेर नबसोस्। न्याय सबैलाई एउटै हो, सुनुवाइ ढिलो छिटो हुन सक्ला तर जनता माग सम्बोधन गर्दै हृदय ठूलो पारी आफ्नो अवधि सफल गरियोस्। फेरि निर्मला पन्तकी आमाले रुन नपरोस्, गोविन्द केसी फेरि अनसन बस्न नपरोस् र विगत दोहोर्‍याउने घटनाक्रम नहोस्।

त्यसैले पूर्वाग्रह नराखी भन्नुस् त सत्तामा रहँदा केही काम नगरे कहिले गर्ने त?

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामबाबु सुवेदी
लेखकबाट थप
हाउस हसबेन्ड [कथा]
राधा...मेरी सखी [कथा]
जनताको काम कहिले गर्ने?
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्रीले संसद्मा जवाफ दिने दिन कहिले ?: सांसद राई मंगलबार, असोज १३, २०८३
नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्