काठमाडौं-शिवम् सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा भारतीय नागरिक देवन्द्र सिन्हा नियुक्त भएका छन्।
नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा सिन्हालाई नियुक्त गरिएको कम्पनीले जनाएको छ। सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरि नियुक्त गरिएको हो।
कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत छ। कम्पनीको प्रमुख लगानीमा गोएल समूह, लक्की ग्रुप, जेवी मारु ग्रुप, भीमसरिया ग्रुप र देवेद्र ग्रुप रहेका छन्। कम्पनीले गत वर्ष प्राथमिक शेयर निष्काशन गरेर दोस्रो बजारमा सूचीकृत गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।