काठमाडौं–बिहीबार सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ।
बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।