• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस ८, २०८२ Tue, Dec 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

त्यो रेल, यो रेल

64x64
शिव बोहरा शुक्रबार, असोज २, २०७७  १७:३७
1140x725

काठमाडौं-  केही दिन यता नेपालमा रेलको धेरै चर्चा चुलिएको छ। शुक्रबार नेपालले आफैं किनेका दुईवटा रेल सेट जनकपुर आइपुगेपछि रेलको चर्चाले  भएको हो। नेपालमा रेल सञ्चालनको पुरानो इतिहास छ। तर पछिल्लो समय केपी शर्मा ओलीले २०७४ मा भएको चुनावमा रेललाई मुख्य नाराको रुपमा प्रचार गरेसँगै रेलप्रति धेरैको चासो बढेको हो। 

नेपालमा रेल सेवाको इतिहास भने लामै छ। सन् १९२७ मा नेपालमा रेल सेवा सञ्चालनमा आएको थियो। उक्त रेल नेपाल सरकार रेलवे (एनजिआर) मातहतमा सञ्चालित थियो। पहिलो रेल रेलवे ७६२ एमएम न्यारो गेज हो। तत्कालीन बेलायती सरकारले भारतको रक्सौल–अमलेखगन्ज ३९ किलोमिटर रेलमार्ग निर्माण गरेको थियो। यसले अमलेखगन्ज–भीमफेदी हुँदै काठमाडौंसम्मको पैदलयात्रा सहज बनाएको थियो। 

उक्त रेल बाफ (स्टिम) इन्जिनबाट सञ्चालन हुन्थ्यो। रक्सौल–अमलेखगन्ज रेल सन् १९६५ सम्म सञ्चालनमा थियो। महेन्द्र राजमार्गको सञ्चालनमा आएपछि यो रेलमार्ग इतिहास भएको हो। दोस्रो रेल अहिले चर्चामा रहेको जयनगर–जनकपुर रेल हो। सन् १९३७ मा सञ्चालनमा आएको यो रेल जयनगरदेखि विजलपुरासम्म सञ्चालनमा थियो। तत्कालीन बेलायत सरकारले नेपालबाट जडिबुटी, काठ तथा खनिज पदार्थ लैजानका लागि रेल सञ्चालन गरेको थियो। उक्त रेल पनि न्यारो गेजकै थियो।

जनकपुर–विजलपुरा २२ किलोमिटरको रेलवे ट्र्याक र दुईवटा पुल बाढीले बगाएपछि सन् २००१ बाट रेल सञ्चालन ठप्प भएको थियो। यसको लम्बाइ र रेल लिंकको स्तरोन्नति गरेर ब्रोड गेजमा विस्तार गर्ने नीति सरकारले लिएको हो। यो रेलमार्गलाई जयनगर–जनकपुर–बिजलपुरा–बर्दिबाससम्म ६९ किमिमा विस्तार भइरहेको छ।

जयनगरदेखि जनकपुरसम्म भने रेल सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ। भारत सरकारको सहयोगमा निर्माण गरिरहेको ६९ किमि रेलमार्गमध्ये तीन किमी भारतीय भूमिमा पर्छ।

त्यस्तै, भारतबाट नेपालको सीमानाका वीरगन्जको सुक्खा बन्दरगाहसम्म रेलसेवा सञ्चालन हुँदै आएको छ। यो रेलसेवा कार्गो (मालवस्तु ढुवानी)का लागि मात्र प्रयोग हुँदै आएको छ। यातायातका साधनमा सबैभन्दा सस्तो पानीजहाजलाई मानिन्छ भने पानीजहाजपछि रेल यायायात, त्यसपछि सडक यातायात तथा हवाई यातायात पर्छन्।

जनकपुर जयनगर रेल सुरुमा निर्माण हुँदा न्यारोगेजमा थियो भने २०१८ मा यसलाई ब्रोड गेजमा विस्तार गरिएको हो। सरकारले २०७५ मा रेल किन्नका लागि ८४ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको थियो। जयनगर जनकपुर रुटमा सञ्चलान गर्नका लागि नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट किनेको थियो। गत वर्ष नै खरिद प्रक्रिया अघि बढाइएको रेल कम्पनीले तयार पारेको थियो। जनकपुर–जयनगर खण्डमा चलाउन खरिद गरेर ल्याइएको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमयुक्त हो। 

रेल विभागका अनुसार नेपाल ल्याइएका रेल १३ सय सिट क्षमताका हुन्। यो रेलमा भारतको मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्सप्रेस’ मा जस्तै सुविधा रहेका छन्। रेल्वे कम्पनीले रेलको भाडा लगायतको विषय भने टुंगो लगाइसकेको छैन।  

Ncell 2
Ncell 2

नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि केही दिनअघि १ सय २९ जना सहायक प्राविधिकसहितको कर्मचारी मागेको थियो। जनकपुर–जयनगर खण्डमा रेल सञ्चालनका लागि २ सय २६ जना जनशक्ति आवश्यक पर्ने कम्पनीको भनाइ छ।

तर सुरूमा  कम्पनीले १ सय २९ जना कर्मचारी लिन लागेको हो। अन्य कर्मचारी भने आवश्यकता अनुसार थप्दै जाने कम्पनीले जनाएको छ। प्रशासनिक र प्राविधिक सहयोगी कर्मचारी भर्ना गर्न लागिएको हो। रेलको ड्राइभर र स्टेसन प्रमुख भने भातरबाट नै ल्याइएको छ। 

जनकपुर-जयनगर रुटमा चल्ने रेल दसैं अघि नै सञ्चालन गर्ने तयारी रेल्वे कम्पनीले गरेको छ। रेलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सम्भावना छ। 

भारतसँग खरिद गरिएको दुई रेल डिजेल मल्टी इलेक्ट्रोफायरिङ (डिमो) मोडलको रेल हो। एउटा ट्रेन सेटमा ५ वटा डिब्बा (बोगी) हुन्छ। जसमा एउटा मूख्य इन्जिन र अर्को सहायक इन्जिन समावेश छ। एउटा ट्रेन सेटले १३ सय यात्रु वोक्न सक्छ। रेल विभागका अनुसार डिमो रेल दुवैतिरबाट संचालन गर्न सकिन्छ। यसलाई नघुमाई संचालन गर्न सकिने र छोटो दूरीमा यो मोडलको रेल संचालन गर्न उपयुक्त हुने विभागले जनाएको छ। 

सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गसँगै काठमाडौं-वीरगञ्ज, केरुङ-काठमाडौं, काठमाडौं-पोखरा-लम्बिनीसम्मको रेल मार्ग निर्माणको सपना बाँडेको छ। तर पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको १ सय ६ किलोमिटरमा ट्राक निर्माणका लागि निकालेको ठेक्का रद्द गरेको छ। रेल विभागले उक्त ट्राक निर्माणका लागि आह्वान गरेको ठेक्का विवादमा तानिएपछि रद्द गरेको हो। 

यता काठमाडौं वीरगञ्ज रेल निर्माणका लागि भारत सरकारले प्रारम्भिक अध्ययन गर्ने प्रतिवद्धता जनाएको छ। भारतीय टोली नेपाल आइसक्नु पर्नेमा कोरोना भाइरसका कारण गरिएको लकडाउनले रोकिएको रेल विभागले जनाएको छ। त्यसैगरि केरुङ–काठमाडौं रेल निर्माणका लागि चिनियाँ टोलीले प्रारम्भिक स्थलगत अध्ययन गरेको थियो।

तस्बिर

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १७:३७
  • #रेल
  • #rail

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो।... मंगलबार, मंसिर १६, २०८२
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो। शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
चुनाव सम्पन्न गर्न वातावरण बनाउन सरकार र तीन दलबीच समझदारी मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
महाधिवेशन केही समय पर धकेलिन सक्ने डा. शेखर कोइरालाको संकेत मंगलबार, पुस ८, २०८२
सामान्य अंकले बढ्यो नेप्से मंगलबार, पुस ८, २०८२
सद्‌भावना पार्टीका नेता बद्री मण्डलको निधन मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्