काठमाडौं–नेपाल एलपी ग्यास उद्योग संघ बागमती प्रदेशले असोज २ गतेबाट लागू हुने गरी खाना पकाउने एलपी ग्यास खाली सिलिण्डरको धरौटी मूल्य २ हजार १ सय रुपैयाँ तोकेको छ।
यसअघि ग्यास उद्योगहरुले आफूअनुकुल रकम लिने गरेकोमा एकरुपता कायम गर्न मूल्य तोकिएको संघले जनाएको छ। यसअघि उद्योगहरुले पहिलोपटक ग्यास सिलिण्डर बेच्दा फरक–फरक मूल्यमा बेच्ने गरेका थिए।
अबदेखि पहिलो पटक भरी ग्यास किन्दा सबै सिलिण्डरमा खाली सिलिण्डरको धरौटी मूल्य २ हजार १ सय रुपैयाँ र ग्यास भरेको १ हजार ३ सय ७५ रुपैयाँ गरी ३ हजार ४ सय ७५ रुपैयाँ पर्नेछ।
बिक्रेताहरुको हकमा ह्याण्डलिङ खर्चवापत् प्रतिसिलिण्डर १ सय रुपैयाँ कट्टा गरी बिक्रेतालाई उपलब्ध गराईने पनि संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।