काठमाडौं-सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ।
बिहीबार छापावाल सुनको मूल्य ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। बिहीबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि १३ सय ३० रुपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।