• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

हाउस हसबेन्ड [कथा]

64x64
रामबाबु सुवेदी शनिबार, पुस २५, २०७७  २२:००
1140x725

'ए बाबा। म अफिस गएँ है।'

'हुन्छ नानी। विस्तारै जाऊ है।'

'सुन्नु न, हिजो स्कुटीको चाबी कता राखेँ?,' जुत्ता र्‍याकमा किरिङ होल्डरमा चाबी नभेटेर सोधखोज गर्छिन् नैना।

'ए पर्ख है। बिर्सेर हिजो भान्सामा लगेको थिएँ, सायद। म ल्याइदिहाल्छु एकछिन बस है,' प्रेम हतार हतारमा सिँढी चढदै चाबी लिएर ओर्लिन्छन्।

फिस्स हाँस्दै नैना मायाले भरिएको आँखाले बिदा माग्दै मास्क र हेल्मेट लगाई स्कुटर सफा गर्न थाल्छिन्।

(मोबाइल हातमा दिँदै) 'यहाँभित्र तिम्रो मोबाइल छुटेछ नानी। एकैछिन है गेट खोल्दिन्छु म,' प्रेम हसिलो मुहारले नैनालाई बिदा गर्छन्।

(च्वाई..खिया लागेकाले आवाज निकाल्दै गेट खुल्छ।)

नैना पुनः प्रेमलाई हेर्दै 'मेरो हाउस हसबेन्ड' भन्दै भुटुटु आवाज निकाल्दै स्कुटर अगाडि बढाउँछिन्। प्रेम गेट लगाएर ढोका बन्द गर्दै भित्र कोठामा प्रवेश गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

'अहो! मेरो त क्लास छ। अनलाइनमा जान भुसुक्क बिर्सेछु,'  १०:१५ देखाइसकेको घडी हेर्दै आफैं फतफताउन थाल्छन्।

कोठामा एक कुनामा सेतो बोर्ड राखिएको छ। छेउमा एउटा मार्कर, डस्टर अनि अगाडि क्यामेरा स्टेन्ड बनाउन एउटा कुर्सीमाथि सिरानी राखिएको छ। मोबाइल अड्याएर र ल्यापटपबाट पढाउन मिल्ने गरी टेबल तयार पारिएको छ। खुल्ला कोठामा प्रशस्त हावा र सूर्य प्रकाश छिर्ने झ्याल छ।

प्रेम आफ्नो फर्मल सर्ट पेन्टमा टक्क सजिएर बस्छन्।

'गुड मर्निङ माइ डियर स्टुडेन्ट... सरी आइ गट लेट टुडे, ड्यु टु सम टेक्निकल डिफ्फिकल्टिज।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनको क्लास सुरु हुन्छ।

करिब १२ बजे उनको दुई पिरियड लिएर मुस्कानका साथ बाहिर निस्कन्छन्। 'अहो! मेरो त कपडा सुकाउनु छ। मेसिनमा हालेको थियो। यस्तो चर्को घाम लागेको छ फेरि अहिले सुकाइएन भने यो जाडोमा सुक्न टाइम लाग्छ,' उनी फतफताउँछन्।

प्रेम हतारले वासिङ मेसिन भएको स्थानमा पुग्छन् अनि एउटा बास्केटमा चिसा कपडा निकाली छतमा लिएर जान्छन्। काठमाडौंको व्यस्त सहरमा घर भए पनि प्रेमको घरबाट पारिको दृश्य लोभलाग्दो देखिन्छ। उपत्यका.. वरिपरि पहाड उत्तरमा हिमाल, पश्चिममा स्वयम्भु, दक्षिणमा चन्द्रागिरि र दक्षिणकाली अनि पूर्वमा कन्क्रिटका घरहरु। उनलाई नियमित यी कार्य गर्दा समय लाग्दैन, कपडा सुकाउँछन र क्लिपले च्याप्दै हावालाई कपडा उडाएर देखाउन चुनौती दिन्छन्।

तल ओर्लिएर उनी तातो पानी खान थर्मस खनाउँदा पानी सकिएकाले खानेपानी इलेक्ट्रिक किट्लीमा बसाउँछन्। भान्सामा अलिक व्यवस्थापन गरी उनी अघि नैनाले मोलेर राखेको भाडाकुडा मिलाएर राख्छन्। पानी उम्लिएपछि बन्द गर्दै बैठकमा बसी टिभीमा ताजा वर्तमान घटनाक्रम नियाल्छन्। दिउँसो खाजा बनाई खाएपछि घर चिटिक्क सफा पार्दै उनी दिनभरिको कामको बिट मार्छन्।

नैनालाई बेलाबेला फोन गर्दै खाजा पानी राम्ररी गर्न मायालु भावमा सम्झाउँछन्। नैना अफिसमा व्यस्त भएकीले उनीहरुको दैनिक धेरै फोनमा कुराकानी हुँदैन। साँझ झमक्क परेपछि नैना आउने बाटो हेर्दै प्रेम बेलाबखत बाटोमा नजर डुलाउछन। बेलुकी सब्जी तरकारीको व्यवस्था गर्न कहिलेकाही प्रेम आफैं दौडिन्छन्। प्राय एकमुष्ठ किनमेल गर्दै हप्ता भरिको रासन स्टोर गरेका हुन्छन् उनीहरू।

सूर्यले दिनलाई बिदा माग्दै पश्चिममा अस्ताउन तयार हुन्छ। गोधुली साँझले आकाश रातो रातो भएर मन लोभ्याउछ, आकर्षण गर्छ र विस्तारै पूर्वमा चन्द्रमा मधुरो बनिँदै देखिन थाल्छ। ताराहरु विस्तारै देखिन थाल्छन्। प्रेमले सबै कोठा अनि बरन्डाको बत्ती बाली सन्ध्याकालीन पूजा गर्छन्।  त्यस पश्चात् नैनाले ढिला गर्ने अनुमान लाउदै उनि आउनु अगाडि प्रेम खाना पकाउन भान्सामा जान्छन्। यत्तिकैमा फोन बज्छ।

'बाबा म आउन ढिला हुन्छ है। केही नगर्नू म आएर पकाउछु,' नैनाले यत्ती भन्दै फोन राखिन्। प्रेम खाना बनाएर सबै हटकेसमा राख्छन्। अनि टिभी हेर्दै बस्छन्। राति ८ बज्दा बल्ल ढोकाको घण्टी बज्छ (टिङ्ग्टोङ्ग)। प्रेम हतारिँदै गएर ढोका खोली नैनालाई स्वागत गर्न पुग्छन्।

'अहो स्कुटी आएको थाहा पाइनँ मैले। टिभीको आवाज ठूलो थियो। धेरै समय त कुर्नु परेन नि नानी?'

'छैन बाबा! आज ढिला भयो। अनलाइन केही अर्डर गरी खाऔं न है,' जुत्ता खोल्दै नैना थकित स्वरमा भन्छिन्।

'हुन्छ नानी। पहिला माथि जाऔं। हिँड फ्रेस हुनु अनि चिया खाउँला अनलाइन अर्डर अनि दिनुपर्छ है,' मुसुमुसु हाँस्दै प्रेम कपाल सुम्सुम्याउछन्।

'हस बाबा। थेन्क यु फर योर कम्पनी,' म माथि गएँ है। गेट लगाइदिनु न।

नैना फ्रेस भएर ड्रेस चेन्ज गरी माथि बैठकमा जान्छिन्। प्रेम भने टिभी हेर्न व्यस्त रहन्छन्।

'आज त हेक्टिक वर्क सेड्युल थियो। हाई प्रेसर वर्क। सरी बाबा म बीचमा केही सोध्न र बोल्न पाइनँ। के मगाउने? हजुर मगाउनु म कफी बनाउँछु,' नैना प्रेमको छेउमा थकित शरीरलाई विश्राम गर्न बस्दै भन्छिन्।

प्रेम मौन बनी मोबाइल हातमा खेलाउँदै बस्छन्। एकैछिनमा भान्सामा नैना पसेर नियाल्दा छक्क पर्छिन्। हसिलो मुद्रामा प्रेमको समीप आएर बस्छिन् र हात समाउँदै भन्छिन्- 'बाबा मेरो मास्टर सेफ, मेरो हाउस हसबेन्ड! तिमी मलाई किन यति धेरै माया गर्छौ?'

प्रेम फिस्स हासेर नैनाको कपाल सुम्सुम्याउदै भन्छन्- 'तिमी म भनेको बराबरी हो नि। तिमी हाउसवाइफ हुन सक्छौ भने म हाउस हसबेन्ड किन हुन सक्दिनँ? नानी भोक लाग्यो। अब जाऔं खाना खाऔं।'

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  २२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामबाबु सुवेदी
लेखकबाट थप
हाउस हसबेन्ड [कथा]
राधा...मेरी सखी [कथा]
जनताको काम कहिले गर्ने?
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्