काठमाडौं-सुनको मूल्य एकै दिन प्रतितोला १७ सय रुपैयाँले घटेको छ।
मंगलबार तोलामा १७ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि उल्लेख्य रुपमा घटेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य १३ सय २० रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी पनि एकै दिन तोलामा ९० रुपैयाँले घटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।