• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देश कोरोनाको गम्भीर संकटमा तर निजामती कर्मचारीलाई भने आफ्नै चुनावको चटारो

64x64
सविन मिश्र बुधबार, भदौ ३१, २०७७  ०८:३१
1140x725

काठमाडौं- सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनको तयारी अघि बढाएको छ। कर्मचारीको आधिकारिक युनियनको चुनाव यही असोज २४ गते गर्ने गरी तयारी अघि बढाइएको छ। ७७ वटा जिल्ला तथा मन्त्रालयहरू र अदालत गरी १०७ वटा निकायमा आधिकारिक युनियनको चुनाव हुनेछ। यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कलानिधि पौड्याललाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ। 

प्रमुख निर्वाचन अधिकृत पौड्यालले निर्वाचनको कार्यतालिका र निर्वाचन आचारसंहिता जारी गरिसकेका छन्। यसअनुसार सम्पूर्ण जिल्ला तथा मन्त्रालयमा निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ। असोज १ गतेबाट आचारसंहिता लागू हुनेछ। पौड्यालले पठाएको पत्रमा असोज १ गतेपछि निर्वाचनमा मतदाता हुने कर्मचारीको सरुवा नगर्न सबै निकायलाई भनिएको छ। 

आधिकारिक ट्रेड युनियनको चुनावका लागि अर्थ मन्त्रालयसँग बजेटसमेत मागिएको छ। कर्मचारी युनियनका पदाधिकारीले दिएको जानकारीअनुसार तत्कालका लागि ३ करोड रूपैयाँ माग गरिएको छ। 'तोकिएको मितिमा चुनाव गराउन पैसा मागेका छौँ,' युनियनका एक पदाधिकारीले भने। 

तत्काल करिब ३ करोड रूपैयाँ माग भए पनि निर्वाचन सकिँदा त्यतिले खर्च पुग्दैन। त्यतिबेला थप रकम माग गर्नुपर्ने अवस्था आउने युनियनकै पदाधिकारीहरू बताउँछन्। निर्वाचनमा खटिने पदाधिकारीलाई भत्ता, उनीहरूको खाजा खर्च तथा निर्वाचन सामग्री सरकारी खर्चमै गर्ने भएकाले यो रकमले नपुग्ने युनियनका नेताहरू बताउँछन्। 

देशमा अहिले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सरकारले उपलब्ध साधन स्रोत कोरोना रोकथाममा प्रयोग गर्नुपर्नेमा कर्मचारीहरू भने आफ्नै चुनाव गर्ने भन्दै तम्सिएका छन्। 'संकटको समयमा काम गर्नुपर्ने हो, तर कर्मचारीहरू भने चुनाव भन्दै हिँडेका छन्,' सरकारका एकजना सचिवले भने, 'एकातिर सरकारले नै यो संकटमा पैसा दिएर चुनाव गराउनुपर्ने हुन्छ भने अर्कोतिर कर्मचारीलाई काम लगाउन पाइँदैन।' 

प्रमुख निर्वाचन अधिकृतले शाखा अधिकृत तहसम्मका कर्मचारी सरुवा नगर्न भनिसकेका छन्। अब कोरोना रोकथाम र नियन्त्रणका लागि त्यस्ता कर्मचारी खटाउनसमेत नसक्ने अवस्था सिर्जना भएको छ। '६ महिना ढिला निर्वाचन गरे पनि हुने कानुनी व्यवस्था छ। अहिले नै नगरी नहुने के अवस्था आइलाग्यो थाहा छैन,' ती सचिवले भने। 

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा देशभर प्रतिकूल परिस्थिति विकसित हुन लागेको भए पनि कर्मचारीहरू भने चुनावको तयारीमा अघि बढेका छन्। विभिन्न राजनीतिक दलमा आवद्ध कर्मचारीहरू समूह बनाएर छलफलमा जुटेका छन्। यसैगरी मन्त्रालय तथा जिल्लामा रहेका दलनिकट संगठनहरूको बैठक बसेर निर्वाचनको एजेन्डासमेत तयार गरिरहेका छन्। 

संघीय मामिलाले नगरेपछि निर्वाचन समितिले टुंग्यायो मतदाता नामावली
प्रमुख निर्वाचन अधिकृत पौड्यालले नै निजामती कर्मचारीको चुनावमा मतदान गर्न सक्ने कर्मचारी को-को हुने र नहुने भन्ने टुंगो लगाइदिएका छन्। उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयले गर्न नसकेको काम आफूले टुंग्याइदिएको बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

'आफैँ कानुनको ज्ञाता भएकाले व्याख्या गरी निर्णय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भनेको हुनाले मैले टुंगो लगाइदिएको छु,' प्रमुख निर्वाचन अधिकृत पौड्यालले भने, 'सबैको सहयोगले मैले काम अघि बढाएको छु।' 

उनले निर्वाचन अधिकृतहरूलाई गरेको परिपत्रमा संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका श्रेणीविहीनदेखि राजपत्रांकित तृतीय श्रेणी (अधिकृतस्तर) र तहगत व्यवस्था भएका निकायमा आठौं तहका अधिकृतसम्म मतदाता हुने उल्लेख गरेका छन्। 

प्रदेश र स्थानीय तहले निजामती सेवासम्बन्धी कानुन जारी गरी ट्रेड युनियनसम्बन्धी व्यवस्था गरेमा त्यसैअनुसार हुने र भएकाले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सम्पूर्ण मन्त्रालय, प्रदेशसभा, प्रदेशस्तरीय विभाग, निर्देशनालय, कार्यालयलगायतका निकायमा कार्यरत निजामती कर्मचारीहरू त्यसै जिल्लाको मतदाता हुने उल्लेख छ। 

कर्मचारी समायोजन ऐन, २०७५ पश्चात लोकसेवा आयोगको विज्ञापनबमोजिम छनाेट भई विभिन्न स्थानीय तहमा नियुक्त भई पदस्थापन भएका कर्मचारीहरूले मतदान गर्न पाउँदैनन्। प्रदेश तथा स्थानीय तहमा समायोजन भई केन्द्र तथा अन्य निकायमा कार्यरत कर्मचारीले सम्बन्धित निकायबाट मतदान गर्न सक्छन्। 

मेरो लागि अब कोरोना गौण विषय भयो : प्रमुख निर्वाचन अधिकृत पौड्याल
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव गराउने भनेर लाग्नु भएको छ। यस्तो जटिल अवस्थामा चुनाव गर्न सकिन्छ?

चुनाव गर्न सकिन्छ। नेपाल सरकार मन्त्रिपरिषदले मलाई चुनाव गराउने जिम्मेवारी दिएको छ। कि त अब मन्त्रिपरिषदले नै चुनाव हुन सक्दैन भन्नुपर्‍यो। अन्यथा चुनाव हुन्छ। तोकिएको मितिमा नै चुनाव सम्पन्न हुन्छ। त्यसैअनुसार मैले कार्यक्रम अघि बढाएको छु। मतदाता नामावलीलाई अन्तिम रूप दिएर आचारसंहिता पनि जारी गरिसकेको छु। 

स्थानीय तहले पनि आफ्नै हिसाबले कर्मचारी नियुक्ति गरेका छन्। एउटै निकायमा काम गर्ने एकथरिले भोट हाल्ने, अर्काथरिले नहाल्ने अवस्था रहेछ नि!
स्थानीय तहले आफैँले कानुन बनाएर नियुक्त गरेका कर्मचारीले मतदान गर्न पाउँदैनन्। निजामती सेवा ऐन र नियमले जे परिभाषित गरेको छ र जो-जो मतदाता हुने भनेर मैले निर्णय गरेको छु, तिनीहरूले मात्रै मतदान गर्न पाउने हुन्। कानुन मन्त्रालय र संघीय मामिला मन्त्रालयले टुंगो लगाउन नसकेको अवस्थामा मैले मतदाता नामावली टुंगो लगाएको छु। 

कोरोनाको यस्तो संक्रमण बढिरहेको छ...!
मेरालागि कोरोना अब गौण विषय हो। राज्यले मलाई जिम्मेवारी दिएको छ। कुनै पनि दिन नछोडी मैले काम गरिरहेको छु। 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु धनगढीस्थित सौराई स्क्वायरमा आयोजना गरिएको कार्यक्रममा पार्टीभित्र एकता सुदृढीकरण तथा संगठन पुनर्जागरणलाई मुख्य विषय बनाइएको जनाइएको... आइतबार, जेठ १०, २०८३
एमाले सचिवालय बैठक गुण्डुमा सुरु अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक जारी छ। आइतबार, जेठ १०, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी भारत जान लागेको स्रोतले जनाएको छ । दुई दिनसम्म भारतमा रहने उनले भारतका प्रधानमन्त्री नरेन्... आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट, २४ जनाको मृत्यु आइतबार, जेठ १०, २०८३
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु आइतबार, जेठ १०, २०८३
एमाले सचिवालय बैठक गुण्डुमा सुरु आइतबार, जेठ १०, २०८३
अफगानिस्तानको बघलानमा भीषण बाढी : महिला र बालबालिकासहित १० जनाको मृत्यु आइतबार, जेठ १०, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्