काठमाडौं- सरकारले महालेखा नियन्त्रक रहेका गोपीनाथ मैनालीको शिक्षा मन्त्रालयमा सरुवा गरेको छ। महालेखा नियन्त्रकमा भने केही समय अघि बढुवा भएका सचिव मधुकुमार मरासिनीलाई पठाइएको छ।
यसका साथै अतिरिक्तमा रहेका दुई सचिवलाई जिम्मेवारी दिइएको छ।
अतिरिक्तमा रहेका सचिव केदार न्यौपानेको व्यवस्थापन प्रधानमन्त्री कार्यालयमा गरिएको छ। प्रधानमन्त्री कार्यालयमा सचिवको एक दरबन्दी रिक्त थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।