काठमाडौं- डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको छ। नेपाल आयल निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रूपैयाँ तोकिएको छ।
पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। मूल्य समायोजन भएपछि पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९ रूपैयाँ र डिजेलमा प्रतिलिटर ३७ रूपैयाँले नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।