• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ४, २०८२ Wed, Mar 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मानव पुँजी विकासमा नेपालको सन्तोषजनक प्रगति : विश्व बैंक 

64x64
नेपाल लाइभ शुक्रबार, असोज २, २०७७  ०६:३७
1140x725

काठमाडौं-कोभिड-१९ महामारीका बाबजुद पनि नेपालले मानव पुँजी विकासमा उल्लेख्य प्रगति हासिल गरेको तथ्यांक सार्वजनिक भएको छ। विश्व बैंकले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस महामारी र त्यसभन्दा अघिको अवस्थामा कमजोर आर्थिक स्थिति भएका मुलुकमा स्वास्थ्य र शिक्षा क्षेत्रमा तुलनात्मक उपलब्धी नदेखिँदासमेत नेपालले सन्तोषजनक प्रगति हासिल गरिरहेको जनाएको हाे। 

विश्व बैंकले विभिन्न मुलुकको अहिलेको शिक्षा र स्वास्थ्य प्रणालीले आउँदो पुस्ताका लागि दक्ष जनशक्ति उत्पादनमा कस्तो प्रभाव राख्छ भन्ने अध्ययन गर्न मानव पुँजी सूचकांक (ह्युमन क्यापिटल इन्डेक्स) सार्वजनिक गर्दै आएको छ।

बिहीबार सार्वजनिक भएको ‘२०२० ह्युमन क्यापिटल इन्डेक्स’ रिपोर्ट अनुसार कोभिड-१९ महामारी फैलनुपूर्व कमजोर अर्थतन्त्र भएका मुलुकले पनि उल्लेख्य प्रगति गर्दै गएको र त्यो निकै सराहनीय कदम भएको उल्लेख छ।

Ncell 2
Ncell 2

विश्वका १७४ वटा मुलुकमा भएको अध्ययनअनुसार मानव पुँजी सूचकांकमा नेपालले ०.५० अंक पाएको छ। कुल १ अंकभारलाई आधार मानेर तयार पारिएकाे सूचीमा ०.८८ अंकसहित सिंगापुर पहिलो नम्बरमा छ। त्यस्तै क्रमशः हङकङ, जापान, कोरिया, क्यानडा र फिनल्याण्ड शीर्ष स्थानमा छन्।

खराब अवस्था भएका मुलुकको सूचीमा ०.२९ अंकसहित सेन्ट्रल रिपब्लिकन अफ्रिका पहिलो नम्बरमा छ। त्यस्तै दक्षिण सुडान, लाइबेरिया, माली, नाईजेरियालगायत देशहरुको मानव पूँजी सुचकांक कमजोर छ। 

नेपालले पाएको ०.५० अंकले अहिलेको समयमा जन्मिएका ५० प्रतिशत बालबालिकाले राम्रो शिक्षा र स्वास्थ्यको सुविधा पाउने र भोलि उनीहरु दक्ष श्रमशक्तिका रुपमा विभिन्न क्षेत्रमा आवद्ध हुन सक्ने सम्भावनालाई प्रतिविम्बित गरेको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। दक्षिण एसियाली मुलुक र नेपालको जस्तै अर्थतन्त्र भएका अरु मुलुकको तुलनामा नेपालले राम्रो प्रगति गरेकोसमेत उल्लेख गरिएको छ। 

‘मानव पूँजीमा हुने लगानी पनि पूर्वाधारका क्षेत्रमा हुने लगानी जत्तिकै महत्वपूर्ण छ। यसमा भएको लगानीले दीर्घकालका लागि स्वस्थ र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ। अहिले महामारीको अवस्थामा पनि नेपालले सक्षम मानव पूँजी विकासका लागि चनाखो हुन जरुरी छ,’ विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जर्भोसले भने। त्यसका लागि तीन तहको सरकारबीचको समन्वय र सहकार्य आवस्यक हुने पनि उनले बताए। 

कोरोना भाइरस महामारीका कारण विश्वका १७४ देशका १ अर्बभन्दा बढी बालबालिका स्कुल जान नपाएर शिक्षाको पहुँचबाट बाहिर हुन पुगेकोमा त्यसले दीर्घकालमा दक्ष र सबल मानव पूँजी विकासका लागि असर देखापर्न सक्ने पनि विश्व बैंकले जनाएको छ। नेपालको हकमा पिछडिएको, सिमान्तकृत, र कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिकालाई केन्द्रमा राखी शिक्षा र स्वास्थ्यका कार्यक्रमहरु लागू गरिनुपर्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  ०६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रवि लामिछाने ललितपुरमा
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना
मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको हो। बुधबार, चैत ४, २०८२
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा तोकिएको छ । बुधबार, चैत ४, २०८२
सुनचाँदीको मूल्य सामान्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम भएको छ । मंगलबार, चैत ३, २०८२
ताजा समाचारसबै
रास्वपा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रवि लामिछाने ललितपुरमा बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत बुधबार, चैत ४, २०८२
निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन बुधबार, चैत ४, २०८२
मोसादका लागि जासुसी गरेको भन्दै इरानमा एक व्यक्तिलाई फाँसी बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्