काठमाडौं- नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङकाे पुनर्नियुक्तिका विषयमा मन्त्रिपरिषद् बैठकमा एजेन्डा नै पेस भएन। बिहीबार प्रधानमन्त्री निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकमा कुलमानको पुनर्नियुक्तिका विषयमा एजेन्डा नै पेस नभएको एक मन्त्रीले जानकारी दिएका छन्।
नेपाल लाइभसँग कुराकानी गर्दै ऊर्जामन्त्री वर्षमान पुनले बिहीबारको बैठकमा कुलमानलाई पुनर्नियुक्ति दिनका लागि प्रस्ताव पेस गरिने बताएका थिए।
कुलमानलाई प्राधिकरणमा पुनर्नियुक्ति गर्नका लागि सार्वजनिक दबाब बढ्दै गएको छ। बैठकमा मन्त्रालयका नियमित एजेन्डामा निर्णय भएको ती मन्त्रीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।