• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देश कोरोनाको गम्भीर संकटमा तर निजामती कर्मचारीलाई भने आफ्नै चुनावको चटारो

64x64
सविन मिश्र बुधबार, भदौ ३१, २०७७  ०८:३१
1140x725

काठमाडौं- सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनको तयारी अघि बढाएको छ। कर्मचारीको आधिकारिक युनियनको चुनाव यही असोज २४ गते गर्ने गरी तयारी अघि बढाइएको छ। ७७ वटा जिल्ला तथा मन्त्रालयहरू र अदालत गरी १०७ वटा निकायमा आधिकारिक युनियनको चुनाव हुनेछ। यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कलानिधि पौड्याललाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ। 

प्रमुख निर्वाचन अधिकृत पौड्यालले निर्वाचनको कार्यतालिका र निर्वाचन आचारसंहिता जारी गरिसकेका छन्। यसअनुसार सम्पूर्ण जिल्ला तथा मन्त्रालयमा निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ। असोज १ गतेबाट आचारसंहिता लागू हुनेछ। पौड्यालले पठाएको पत्रमा असोज १ गतेपछि निर्वाचनमा मतदाता हुने कर्मचारीको सरुवा नगर्न सबै निकायलाई भनिएको छ। 

आधिकारिक ट्रेड युनियनको चुनावका लागि अर्थ मन्त्रालयसँग बजेटसमेत मागिएको छ। कर्मचारी युनियनका पदाधिकारीले दिएको जानकारीअनुसार तत्कालका लागि ३ करोड रूपैयाँ माग गरिएको छ। 'तोकिएको मितिमा चुनाव गराउन पैसा मागेका छौँ,' युनियनका एक पदाधिकारीले भने। 

तत्काल करिब ३ करोड रूपैयाँ माग भए पनि निर्वाचन सकिँदा त्यतिले खर्च पुग्दैन। त्यतिबेला थप रकम माग गर्नुपर्ने अवस्था आउने युनियनकै पदाधिकारीहरू बताउँछन्। निर्वाचनमा खटिने पदाधिकारीलाई भत्ता, उनीहरूको खाजा खर्च तथा निर्वाचन सामग्री सरकारी खर्चमै गर्ने भएकाले यो रकमले नपुग्ने युनियनका नेताहरू बताउँछन्। 

देशमा अहिले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सरकारले उपलब्ध साधन स्रोत कोरोना रोकथाममा प्रयोग गर्नुपर्नेमा कर्मचारीहरू भने आफ्नै चुनाव गर्ने भन्दै तम्सिएका छन्। 'संकटको समयमा काम गर्नुपर्ने हो, तर कर्मचारीहरू भने चुनाव भन्दै हिँडेका छन्,' सरकारका एकजना सचिवले भने, 'एकातिर सरकारले नै यो संकटमा पैसा दिएर चुनाव गराउनुपर्ने हुन्छ भने अर्कोतिर कर्मचारीलाई काम लगाउन पाइँदैन।' 

प्रमुख निर्वाचन अधिकृतले शाखा अधिकृत तहसम्मका कर्मचारी सरुवा नगर्न भनिसकेका छन्। अब कोरोना रोकथाम र नियन्त्रणका लागि त्यस्ता कर्मचारी खटाउनसमेत नसक्ने अवस्था सिर्जना भएको छ। '६ महिना ढिला निर्वाचन गरे पनि हुने कानुनी व्यवस्था छ। अहिले नै नगरी नहुने के अवस्था आइलाग्यो थाहा छैन,' ती सचिवले भने। 

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा देशभर प्रतिकूल परिस्थिति विकसित हुन लागेको भए पनि कर्मचारीहरू भने चुनावको तयारीमा अघि बढेका छन्। विभिन्न राजनीतिक दलमा आवद्ध कर्मचारीहरू समूह बनाएर छलफलमा जुटेका छन्। यसैगरी मन्त्रालय तथा जिल्लामा रहेका दलनिकट संगठनहरूको बैठक बसेर निर्वाचनको एजेन्डासमेत तयार गरिरहेका छन्। 

संघीय मामिलाले नगरेपछि निर्वाचन समितिले टुंग्यायो मतदाता नामावली
प्रमुख निर्वाचन अधिकृत पौड्यालले नै निजामती कर्मचारीको चुनावमा मतदान गर्न सक्ने कर्मचारी को-को हुने र नहुने भन्ने टुंगो लगाइदिएका छन्। उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयले गर्न नसकेको काम आफूले टुंग्याइदिएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

'आफैँ कानुनको ज्ञाता भएकाले व्याख्या गरी निर्णय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भनेको हुनाले मैले टुंगो लगाइदिएको छु,' प्रमुख निर्वाचन अधिकृत पौड्यालले भने, 'सबैको सहयोगले मैले काम अघि बढाएको छु।' 

उनले निर्वाचन अधिकृतहरूलाई गरेको परिपत्रमा संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका श्रेणीविहीनदेखि राजपत्रांकित तृतीय श्रेणी (अधिकृतस्तर) र तहगत व्यवस्था भएका निकायमा आठौं तहका अधिकृतसम्म मतदाता हुने उल्लेख गरेका छन्। 

प्रदेश र स्थानीय तहले निजामती सेवासम्बन्धी कानुन जारी गरी ट्रेड युनियनसम्बन्धी व्यवस्था गरेमा त्यसैअनुसार हुने र भएकाले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सम्पूर्ण मन्त्रालय, प्रदेशसभा, प्रदेशस्तरीय विभाग, निर्देशनालय, कार्यालयलगायतका निकायमा कार्यरत निजामती कर्मचारीहरू त्यसै जिल्लाको मतदाता हुने उल्लेख छ। 

कर्मचारी समायोजन ऐन, २०७५ पश्चात लोकसेवा आयोगको विज्ञापनबमोजिम छनाेट भई विभिन्न स्थानीय तहमा नियुक्त भई पदस्थापन भएका कर्मचारीहरूले मतदान गर्न पाउँदैनन्। प्रदेश तथा स्थानीय तहमा समायोजन भई केन्द्र तथा अन्य निकायमा कार्यरत कर्मचारीले सम्बन्धित निकायबाट मतदान गर्न सक्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेरो लागि अब कोरोना गौण विषय भयो : प्रमुख निर्वाचन अधिकृत पौड्याल
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव गराउने भनेर लाग्नु भएको छ। यस्तो जटिल अवस्थामा चुनाव गर्न सकिन्छ?

चुनाव गर्न सकिन्छ। नेपाल सरकार मन्त्रिपरिषदले मलाई चुनाव गराउने जिम्मेवारी दिएको छ। कि त अब मन्त्रिपरिषदले नै चुनाव हुन सक्दैन भन्नुपर्‍यो। अन्यथा चुनाव हुन्छ। तोकिएको मितिमा नै चुनाव सम्पन्न हुन्छ। त्यसैअनुसार मैले कार्यक्रम अघि बढाएको छु। मतदाता नामावलीलाई अन्तिम रूप दिएर आचारसंहिता पनि जारी गरिसकेको छु। 

स्थानीय तहले पनि आफ्नै हिसाबले कर्मचारी नियुक्ति गरेका छन्। एउटै निकायमा काम गर्ने एकथरिले भोट हाल्ने, अर्काथरिले नहाल्ने अवस्था रहेछ नि!
स्थानीय तहले आफैँले कानुन बनाएर नियुक्त गरेका कर्मचारीले मतदान गर्न पाउँदैनन्। निजामती सेवा ऐन र नियमले जे परिभाषित गरेको छ र जो-जो मतदाता हुने भनेर मैले निर्णय गरेको छु, तिनीहरूले मात्रै मतदान गर्न पाउने हुन्। कानुन मन्त्रालय र संघीय मामिला मन्त्रालयले टुंगो लगाउन नसकेको अवस्थामा मैले मतदाता नामावली टुंगो लगाएको छु। 

कोरोनाको यस्तो संक्रमण बढिरहेको छ...!
मेरालागि कोरोना अब गौण विषय हो। राज्यले मलाई जिम्मेवारी दिएको छ। कुनै पनि दिन नछोडी मैले काम गरिरहेको छु। 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्