काठमाडौं- निजामती सेवाभित्र अधिकृतस्तरसम्म कार्यरत रही विभिन्न कारणले निलम्बनमा परेका कर्मचारीले आधिकारिक युनियनको चुनावमा मतदान गर्न नपाउने भएका छन्। असोज २४ गते आधिकारिक युनियनको चुनाव हुँदैछ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका प्रमुख निर्वाचन अधिकृत कलानिधि पौड्यालले गरेको परिपत्रअनुसार राजपत्रांकित तृतीय श्रेणी वा सो सरहरका कर्मचारी निमित्त भई कार्यालय प्रमुख रहेको हकमा भोट हाल पाउने तर सोही श्रेणीका कर्मचारी कायममुकायम कार्यालय प्रमुख रहेको अवस्थामा भने भोट हाल्न नपाउने उल्लेख छ।
यसैगरी राजपत्र अनंकित वा सो सरहका कर्मचारी कार्यालय प्रमुख भएको अवस्थामा पनि उनीहरूले मतदान गर्न पाउने छैनन्।
यस्तै मतदाता हुन योग्य कर्मचारीको दरबन्दी रहेको भए पनि हाल कार्यरत रहेको निकायकै मतदाता हुने पनि पौड्यालले पठाएको पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।