न्यूयोर्क- सामाजिक सञ्जाल टिकटकले प्रतिबन्ध लगाउने अमेरिकी सरकारको निर्णयलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर गरेको छ। शुक्रबार टिकटकले चीनिया सोसल मीडिया नेटवर्क प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय विरुद्ध मुद्दा दायर गरेको हो।
रोयटर्सका अनुसार टिकटकले उसको मूल कम्पनी बाइटडान्स लिमिटेडले ट्रम्प प्रशासनविरुद्ध बासिंटनको एक संघीय अदालतमा मुद्दा दायर गरेको हो। अमेरिकी वाणिज्य विभागले शुक्रबार चीनियाँ लगानीको टिकटक र वी च्याट २० सेप्टेम्बर २०२० सम्म डाउनलोड गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो।
यो एप प्रयोग गर्ने १० करोडभन्दा धेरै अमेरिकी नागरिकको व्यक्तिगत डाटा चीनियाँ कम्युनिस्ट पार्टीको सरकारलाई दिइएको आरोप राष्ट्रपति ट्रम्पले लगाउने गरेका छन्।
कम्पनीले यो प्रतिबन्ध राजनीतिक कारणले लगाइएको जिकिर गरेको छ। लामो समयदेखि अमेरिका चीन व्यापारमा शीतयुद्ध चलिरहेको छ। कोरोना भाइरसपछि यो विवाद जारी गरेको छ।
ट्रम्पले चीनियाँ भाइरस भनि टिप्पणी गर्दै आएका छन्। ट्रम्पले ६ अगस्ट २०२० मा एक आदेश जारी गर्दै टिकटक र वी-च्याटमाथि रोक लगाएका थिए। १४ अगष्टमा ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर टिकटक बिक्री गर्नका लागि ९० दिनको समय दिएका थिए।
उनले यसको स्वामित्व एक नयाँ कम्पनीको हुनुपर्ने र यसको मुख्यालय अमेरिकामा हुनुपर्ने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।