काठमाडौं– साधना नगरेर अटोट्युनका भरमा हिट दरिएका गायक र गायिकालाई स्वरुपराज आचार्यले ब्यंग्य कसेका छन्। 'रेकर्डिष्टहरुको रियाज' भन्दै सामाजिक सञ्जालमा उनले धेरै कलाकार अटो र म्यानुअल ट्युनबाट गायका गायिका कहलिएको संकेत गरेका छन्।
उनले यस्ता गायक गायिकालाई लक्ष्य गर्दै सामाजिक सञ्जालमा ब्यंग्य गरेका छन्, 'गायक गायिकाहरुले तानपुरा वा हार्मोनियममा रियाज गर्न छोडिसके, अहिले विचरा रेकर्डिष्टहरुलाइ रियाज गर्नपरिरहेको छ। ती गायक वा गायिकाको कम्प्युटरमा सुर म्यानुयल्ली मिलाउने रियाज।'
स्टुडियोका प्राविधकहरुले अटो वा म्यानुअल ट्युन गर्न २/४ घन्टा लाग्ने र दिमाग खराब हुने अनुभव सुनाएको उनले उल्लेख गरेका छन्। यसरी प्रविधीले भाइरल बनाएकाहरु नै चुरीफुरी गरिरहेको भन्दै नेपाली संगीतको बिडम्बना उजागर गरेका छन्।
रेकर्डिष्टले कलाकार बनाएकाहरु उनीहरुलाई नै चिन्न छाड्ने भन्दै प्राविधिप्रति सम्मान व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।